ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१३ वर्षअघि हेमकार परिवारसहित ५ जनाको हत्या गर्ने किशोरीलाल भारतीय सीमा जमुनाहबाट पक्राउ


एबीसी न्यूज
आश्विन १४, २०७५ आईतबार  ७ : ०० बजे

 


काठमाडौं, १४ असोज । बाँके जिल्लाको नेपालगंजमा १३ वर्षअघि नेपालगञ्जका सुनचाँदी व्यवसायी हेमकार परिवारको हत्या गर्ने मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकले शनिबार भारतीय सीमा नजिकको जमुनाहबाट मुख्य अभियुक्त किशोरीलाल सोनीलाई पक्राउ गरिएको हो।

हत्याकाण्डका मुख्य अभियुक्त किशोरीलाल सोनी भारतको उत्तर प्रदेश सीतापुर जिल्ला बिसवाह बजार घर भई हाल लखनउ सीतापुर प्रियदर्शनी कोलोनीमा बस्दै आएका ६५ वर्षीय किशोरीलाल सोनीलाई पक्राउ गरिएको बाँकेका एसपी अरुण पौडेलले जानकारी दिए।

२०६२ फागनु २३ गते नेपालगन्जका सुनचाँदी व्यवसायी हेमकार परिवारका बुहारी दीपा बाहेक परिवारका सबै सदस्यसहित ५ जनाको हत्या गरि २९ लाख रुपैयाँ बराबरको सुनचाँदीका गहना लुटेका थिए । परिवारका गुलामदेवी हेमकार, जगदेव हेमकार, सीतादेवी हेमकार, दीपक हेमकार, र पसलमा काम गर्ने १५ वर्षे रामशनिश्चर चौधरीको हत्या भएको थियो।

पक्राउ परेका व्यक्ति बुहारी दीपाका आफ्नै बुबा हुन्। हत्या गरी २९ लाख रुपैयाँ बराबरको सुनचाँदीका गहना लुटिएको थियो। प्रहरीको अनुसन्धान चकित तुल्याउने गरी यो हत्याकाण्ड भएको थियो। सुतिरहेका बेला धारिलो हतियार प्रहार गरिएको प्रहरी अनुसन्धानमा देखिएको थियो। मृतक सबैको रुद्रघण्टी निकालिएकाले हत्यारा पेसेवर भएको प्रहरीको निष्कर्ष थियो। घटना कहालीलाग्दो भएको भन्दै तत्काल अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयबाट डिएसपीको टोली र जिल्ला प्रहरी कार्यालय बाँकेबाट प्रहरी निरीक्षकको टोली अनुसन्धानमा खटिएको थियो। प्रहरीको अनुसन्धान टोलीले पाँच सय पृष्ठ लामो अनुसन्धान प्रतिवेदन तयार पार्‍यो। तर घटनाको निष्कर्ष निस्किएको थिएन। ६ वर्षपछि पुनः प्रहरीले चार जनालाई पक्राउ गरेर प्रहरीले अनुसन्धान थाल्यो।

घटनामा परिवारकै सदस्यको हात रहेको प्रहरीले सुराकी पायो। प्रहरीले शंका गरेको व्यक्ति बुहारी दीपा घटना भए लगत्तै घर बेचेर भारतको लखनउ बस्न थालेकी थिइन्। उनी अनुसन्धानको घेरामा तानिइन्। तर उनी पनि बेपत्ता भएकी थिइन्।

हत्या भएका दिन दीपा र उनका पति दीपक नेपालगन्जमा नभएको र पछि घर जग्गा बेचेर भारत गएकाले हत्यामा उनीहरुको संलग्नता भएको हुनसक्ने थप प्रमाण भएको प्रहरीले आँकलन गरेको थियो। तत्कालीन भेरी अञ्चल प्रहरी प्रमुख राजेन्द्रसिंह भण्डारीले समेत हत्याको अनुसन्धान गरेका थिए। तर अहिले १३ वर्षपछि हत्यारा पत्ता पक्राउ परेका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

सम्बन्धित

बाग्लुङ कालिका मन्दिरमा भक्तजनहरूको उल्लेख्य भीड

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com