ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माधव नेपाललाई प्रचण्डले फोनमा के भने ?


एबीसी न्यूज
आश्विन १५, २०७५ सोमबार  ५ : २६ बजे

काठमाडौँ, १५ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालबीच टेलिफोनवार्ता भएको छ ।

पत्नी सीताको उपचारका लागि सिंगापुरमा रहेका प्रचण्ड र नेपालबीच आइतबार फोनवार्ता भएको हो । प्रधानमन्त्री समेत रहेका अर्का नेकपा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच वाकयुद्ध चलिरहेका बेला प्रचण्ड र नेपालबीच भएको फोनवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

५ असोजको केन्द्रीय सचिवालय बैठक र त्यो बैठकले गरेका निर्णयबारे नेता नेपालको सरोकारबारे दुई नेताबीच फोनमा कुरा भएको स्रोतले जनाएको छ । आफ्नो अनुपस्थितिमा केन्द्रीय सचिवालय बैठक डाकिएको र सचिवालयले विधान विपरित निर्णय गरेकोमा आफ्नो असहमति रहेपनि पार्टी एकतालाई बलियो बनाएर लैजानुपर्नेमा नेपालले जोड दिएका थिए ।

प्रचण्डले नेपालले उठाएको विषय जायज रहेको बताउँदै आफू पनि त्यसै दिन निर्णय गर्ने पक्षमा नरहेको तर, परिस्थितिवस निर्णय गर्नु परेको बताएका थिए ।

नेता नेपालले आफ्नो असन्तुष्टि सार्वजनिक रुपमै व्यक्त गरिसकेका छन् । केहीदिन अघि उनले स्थायी समिति सदस्यहरुसँग राय, सुझाव पनि लिएका थिए ।

उनको अभियानलाई नेकपाका सचिवालय सदस्य वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि सकारात्मक रुपमा लिएको बताएका छन् । तीन नेताबीच तत्काल पार्टीको बैठक बोलाएर यस विषयमा नेतृत्वसँग परामर्श गर्ने अनौपचारिक कुराकानी भएको थियो ।

प्रचण्डसँगको कुराकानीपछि नेपाल चीन भ्रमणमा गएका छन् । अमेरिका भ्रमणमा रहेका ओली र नेपाल एकै दिन स्वदेश फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

सम्बन्धित

बाग्लुङ कालिका मन्दिरमा भक्तजनहरूको उल्लेख्य भीड

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com