ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तत्कालिन एमाले र माओवादीका नेता कार्यकर्तासमेत चकित परेको दिन आज


एबीसी न्यूज
आश्विन १७, २०७५ बुधबार  ९ : ५१ बजे

 

काठमाडौं, १७ असोज । तीन चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएर दलहरु प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको तयारीमा जुटेकै बेला गोप्य ढंगले वाम गठबन्धन बनाउने तयारीमा जुटेका तत्कालिन एमाले र माओवादी केन्द्रबीच २०७४ असोज १६ गतेमात्रै वाम एकतागर्ने सम्बन्धी निर्णय भई सार्वजनिक भएको थियो ।
गएको दशैंमा गरिएको यो निर्णयले राजनीति एकाएक तातिएन मात्रै स्वयम् तत्कालिन एमाले र माओवादीका नेता कार्यकर्तासमेत चकित हुन पुगेका थिए ।

१६ गतेको निर्णयसँगै १७ गते राष्ट्रियसभा गृहबाट वाम गठबन्धनको घोषणा भएको थियो । गठबन्धन निर्माण प्रक्रियामा सुरुमा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई समेत जोडिएका भएपनि पछि चुनावी प्रक्रियामा टिकटको भागबण्डा नमिलेसँगै बाहिरिएका थिए ।
जेठ ३ गते यी दुई पार्टी मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको छ ।

नेपालमा एउटै मात्र कम्युनिष्ट पार्टी बनाउने चर्चा लामो समयदेखि चल्दै आएको थियो, तर व्यबहारमा त्यसो हुन सकिरहेको थिएन् । बेलाबखत प्रचण्ड स्वयमले पनि वामपन्थी एकताको कुरा गर्ने गरेका थिए ।
कतिपयलाई आश्चर्य चकित तुल्याउनेगरी भएको तत्कालिन एमाले–माओवादी सहकार्य र एकताका प्रमुख सुत्रधारको रुपमा वामदेव गौतलाई लिइँदै आएको छ ।

यो एकता प्रक्रियालाई सफल बनाउन तत्कालिन माओवादी केन्द्रका नेता जनार्दन शर्मा, एमालेका नेता विष्णु पौडेलको पनि महत्वपूर्ण भूमिका रहेको थियो । दुई पक्षीय नेताहरुबीच भित्रभित्रै विभिन्न चरणमा छलफल हुँदै पहिला चुनावी गठबन्धन गर्ने र त्यसपछि एकता नै गर्नेगरी वाम गठबन्धनको घोषणा गर्नेगरी समझदारी बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

सम्बन्धित

बाग्लुङ कालिका मन्दिरमा भक्तजनहरूको उल्लेख्य भीड

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com