ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागलुङ दूधमा आत्मनिर्भर


admin
आश्विन १८, २०७५ बिहीबार  ४ : २८ बजे

बागलुङ, १८ असोज । बागलुङ दूधमा आत्मनिर्भर भएको छ । जिल्लामा खपतभन्दा उत्पादन धेरै भएपछि दूधमा आत्मनिर्भर भएको हो ।

जिल्लामा दैनिक ६६ हजार ८१६ लिटर दूध आवश्यक भए पनि ६८ हजार ८४ लिटर दूध उत्पादन हुने गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र बागलुङले जनाएको छ ।

गाईवस्तुको उचित स्याहारसुसार, आहारामा सुधार र दूध उत्पादनतर्फ युवा आकर्षित हुनाले दूध उत्पादनमा वृद्धि भएको वरिष्ठ पशु विकास अधिकृत डा नारायणप्रसाद शर्माले भन्नुभयो, “दूधको खपतभन्दा उत्पादन धेरै छ । केही क्षेत्रमा उत्पादन हुने दूध पर्वत र गुल्मीमा समेत खपत हुने गरेको छ ।”

एक व्यक्तिलाई एक वर्षमा ९१ लिटर दूध आवश्यक भएपनि जिल्लामा प्रतिव्यक्ति ९३ लिटर दूध पुग्ने उत्पादन भइरहेको पशु प्राविधिक केशव शर्माले बताउनुभयो । यही अवस्थामा दूध उत्पादनमा वृद्धि भएमा दूधको निर्यात गर्न समयस्या नहुने उहाँको भनाइ छ ।

बागलुङ बजारमा मात्र आवश्यक ५० प्रतिशत दूध जिल्लाका सहकारीले उत्पादन गर्दै आएको दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष युक्त कँडेलले बताउनुभयो । सहकारीमार्फत दूध उत्पादन तथा वितरण गर्दा कृषकलाई आर्थिकरुपमा बढी फाइदा हुने भन्दै कृषक सहकारीका माध्यमबाट दूध उत्पादन तथा वितरण गर्न प्रोत्साहित भएको कँडेल बताउनुहुन्छ ।

हाल बागलुङ बजारमा मात्र दैनिक छ हजार लिटर दूध आवश्यक पर्दछ । दुई हजार ५०० लिटर दूध जिल्ला सहकारी सङ्घमा आबद्ध १३ दुग्ध उत्पादक सहकारीले उत्पादन गरिरहेका छन् । दूध उत्पादनबाट व्यवसायीले मनग्य आम्दानी गर्न थालेपछि विदेश गएर फर्केका युवा पनि गाई -भैसी फार्म स्थापना गर्न थालेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसको आन्तरिक अनुमान प्रत्यक्षमा ५० बढी र समानुपातिकमा ३० लाख मतको लक्ष्य कठिन, एबीसी स्थलगत के भन्छ ?

गणनास्थलमा मतपेटिका प्रहरीले नै ढुवानी गर्छ : गृहमन्त्री अर्याल

सम्बन्धित

१८ गतेदेखि चुनावसम्म रात्रिकालीन व्यवसाय बन्द

कांग्रेसले सरकार बनाए सबैभन्दा पहिला देउवाको सम्पत्ति छानबिन हुन्छ : गगन थापा

चुनावलाई निष्पक्ष बनाउन सरकार गम्भीर देखिएनः अध्यक्ष ओली

झापामा बालेन शाहको तस्बिर अंकित २ सय ६२ थान टि-सर्ट प्रहरीको नियन्त्रणमा

आज रातिबाट काठमाडौँमा मदिराको बिक्री वितरण बन्द

यी चार प्रदेशमा आज मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com