ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारी स्वास्थ्य संस्थामा औषधि अभाव


admin

जाजरकोट, १४ असोज । यहाँका सरकारी स्वास्थ्य संस्थामा औषधि नहुँदा स्थानीयवासी हैरान भएका छन् । सरकारी स्वास्थ्य संस्थामा औषधि नपाउँदा निजी मेडिकलमा महँगोमा औषधि किन्न बाध्य भएको स्थानीयको गुनासो रहेको छ ।

जिल्लाका दुर्गम क्षेत्रमा रहेका स्वास्थ्य संस्थादेखि सुगममा रहेका स्वास्थ्य संस्थामा औषधिको अभाव हुँदा सर्वसाधारण मर्कामा परेका छन् ।

प्राथमिक स्वास्थ्य केन्द्र दल्ली र लिम्सा, स्वास्थ्य चौकी कुदु, सिलिङ्गीचौर, स्वास्थ्य केन्द्र पुन्मा, दशेरालगायत दुई दर्जन ठाउँमा रहेका स्वास्थ्य संस्थामा औषधि नहुँदा स्थानीयवासी निजी मेडिकलको भर परेका छन् । चर्को मूल्य तिरेर निजी मेडिकलमा उपचार गर्दा आफूहरू हैरान भएको भेरी नगरपालिका–१३ का जुमना गिरीले बताउनुभयो ।

स्थानीय तहले औषधि खरीद तथा आपूर्तिलाई बेवास्ता गर्दा अभाव भएको हो । स्वास्थ्य संस्थामा उपचारका लागि आएका बिरामी औषधि नपाएर रित्तो हात घर फर्कने गरेका छन् ।

सरकारले जिल्ला अस्पतालमा ७०, प्राथमिक स्वास्थ्य केन्द्रमा ५६ र स्वास्थ्य चौकीमा ३५ प्रकारका औषधि उपलब्ध गराउने भने पनि हालसम्म ३० प्रकारभन्दा बढी औषधि उपलब्ध हुन नसकेको स्वास्थ्यकर्मी बताउँछन् ।

औषधि खरीदका लागि वार्षिक बजेट नै कम हुँदा समस्या भएको हो । दुर्गम गाउँबाट अस्पतालमा आएका बिरामीलाई सामान्य चेकजाँच पछि निजी मेडिकलतिर औषधि किन्न पठाउनुपर्ने बाध्यता भएको जिल्ला अस्पतालले जनाएको छ । यहाँका स्वास्थ्य संस्थामा सिटामोल, ब्रोफिन, मेट्रो, एमोक्सिसिलिन, कोर्टिन, सालबुटामोल, पारासिटामोल सिरफ, भिटामीन बी कम्प्लेक्स, आरएल, क्योमक्सलगायत अति आवश्यक औषधिको अभाव छ । ज्वरो, आउ, रुघाखोकी, ग्यास्ट्रिक, पखाला, पेट दुख्नेलगायत रोगको औषधि अभाव भएको प्राथमिक स्वास्थ्य केन्द्र दल्लीका प्रमुख डा सञ्जय यादवले बताउनुभयो ।

त्यस्तै स्वास्थ्य संस्थामा गज, कटन, ग्लोब्स, आरएललगायत नभएको उहाँले बताउनुभयो । दैनिक ६०-७० जना बिरामी उपचारका लागि आउने गरेका छन् । सुन्दर नेपाल संस्थाले गरेको सर्वेक्षणअनुसार निःशुल्क पाइने भनेका कुनै पनि औषधि स्वास्थ्य संस्थामा पाइदैनन् । भेरी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख वीरेन्द्र शर्माले पुन्माबाहेक अन्य स्वास्थ्य संस्थामा औषधि भएको दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com