ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटन दिवसमा होटलमा २० प्रतिशत छुट


एबीसी न्यूज
आश्विन ९, २०७५ मंगलबार  १० : ५७ बजे

 

काठमाडौँ, ९ असोज ।  विश्व पर्यटन दिवसको अवसरमा होटल एशोसिएसन अफ नेपाल (हान) ले आफ्ना सदस्य होटलमा २० प्रतिशत छुट दिने भएको छ ।

दिवसको सन्दर्भमा विदेशी पाहुनको बसाइ सुखद् बनाउन तथा आतिथ्य सत्कार प्रदान गरी नेपालको प्रवद्र्धन गर्ने उद्देश्यले छुटको व्यवस्था गरिएको हानका महासचिव विनायक शाहले जानकारी दिनुभयो ।

उहाँका अनुसार २० प्रतिशत छुट होटलको खाना र विशेषगरी नेपाली रैथाने खानामा हुनेछ । होटलको कोठा पहिले नै बुकिङ गरेर आउने भएकाले खानामा मात्र छुट गरिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हानको काउन्टरबाट उक्त छुटको कुपन वितरण गरिनेछ । सेप्टेम्बर २७ का दिन पहिलोदेखि अन्तिम उडानमा आउने पर्यटकलाई यो कुपन दिइनेछ । सेप्टेम्बार २८ र २९ गतेसम्म यस्तो ‘अफर’ उपयोग गर्न सकिने छ । राजधानी काठमाडौँ मात्र नभइ देशभरका होटलमा छुटको व्यवस्था गरिएको हानले जनाएको छ । हानअन्तर्गत देशभर करीब दुई हजार होटल छन् ।

यसैबीच दिवसकै सन्दर्भ पारेर प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा पनि विभिन्न सेवामा विशेष छुटको व्यवस्था गरिएको छ । ठमेल पर्यटन विकास परिषद्ले दिवसका दिन सडक सांस्कृतिक महोत्सव गर्ने र रात्रीकालीन सेवामा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको परिषद्का अध्यक्ष समीर गुरुङले जानकारी दिनुभयो ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ । उक्त अभियानलाई सफल बनाउन हानले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । ‘टुरिजम एण्ड दी डिजिटल ट्रान्सफर्मेशन’ भन्ने नाराका साथ सरकार तथा निजी क्षेत्रका पर्यटकीय सङ्घ संस्थाको साझेदारीमा यही सेप्टेम्बार २७ मा विविध कार्यक्रमसहित दिवस मनाइँदैछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनाव, अनिश्चितता र भूराजनीतिक दबाब : एमालेको दृष्टिकोणमा मुलुकको राजनीतिक चित्र (भिडियोसहित)

डिजेल र मट्टितेलको मूल्य बढ्यो

सम्बन्धित

सुनको भाउ २० हजार ५ सय रुपैयाँले घटेर बुधवारकै भाउमा कारोबार

सुनको मूल्य ३ लाख ३९ हजार नाघ्यो

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

सुनको भाउले विश्व अर्थतन्त्र र नेपालमा पार्ने प्रभाव

मेलम्ची बाढीः जलवायुजन्य हानी नोक्शानी कोषका लागि मेलम्ची बाढी सशक्त आधारः विज्ञहरु

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगमभारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com