
काठमाडौं, १८ असोज । गृहमन्त्री रामबहादुर थापाले निर्मला हत्याबारे छानिविन समितिले बुझाएको प्रतिवेदन छिट्टै सार्वजनिक गर्ने बताएका छन्। प्रहरी प्रमुख सर्वेन्द्र खनाललाई बर्खास्त गर्न माग गर्दै ज्ञापनपत्र बुझाउन पुगेको अनेरास्ववियुको टोलीसँग गृहमन्त्री थापाले मन्त्रिपरिषदबाट पास गराएर उक्त प्रतिवेदन सार्वजनिक गर्ने बताएका हुन्।
गृहमन्त्री थापाले आफूहरु निर्मलाको हत्याराको नजिकै पुगेको भन्दै अबको केही दिनमै हत्यारालाई कानुनी दायरामा लाउने विश्वास समेत दिलाए। ‘हामी हत्याराको निकट पुगेका छौँ, केही दिनभित्रै पक्राउ गर्छौ’, मन्त्री थापाले भने।
बिहीबार बिहान अनेरास्ववियुका अध्यक्षद्वय नवीना लामा र रञ्जित तामाङ नेतृत्वको टोलीले एसिड काण्ड, बलात्कार काण्डमा प्रहरी चुकेको भन्दै आइजीपीको राजीनामा माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र बुझेका हुन ।







प्रतिक्रिया दिनुहोस्