ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा नेपालीका पीडा सुन्ने र त्यसलाई सुल्झाउन सक्ने राजदुतको माग (भिडियोसहित)


एबीसी न्यूज
आश्विन १६, २०७५ मंगलबार  ६ : ४४ बजे

काठमाडौं, १६ असोज । भारत प्रवासमा रहेका नेपालीले दिल्लीस्थित राजदुतावासले नेपालीहरुका समस्याप्रति उपेक्षा गरेको गुनासो गरेका छन् । नया“ दिल्लीमा भएको एक अन्तरक्रियाका वक्ताहरुले दिल्ली स्थित दुतावासमा नेपालीका पीडा सुन्ने र त्यसलाई सुल्झाउन सक्ने सक्षम राजदुतको नियुक्ति हुनुपर्ने माग गरेका छन् ।

प्रवासी नेपालीले नयां दिल्लीस्थित नेपाली दूतावासले भारतमा रहेका सम्पुर्ण नेपालीको अभिभावकत्व निर्वाह गर्नुपर्ने दायित्व बोकेको नेपाली दुतावासले प्रभावकारी भुमिका खेल्न नसकेको आरोप लगाएका छन् । भारतस्थित नेपाली जनसम्पर्क समितिका अध्यक्ष बालकृृष्ण पाण्डेले भारतमा रहेका नेपाली अहिले मात्र होइन लाहुरे भन्ने शब्द सुरु हुंदाको समयबाटै पीडित बन्दै आएको बताए ।

अहिले पनि भारतीय सेनामा एक लाख बढी नेपाली रहेको बताउंदै ती सवै भारतीय पक्ष्ँबाट कुनै न कुनै रुपबाट शोषित र पीडित बन्दै आएको बताए ।  सुपा देउराली टुर्स एण्ड ट्राभल्सको दिल्लीस्थित कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै अखिल भारत नेपाली एकता मन्चका केन्द्रीय सचिव आरबी खड्काले नेपालीका समस्याका बारेमा मिडियासमेत जानकार नहु“दा र मिडियामार्फत सम्बन्धित निकायमा पुग्न नसकेका कारण प्रवासी नेपालीको अवस्थामा परिर्वतन आउन नसकेको बताए ।

प्रवासी नेपाली संघका अध्यक्ष लोकनाथ भण्डारीले भारतमा रहेका नेपालीको संरक्षण गर्न बसेको दुतावासले प्रभावकारी भुमिका खेल्न नसकेकै कारण सवै नेपालीहरु पीडित हुनुपरेको बताए । भण्डारीले समृद्ध नेपाल सुखी नेपालीको नारा सवै एक भएर पुरा गर्नुपर्ने धारणासमेत ब्यक्त गरे ।

एबीसी न्युज टेलिभिजनका अध्यक्ष तथा नेपाल मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कंडेलको उपस्थितिमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रवासी नेपालीका लागि जुनसुकै समस्यामा बैधानिक तरिकाले सहयोग गर्दै आएका कानून व्यवसायी प्रेम खड्काले भारतमा रहेका नेपालीका समस्याका बारेमा कुनै संघ सस्था वा राजनैतिक दलहरुले खासै चासो नलिएको बताए । उनले प्रवासी नेपालीका समस्याका विषयमा नेपाली मिडियाले अहिलेसम्म चुइक्कसमेत नबोलेको आरोप लगाए ।

अन्तक्र्रियाका अर्का बक्ता एभरेष्ट चेम्वर अफ कमर्सका महासचिव डा. मोहन कार्कीले नेपालका विषयमा भारतीय मिडियाले गरेको सस्तो प्रचारबाजीलाई काउन्टर गर्ने खालका कुनै पनि संयन्त्र नेपाल सरकारले निमार्ण गर्न नसकेको बताउदै उनले सरकारलाई जिम्मेवार बनाउने सवालमा नेपालस्थित मूलधारका मिडियाले महत्वपुर्ण भुमिका निमार्ण गर्नु पर्ने बताए । वक्ताहरुले दिल्लीस्थित दुतावासमा नेपालीका पीडा सुन्ने र त्यसलाई सुल्झाउनसक्ने सक्षम राजदुतको नियुक्ति हुनुपर्ने माग गरेका थिए ।

कार्यक्रममा अखिल भारत नेपाली एकता मञ्चका केन्द्रीय सदस्य मानु श्रेष्ठ, अर्जुन दयाल, वल्र्ड गोर्खा फाउन्डेसन ट्रष्टका महासचिव घनश्याम शर्मा लगायतको उपस्थिति थियो ।
सके मात्र भारतस्थित नेपाली समुदायले भोग्नु परेको समस्या समाधान हुनेमा प्रवासी नेपालीले विश्वास व्यक्त गरेका छन् । नेपाली नागरिक रोजगारी, अध्ययन, उपचार तथा व्यापारका लागि भारतका विभिन्न स्थानमा छरिएर रहेका छन् । प्रवासी नेपालीले नेपालका मिडियाबाट र प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारले नै विशेष पहल गरिदिए आफूहरु त्यहा“ रहेर नियमित रुपमा काम गर्न, व्यापार गर्न र अध्ययन गर्नसमेत सहज हुने धारणा व्यक्त गरें ।

त्यसो त स्वदेशमा नै रोजगारीको अवसर प्राप्त भए विदेशी भूमिमा जानुपर्ने बाध्यता हटेर जाने भएकाले नेपालमै लगानीको वातावरण निमार्ण गरिनुपर्ने उनीहरुको तर्क थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

सम्बन्धित

बाग्लुङ कालिका मन्दिरमा भक्तजनहरूको उल्लेख्य भीड

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com