ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विधालयको विधार्थी र शिक्षिका प्रेम, १२ बर्षीय विधार्थी द्वारा ३४ बर्षीय शिक्षिका गर्भवती


एबीसी न्यूज
आश्विन ४, २०७५ बिहीबार  ८ : ३६ बजे

एजेन्सी / सुन्दा पनि अचम्मै लाग्न सक्छ , एक विधालयको विधार्थी र शिक्षिका प्रेममा पर्छन् र १२ बर्षका बालकले ३४ बर्षकि शिक्षिकालाई गर्भवती बनाउँछन् । तर यो घटना सत्य हो । यो घटना सन् १९९६ मा अमेरिकामा भएको हो । त्यस समय अमेरिकामा एकजना शिक्षिका निकै चर्चामा थिइन् ।

३४ वर्षकी ती महिलाको नाम मेरी हो । उनी एक विद्यालयमा पढाउँथिन् । उनले पढाउने स्कुलमा एकजना १२ वर्षीय छात्रले पढ्थे । उनको नाम विली हो । मेरी र विलीबीच यतिधेरै सामिप्यता कायम भयो कि उनीहरु एकअर्काको प्रेममा परे । उनीहरुबीच यौन सम्पर्क पनि भएछ । झण्डै एक वर्षसम्मको शारीरिक सम्पर्कमा रहेका उनीहरुका विषयमा गाइँगुइँ चल्न थाल्यो । उनीहरुको सम्बन्ध अवैध थियो । त्यसैले नाबालिगसँग अवैध सम्बन्ध कायम गरेको आरोपमा मेरीलाई पुलिसले पक्राउ गर्यो ।

उनलाई जेल सजायँ पनि भयो । तर जेलमा अनौठो घटना घट्यो । उनले जेलभित्रै बच्चा जन्माइन् । वास्तवमा उनको पेटमा विलीसँगको यौनसम्पर्कबाट बच्चा जन्मिएको थियो । बच्चा जन्मिएपछि उनलाई जेलमुक्त गरियो निगरानीमा रहने गरी । तर जेलमुक्त गर्ने बेलामा अदालतले उनलाई सख्त आदेश दिएको थियो, प्रेमी विलीसँग कहिल्यै पनि भेट गर्न नपाउने ।

तर जेलबाट निस्किने बित्तिकै विलीले अदालतको आदेशको खिल्ली उडाउन थालिन् । उनी एकपटक विलीसँग कारभित्र आपत्तिजनक अवस्थामा रहेको बेला पक्राउ परिन् । त्यसपछि उनलाई सात वर्षको जेल सजाय भयो । रोचक कुरा त के भने त्यो बीचमा उनी फेरि गर्भवती भएकी थिइन् । उनले जेलमै दोश्रो बच्चा जन्माइन् । यसपटक भने उनलाई पूरै ७ वर्षको सजाय काटेपछि मात्र जेलमुक्त गरियो । सन् २००४ मा जेलमुक्त भएसँगै मेरी पुनः विलीसँग सम्बन्ध कायम गर्न थालिन् ।

जब विलीको उमेर २० वर्षको भयो र कानूनी रुपमा विहेका लागि योग्य बने तब विली र मेरीबीच वैधानिक रुपमा बिहे भयो । त्यतिबेला मेरी चाहिँ ४२ वर्षकी थिइन् । बिहेअघि नै उनीहरुका दुईवटा बच्चा जन्मिसकेका थिए । मेरी जेलमा रहेको बेला विलीकी आमाले ती दुवै बच्चाको हेरचाह गरेकी थिइन् ।

बिहेपछि मेरीले थप दुई सन्तान जन्माइन् । अहिले मेरी र विली आफ्नो पूरै परिवार सहित वाशिंटनमा बस्दै आएका छन् । एक अन्तर्वार्ताका क्रममा विली र मेरीले आफ्नोजस्तै स्थितिमा नफस्न आफ्ना बच्चाहरुलाई सचेत गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

परराष्ट्रमन्त्री खनालको सम्पत्तिः छ कम्पनीमा लगानी, २२ तोला सुन

बालेनको सम्पत्ति– मधेशमा १० बिघा जग्गा, १ करोड ४६ लाख नगद र १९० तोला गरगहना

सम्बन्धित

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सामाजिक सञ्जाल केवल अभिव्यक्ति मात्र नभएर एक दोषपूर्ण र खतरनाक उत्पादन हो : विज्ञ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com