ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्व पर्यटन दिवसको अवसरमा टानले गर्यो हाइकिङ्ग


एबीसी न्यूज


काठमाडौं, १० असोज  । विश्व पर्यटन दिवस २०१८ को अवसरमा ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) को नेतृत्वमा यस वर्ष सबै पर्यटनसग आवद्ध संघ संस्थाहरुको सहकार्यमा “Tourism and The Digital Transformation” भन्ने मूल नाराका साथ सुर्य चौर, ककनीमा हाइकिङ्ग कार्यक्रमको आयोजना गरेको छ ।


कार्यक्रमको प्रमुख अतिथि माननीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले ककनी क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न सके नगरकोट भन्दा ककनी पर्यटकिय रुपमा बढि विकास हुने बताउनुभयो ।
हाइकिङ्ग ककनी मेमोरियल पार्कबाट सुरु भएर शिवपुरी नेशनल पार्क हुदै सूर्यचौर मा समापन भएको थियो । हाइकिङ्गमा सहभागिहरुले समुन्द्री सतहबाट १९२५ मिटरको उचाईमा रहेको सूर्यचौरबाट अन्नपूर्ण हिमाल, लाङटाङ हिमाल, गौरीशंकर, गणेश हिमाल, राउचुली हिमाल जस्ता अन्य हिमश्रृंखला लगायत मनोरम प्राकृर्तिक दृष्य अवलोकन गर्न गरेका थिए ।

सूर्यचौर हाइकिङ्गको लागि एक उत्तम गन्तव्य स्थल हो जहा प्रकृतिमा डुब्न र सहरी क्षेत्रहरूबाट टाढा जान सकिन्छ । यहाबाट १७० किसिमका चरा चुरुंगीहरु को पनि दृश्यावलोकण गर्न सकिन्छ । सूर्यचौर काठमाडौंबाट नजिक रहेको हाइकिङ्ग गन्तव्य स्थल हो जुन आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक केन्द्रबिन्दुको रुपमा परिचित रहेको छ ।

पदयात्रा मार्ग अनुगमन तथा मर्मत विभागका संयोजक बाबुराम गुरुङको नेतृत्वमा, कोषाध्यक्ष रामकृष्ण तिमल्सिना, खेलकुद र कार्यक्रम विभागका संयोजक ऋतु ग्याम्दान, मिडिया तथा कम्यूनिकेशन विभागका संयोजक गोपाल श्रेष्ठ, संस्कृति, कला र भाषा संरक्षण विभागका संयोजक महेश कुमार बुढा र मिडिया अफिसर सुबिना मानन्धर द्वारा सेप्टेम्बर १९ मा सो हाइकिङ्ग रूटको भ्रमण र निरीक्षण गरेका थिए ।
यस कार्यले नेपालको पर्यटन विकास र प्रवद्धनका लागि पदयात्रा महत्वपुर्ण हुनुका साथै पर्यटन तथा भ्रमण वर्ष २०२० को तयारीको तयारीलाई सहयोग पुग्ने मन्त्री अधिकारीले बताउनुभयो । यस ककनीलाई पर्यटकिय गन्त्व्यको को रुटलाई लोकप्रिय बनाउने सकेको खण्डमा नगरकोट भन्दा पनि यस क्षेत्रको विकास हुनुका साथै पर्यटन प्रवद्धन बाट यस क्षेत्रकाबासिन्दाको आर्थिक स्थितिमा समेत परिर्वतन आउने मन्त्री अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com