ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निजी क्षेत्रका एकाधिकार अन्त्य गर्न आफैँले ट्याङ्कर सञ्चालन गर्ने निगमको तयारी


एबीसी न्यूज
आश्विन ९, २०७५ मंगलबार  ७ : ११ बजे

काठमाडौँ,९ असोज । नेपाल आयल निगमले आफैँले पेट्रोलियम पदार्थ ढुवानीको सम्भावनाबारे अध्ययन गर्न समिति गठन गरेको छ ।

निगम सञ्चालक समितिले वाणिज्य तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्यमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल र निगमका प्रवक्ता वीरेन्द्र गोइत सदस्य हुनुहुन्छ ।

समितिले निगम आफैँले ट्याङ्कर सञ्चालन गर्न आवश्यकपर्ने प्राविधिक विषयवस्तुका सम्बन्धमा विस्तृत अध्ययन गर्ने निगमका प्रवक्ता गोइतले जानकारी दिनुभयो । समितिले इन्धन ढुवानीमा निजी क्षेत्रका एकाधिकार अन्त्य गर्न आफैँले ट्याङ्कर सञ्चालन गर्न उपयुक्त हुने/नहुने बारेमा पनि अध्ययन गर्नेछ । हाल निगमसँग इन्धन ढुवानी गर्ने ट्याङ्कर छैन । निजी क्षेत्रका ट्याङ्करले नै इन्धन ढुवानी गर्दै आएका छन् ।

निगमको स्वामित्वमा इन्धन ढुवानी गर्ने ट्याङ्कर नहुँदा निजी क्षेत्रका ट्याङ्कर चालकले विभिन्न माग राख्दै पटकपटक इन्धन ढुवानीमा अवरोध गर्दै आएका छन् । निगमले ट्याङ्कर चालकको माग पूरा गरे पनि केही दिनअघि पुनःविभिन्न माग राख्दै इन्धन ढुवानीमा अवरोध गर्दा पेट्रोलियम पदार्थको वितरणमा असहज अवस्था सिर्जना भएको थियो ।

एक्कासी मुलुकमा पेट्रोलियम पदार्थको अभाव देखिएपछि निगमले गत शुक्रबारका लागि सवारी साधनका लागि कोटा प्रणालीसमेत लागू गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनाव, अनिश्चितता र भूराजनीतिक दबाब : एमालेको दृष्टिकोणमा मुलुकको राजनीतिक चित्र (भिडियोसहित)

डिजेल र मट्टितेलको मूल्य बढ्यो

सम्बन्धित

सुनको भाउ २० हजार ५ सय रुपैयाँले घटेर बुधवारकै भाउमा कारोबार

सुनको मूल्य ३ लाख ३९ हजार नाघ्यो

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

सुनको भाउले विश्व अर्थतन्त्र र नेपालमा पार्ने प्रभाव

मेलम्ची बाढीः जलवायुजन्य हानी नोक्शानी कोषका लागि मेलम्ची बाढी सशक्त आधारः विज्ञहरु

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगमभारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com