ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालिका बचाउन सरकार कति सफल ?


admin
आश्विन १५, २०७५ सोमबार  ९ : ०७ बजे

काठमाडौं । नेपालमा दिनहु बलात्कारका घटना दैनिक बढिरहेका छन् । नेपाली चेलीहरु कही छाउपडी प्रथाले गर्दा सर्पको डसाईबाट डसिनु परेको छ भने कही दिनदहाडै बलात्कारको सिकार बन्नु परेको छ । यतिमात्रै होइन उमेर नपुगेका बालिकाहरु बाल विवाहको जोखिममा परेका छन । यता सरकारले महिला माथि हुने हिंसा कम गर्न मुलुकी ऐनमा विवाह गर्ने उमेर २० वर्ष तोकेको छ ।

नेपालमा विवाह हुने जम्मा जनसंख्याको १० प्रतिशत वालविबाह हुने गरको तथ्या“क छ । मुलुकी अपराध (संहिता)ऐन , २०७४ को दफा १७३ को उपदफा १ अनुसार २० वर्ष नपुगी विबाह गरे ३ वर्षकैद र ३० हजार सम्म जरिवाना हुने प्रावधान छ । तर यस्ता प्रावधानहरु व्यवहारमा लागु हुन नसक्दा दैनिक रुपमा महिला हिंसाका घटना बढिरहेका छन ।

गरिबी, अशिक्षा,रुढीग्रस्त सोच, दाइजो प्रथा, लैगिंक विभेद जस्ता कारण बाल विवाह हुने कारक तत्व हुन । छिटो विवाह गर्नाले उच्च शिक्षा हासिल गर्न कठिन हुने, यौन प्रजनन् स्वास्थ्यमा असर हुने, पारिवारिक समस्या आउने जस्ता समस्या भोग्नु परिरहेको छ । यसलाइ न्युनिकरण गर्न राजधानीमा दोस्रो नेपाल बालिका सम्मेलन भएको छ । सक्षम वालिका समृद्ध नेपाल भन्ने नाराबोकेको सम्मेलनमा बढ्दो बालिका हत्या, बलात्कार र छिटो विवाह जस्ता लगायतका घटना न्यूनिकरणका लागि महत्वपूर्ण योगदान पु¥याउने लक्ष्य लिएको कार्यक्रममा सहभागीहरुको भनाइ छ ।

कार्यबाहक प्रधानमन्त्री इश्वर पोखरेलले बालिकामाथि हुने हत्या, बलात्कारजस्ता अमानवीय एवम् पाशविक घटना नियन्त्रणका लागि सरकार लागि परेको बताए । उनले बालिकामाथि भइरहेको बलात्कार, हत्या लगायतका जघन्य अपराधका घटना नियन्त्रण गरी कानुनी कार्वाही गर्न सरकार लागि परेको बताए ।

दक्षिण एसियाली देशहरु मध्य बालविवाह हुने नेपाल तेस्रो स्थानमा पर्छ । युनिसेफले सार्वजनिक गरेको प्रतिवेदन द स्टेट अफ द वल्र्डस चिल्ड्रेन, २०१६ का अनुसार नेपालमा ३७ प्रतिशतले १८ वर्ष नपुग्दै र १० प्रतिशतले १५ वर्ष नपुग्दै विवाह गर्ने तथ्यांक छ । विश्वमा बालविवाहको दर घटिरहेको अवस्थामा नेपालमा उच्च नै देखिन्छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले बालिकामाथि हुने हत्या, बलात्कारलगायतका घटना न्यूनिकरणका लागि ठोस धारणा तय गर्न सम्मेलन सफल हुने बताइन । उनले परम्परागत सामन्ती सोचका कारण महिला तथा बालिका बलात्कार जस्तो जघन्य अपराधको शिकार हुनु परेको बताइन ।

शिक्षाको अभाव र बालविबाहका कारण नेपालमा बालिका माथि हत्या, बलात्कार लगायतका जघन्य अपराधका घटना घटिरहेको नायिका मनिषा कोराइलाको भनाइ छ । कोइरालाले शिक्षा र स्वास्थ्यमा विशेष जोड दिनुपर्ने आवश्यक्ता बताइन ।

महिलामाथि हुने विभिन्न अपराधका विरुद्ध ऐन कानुन बने पनि यसको कार्यान्वयन पक्ष भने फितलो देखिन्छ । ऐन कानुनको व्यवस्था कोरा कागजमा मात्रै गरेर हुदैन सम्बन्धित पक्षले व्यवहारिक रुपमा यसको कार्यान्वयन पक्षलाई मजवुत बनाउन जरुरी छ । किनकि मानवीय कुसंस्कारको कुनै पनि नारी सिकार बन्न नपरोस् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कसैका लागि त्यो टहरो अस्थायी होला, तर त्यहाँ बस्नेहरूका लागि त्यो नै संसार हो

बल्खुको सुकुम्बासी बस्तीमा डोजर चलेको केही घण्टामै अर्का पुरुषले गरे आत्महत्या

सम्बन्धित

ईश्वर पोखरेललाई एमालेले बनायो काठमाडौँ– ५ को उम्मेदवार

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन

सन् २०२५ मा ‘विध्वंसकारी सौर्य आँधी’ र अर्को ‘विश्वव्यापी महामारी’को सामना गर्नु पर्ने खतरा : इकोनोमिष्ट

कजान समिट भावी संसारको एक झलक !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com