ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उत्तर कोरिया भ्रमणपछि माधवकुमार नेपाललाई हैरान


admin
भाद्र २२, २०७४ बिहीबार  ८ : ५३ बजे

काठमाडौं, २२ भदौं । नेपालका विभिन्न राजनीतिक दलका नेताहरुले गर्ने विदेश यात्रा बेलाबेलामा विवादित बन्ने गरेको छ । विदेश भ्रमण मात्र होइन, विदेशमा दिएको अभिव्यक्तिसमेत विवादमा पर्ने गरेको छ। हालै प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा दिल्लीमा दिएको अभिव्यक्ति पनि विवादमा पर्‍यो ।

प्रधानमन्त्रीको अभिव्यक्ति विवादमा परेलगत्तै कांग्रेसले माधवकुमार नेपालको उत्तर कोरिया भ्रमणमाथि प्रश्न उठाएको थियो । तर, नेकपा एमालेका नेता माधवकुमार नेपालले भने आफू सरकारसाग अनुमति लिएरै उत्तर कोरिया भ्रमणमा गएको दावी गरेका छन् ।

नेकपा एमालेका नेता माधवकुमार नेपालले कूटनीतिक अज्ञानताका कारण काँग्रेस नेता विमलेन्द्र निधिले आफ्नो उत्तर कोरिया भ्रमणको विरोध गरेको दावी गरे । नेपालले उत्तर कोरिया नेपालको कुटनीतिक सम्बन्ध स्थापना भइसकेको मुलुक भएकाले पनि त्यसको भ्रमणमा जान नपाउने कुनै कारण नरहेको तर्क गरे । बिहीबार काठमाडांैमा भएको बदलिादो विश्व परिवेशमा नेपालको विदेश नीति विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता नेपालले मन्त्री भइसकेका निधिले उत्तर कोरिया भ्रमणमा आफू गएको विषयमा आपत्ति जनाएकोमा आश्चर्यसमेत प्रकट गरे ।

नेता नेपालले नेपालको परराष्ट्र नीतिलाई सामयिक बनाउनु पर्नेमा पनि बताए । कार्यक्रममा बोल्दै नेपाली कााग्रेसकी नेतृ सुजाता कोइरालाले नेपालको परराष्ट्र नीति कमजोर भएको स्वीकार गरिन् । पूर्व परराष्ट्रमन्त्री समेत रहेकी नेतृ कोइरालाले सरकार बदलिरहेका कारण नेपालको परराष्ट्र नीति पनि कमजोर बन्न गएको बताइन् ।

नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेतले परराष्ट्र नीतिलाई साझा नीतिको रुपमा स्थापित गराउनुपर्ने चुनौति रहेको बताए । बस्नेतले असमान सन्धि सम्झौतालाई सुधार गर्दै लैजान पनि परराष्ट्र नीतिले जोड दिनुपर्ने आवश्यकता औंल्याए ।

नेता बस्नेतले विगतमा भएका असमान सन्धि, सम्झौताका कारण नेपालले अन्य राष्ट्रसाग झुक्नुपर्ने अवस्था रहेको बताए । विदेश जानु आउनु एउटा प्रक्रिया हो । तर, त्यसको पनि एउटा विधि निर्धारण गर्नुपर्ने आवश्यक छ। नेताहरु विदेश जाादा दिने अभिव्यक्ति र प्रदर्शन गर्ने व्यवहारले राष्ट्रकै प्रतिनिधित्व गर्ने भएकाले यसमा सचेतता अपनाउनु भने जरुरी छ । यसका लागि राज्यले ठोस नीतिसमेत बनाउनु आवश्यक देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसको ३४ बुँदे चुनावी ‘ब्लूप्रिन्ट’ : एकता, डिजिटल अभियान र गगन थापाको उम्मेदवारी केन्द्रमा

महानगरमध्ये कार्यसम्पादनमा ‘भावी प्रधानमन्त्री’ को काठमाडौं सबैभन्दा कमजोर

सम्बन्धित

सुनसरी–१: घण्टी र माटो भिड्दा पुराना दल गठजोडको तयारीमा

तनहुँ–१ को ‘ट्रिपल थ्रेट’ : स्वर्णिमको लहर कायम कि भगवती न्यौपानेले एमाले मत जोगाउँछिन्?

काठमाडौँमा एमालेको पुनरागमन सम्भव छ ? इश्वर पोखरेलको आत्मस्वीकृति, बचाउ र आगामी चुनावी दाबी (भिडियोसहित)

रुपन्देही अदालतले रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नगर्ने आदेश

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

संविधानको समावेशी मर्म र प्रत्यक्ष निर्वाचन :खस आर्य पुरुषको वर्चस्व

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com