काठमाडौं, २४ भदौं । नुवाकोटको पुर्वी भेगमा रहेको शिवपुरीमा यात्रुवस दुर्घटना हुदा ४ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । सदरमुकाम विदुरदेखि ४५ किलोमिटर पूर्वमा रहेको शिवपुरी गाउपालिका वडा नं ७ थानाभन्याङमा आज मध्यान्ह दुर्घटना भएको हो ।
दुर्घटनामा एक महिलासहित चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । विहान सांढे ११ वजे काठमाडौवाट गुर्जेभन्ज्याङ हुदै खरानीटार जाने क्रममा रहेको बा १ ख ६३४८ नम्ंबरको बस सडकवाट एकसय मिटर तल भीरमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरेन्द्रकुमार वस्यालले जानकारी दिनुभयो । दुर्घटनामा पर्नेको स्थानीयवासी र प्रहरीले उद्धार गरिरहेका छन् ।
घटनास्थलको प्रकृति हेर्दा मृतक र घाइतेको संख्या वढ्न सक्ने प्रहरीको भनाई छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट प्रहरी नायव उपरीक्षक मधुकरजंग विष्टको नेतृत्वमा प्रहरी घटनास्थलतर्फ पठाइएको छ ।








प्रतिक्रिया दिनुहोस्