ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कञ्चनपुर हत्या प्रकरणः अन्ततः एसपी विष्ट दोषी , यस्तो सम्म हुन सक्छ विष्टलाई


एबीसी न्यूज
आश्विन १६, २०७५ मंगलबार  ७ : ५० बजे

काठमाडौं १६ असोज। गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन समितिले कञ्चनपुर जिल्लाका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टले अनुसन्धानमा लापरबाही गरेको जनाएको छ ।

समितिले गृह मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा प्रहरीले पीडित परिवारलाई बेवास्ता गरेको, स्थानीय बासिन्दाले उठाएका विषयवस्तुलाई सम्बोधन नगरेको तथा घटनास्थलमा भेटिएका प्रमाण जोगाउन असफल भएको जनाउँदै एसपी विष्टलाई दोषी देखाएपछि प्रहरी प्रधान कार्यालयले एसपी गणेश रेग्मीको संयोजकत्वमा कानुनी कारबाही गर्न अर्को समिति गठन गरेको छ ।

एआइजी धिरु बस्न्यात संयोजकत्वको समितिले एसपी विष्टको कसुर निक्र्योल गरेपछि रेग्मी समितिले प्रहरी नियमावलीअनुसार कारबाही सिफारिस गर्नेछ । प्रहरी नियमालीको परिच्छेद १० अनुसार विष्टको लापरबाही देखिए कसुरअनुसार घटुवादेखि भविष्यमा सरकारी सेवामा अयोग्य हुनेगरी जागिरबाट बर्खास्तसमेत हुनेछ ।

प्रहरी नियमावलीको दफा ११३ अनुसार आफ्नो पदीय जिम्मेवारी लापरबाही गरी पूरा नगरेमा, आचरणसम्बन्धी कुरा उल्लंघन गरेमा, ड्युटीको समयमा बराबर मादक पदार्थ सेवन गरेमा, अनुशासनहीन काम गरेको प्रमाणित भएमा सेवाबाट हटाउने वा बर्खास्त गर्न सकिनेछ । उच्चस्तरीय छानबिन समितिले पदीय दायित्व पूरा नगरी लापरबाही गरेको भन्ने उल्लेख भएबाट उनी बर्खास्तसमेत हुने स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

सम्बन्धित

बाग्लुङ कालिका मन्दिरमा भक्तजनहरूको उल्लेख्य भीड

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com