ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनियाँ कम्पनीबाट खानेपानी आयोजनाको सम्भाव्यता अध्ययन


एबीसी न्यूज
आश्विन १७, २०७५ बुधबार  ८ : ५८ बजे

भक्तपुर, १७ असोज ।  खानेपानीको हाहाकार भइरहेको अवस्थामा समस्या समाधान गर्न भक्तपुरमा खानेपानी आयोजना निर्माण गर्न सम्भाव्यता अध्ययन शुरु गरिएको छ । चीनको ‘चाइना कन्सल्टेन्ट कन्स्ट्रक्सन कम्पनी’ले सूर्यविनायक नगरपालिका– १० सूर्यमोड र महादेव खोला मुहान पोखरीमा आयोजनाबारे सम्भाव्यता अध्ययन थालेको हो ।

जिल्लाको दुई ठाउाँमा बाँध बनाइ काठमाडौँ उपत्यकामा खानेपानी वितरण गर्ने योजनासहित सो कम्पनीका क्षेत्रीय प्रबन्धक याओ फेन्ङगाङ नेतृत्वको प्राविधिक टोलीले सम्भाव्यता अध्ययन थालेको हो । सो टोलीसँगै स्थलगत अध्ययनका लागि सांसद महेश बस्नेत मङ्गलबार सूर्यविनायक– १० चित्तपोल र काभ्रेको साँगा जोड्ने बीचको भाग तथा चाँगुनारायण नगरपालिकाको मुहान पोखरी पुग्नुभएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा चीन सरकारसँग काठमाडौँ उपत्यकामा चार बाँध बनाउनेबारे भएको सम्झौताअनुसार नै सम्भाव्यता अध्ययन थालिएको सांसद बस्नेतले बताउनुभयो । चीन सरकारको निर्देशनअनुसार चिनियाँ प्राविधिक टोली सम्भाव्यता अध्ययनका लागि आएको हो । बाँध निर्माणसँगै पानी सङ्कलन गरी शुद्धीकरण विधि अपनाएर उपत्यकामा खानेपानी वितरण गर्ने योजना रहेको छ । यी दुई स्थानमा बाँध बनाइ पानी वितरण गर्न सके यहाँको ३० प्रतिशत पानीले भक्तपुरलाई तथा ७० प्रतिशत पानी काठमाडौँ पठाउन सकिने बस्नेत बताउनुहुन्छ ।

काठमाडाँै उपत्यका खानेपानी लिमिटेडले भक्तपुरको महादेव खोलाको मुहान पोखरीमा खानेपानीको सम्भाव्यता अध्ययन गरी नेपाल सरकारलाई यसअघि नै बुझाएको प्रतिवेदनका आधारमा चिनियाँ कम्पनीले अध्ययन शुरु गरेको हो । बढ्दो जनसङ्ख्याको चाप र पानीको मागलाई ध्यानमा राखेर सो अध्ययन थालिएको हो । बाँध निर्माण गर्न चीन सरकारले नेपाललाई दुई प्रतिशत ब्याजमा सहुलियत ऋण प्रदान गर्ने सहमति भएको थियो ।

“मेलम्चीको पानी नपुग्ने सूर्यविनायक र चाँगुनारायणका बासिन्दालाई यहाँबाट पानी वितरण गर्न सक्छौँ, बढी भएको पानी काठमाडौँ पठाउन सकिन्छ,” साँसद बस्नेतले भन्नुभयो । भक्तपुरको चित्तपोल र काभ्रेको साँगाको सिमानाको खोचमा बाँध बनाइ आशापुरीको पानी ल्याउने र सङ्कलन गरेर शुद्धीकरण गरी खानीपानी वितरण गर्ने योजना छ । सो क्षेत्रमा डुङ्गा सञ्चालन गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने तथा पानी सिँचाइका लागि समेत प्रयोग गर्ने योजना छ । चाँगुनारायण नगरपालिकाको नगरकोटको महादेव खोलाबाट आएको पानीलाई बाँध बनाइ पानी वितरण गर्नेसमेत योजना छ ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनाव, अनिश्चितता र भूराजनीतिक दबाब : एमालेको दृष्टिकोणमा मुलुकको राजनीतिक चित्र (भिडियोसहित)

डिजेल र मट्टितेलको मूल्य बढ्यो

सम्बन्धित

सुनको भाउ २० हजार ५ सय रुपैयाँले घटेर बुधवारकै भाउमा कारोबार

सुनको मूल्य ३ लाख ३९ हजार नाघ्यो

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

सुनको भाउले विश्व अर्थतन्त्र र नेपालमा पार्ने प्रभाव

मेलम्ची बाढीः जलवायुजन्य हानी नोक्शानी कोषका लागि मेलम्ची बाढी सशक्त आधारः विज्ञहरु

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगमभारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com