ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुनको जलप लगाएका गहनाको बिक्री बढदै


admin
आश्विन १९, २०७५ शुक्रबार  ३ : ०५ बजे

दाङ, १९ असोज ।चाडपर्र्व नजिकिँदै गर्दा यहाँका बजारमा सुनको जलप लगाएका गहनाको बिक्री बढेको छ ।

सुनको मूल्य महङ्गो भएकाले सर्वसाधारणले सुन किन्न नसक्दा सुनको जलप लगाएका गहनाको बिक्री बढेको हो । सुन महङ्गो धातु भएकाले निम्न तथा मध्यम वर्गका मानिसलले खरीद गर्न सक्दैनन् । जलप लगाएका गहनाको मूल्य पनि कम हुने र सुरक्षाका दृष्टिकोणले समेत सहज हुने गरेकाले यस्ता गहनाको बिक्रीमा वृद्धि भएको तुलसीपुर बजारमा व्यापार गदै आएका व्यवसायीहरु बताउँछन् ।

उनीहरुका अनुसार तीज, दशैँ, तिहारजस्ता चाडपर्वमा जलप लगाएका गहनाको बिक्री बढेको छ । धेरै रकम खर्चेर किनेको गहनाको चोरी हुने डर हुन्छ तर यस्ताखाले गहना किन्दा सस्तो पर्ने, हराए, चोरी भए पनि पीर नहुने हुँदा आफू यस्ताखाले गहन किन्न आएको बताउनुहुन्छ, तुलसीपुर उपमहानगरपालिका–१४ की अञ्जु धिताल ।

उहाँले भन्नुभयो, “सस्तो मूल्यमा आफूलाई जुन प्रकारको गहना लगाउने रहर छ त्यो पनि पाइने हँुदा खुशी लागेको छ ।” यतिबेला तुलसीपुर घोराही, लमही, भालुवाङलगायतका बजार क्षेत्रका गहना पसलमा उहाँ मात्र होइन उहाँसँगै सो गाउँका थुपै्र महिला सुनको जलप लगाएका गहना किन्दै गरेको देख्न सकिन्छ ।

सोही ठाउँकी शान्ता चौधरीले भन्नुभयो, “सुनको मूल्य हालेर आफूजस्ता गरीब वर्गले कसरी गहना लगाउन सकिन्छ र ! जलप मात्र लगाएका गहना सस्तोमा पाइने हुँदा किन्न आएकी हुँ । यसले आफ्नो रहरसमेत पूरा गरिदिएको छ ।” रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसको आन्तरिक अनुमान प्रत्यक्षमा ५० बढी र समानुपातिकमा ३० लाख मतको लक्ष्य कठिन, एबीसी स्थलगत के भन्छ ?

गणनास्थलमा मतपेटिका प्रहरीले नै ढुवानी गर्छ : गृहमन्त्री अर्याल

सम्बन्धित

१८ गतेदेखि चुनावसम्म रात्रिकालीन व्यवसाय बन्द

कांग्रेसले सरकार बनाए सबैभन्दा पहिला देउवाको सम्पत्ति छानबिन हुन्छ : गगन थापा

चुनावलाई निष्पक्ष बनाउन सरकार गम्भीर देखिएनः अध्यक्ष ओली

झापामा बालेन शाहको तस्बिर अंकित २ सय ६२ थान टि-सर्ट प्रहरीको नियन्त्रणमा

आज रातिबाट काठमाडौँमा मदिराको बिक्री वितरण बन्द

यी चार प्रदेशमा आज मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com