ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सोलुखुम्बु बहुमुखी क्याम्पसले मेची महाकाली विश्व अभियान सुरु गर्दै, गिनिज बुकमा समेत नाम लेखाउने


bhawani desk

काठमाडौं,३ असोज । सोलुखुम्बु बहुमुखी क्याम्पस स्थापनाको २५ बर्षमा पुगेको उपल्क्षयमा क्याम्पसले मेची महाकाली विश्व अभियान सुरु गर्दै ५ वर्षे महत्वकांक्षी योजना सार्वजनिक गरेको छ ।

काठमाडौंमा एक विशेष कार्यक्रम गरी क्याम्पस प्रमुख उद्धवकुमार शर्माले ५ वर्षे महत्वकांक्षी योजना सार्वजनिक गरेका हुन् । जसमा १०१ सदस्य रहने जानकारी गराएका छन ।

पूर्वको मेची नदि र पश्चिमको महाकाली नदीको अंगालोभित्र ७७ जिल्लामा फैलिएर रहेको बिशाल नेपालका नागरिकहरु लाइ संलग्न गरि आगामी ५ वर्षभित्र ५ लाख नागरिक, ५ हजार सरकारी तथा गैरसरकारी संघसंस्था, कार्यालयहरु र कम्तीमा विश्वका २५ राष्ट्रका नागरिकलाई अभियानमा सहभागी गराएर विश्वको सबैभन्दा बढी जनसहभागीतामा सञ्चालित क्याम्पसको रुपमा गिनिज बुकमा नाम लेखाउने लक्ष्य रहेको प्रमुख उद्धवकुमार शर्माले बताए ।

बढीभन्दा बढी जनसहभागीताका लागि मेचीकाली विश्व अभियान समेत सञ्चालन गरिने क्याम्पस प्रमुखले बताए । क्याम्पस स्थापनाको २५ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा मेचीकाली विश्व अभियान शुरु भएको घोषणा गरिएको हो ।

सोलुखुम्बु बहुमुखी क्याम्पसको ५ वर्षे अभियानकै क्रममा ट्राभल, टुरिजम् र माउन्टेनियरिङ कोर्स पढाउने कार्यक्रम छ ।

यस कोर्षका लागि ७७ जिल्लाबाट गरिब तथा जेहेन्दार १ छात्र र १ छात्रा गरी १५४ जना (एकवर्षमा) र तीन वर्षे कार्यक्रमका लागि ४६२ तथा विभिन्न राष्ट्रका २५ जना र अति पिछाडिएका समुदायबाट १३ जना गरी ५ सय जनालाई निःशुल्क उच्च प्राविधिक शिक्षा प्रदान गर्ने कार्यक्रम छ ।

ट्राभल, टुरिजम् र माउन्टेनियरिङ कोर्सको लागि प्रथम वर्षमा नाम्चेबजार, दोस्रो वर्षमा सगरमाथा आधारशिविर र तेस्रो वर्षमा आधारशिवीर भन्दा माथि उक्लिदै थेसिस लेखाउने क्याम्पस प्रमुख शर्माले जानकारी दिए । एक वर्षमा २५ जना विदेशी सहित ५०० जनालाई निःशुल्क उच्च प्राविधिक शिक्षा दिइने छ ।

अभियान अन्तर्गतले क्याम्पसले सोलुखुम्बु बहुमुखी क्याम्पसलाई विश्वको शैक्षिक केन्द्र बनाउने गरी कार्यक्रमहरु अगाडि बढाउने भएको छ । क्याम्पसले स्नातक र स्नातकोत्तर तहमा ट्राभल, टुरिजम् र माउन्टेनियरिङ कोर्स गराउने र यसमा विश्वका २५ देशका एक एक जनालाई निशुल्क शिक्षा दिइने भएको छ ।

यसले क्याम्पसको माध्यमबाट सोलुखुम्बु र नेपाललाई नै विश्वमा चिनाउने र क्याम्पसलाई विश्वको शैक्षिक केन्द्रको रुपमा विकास गरी पर्यटन क्षेत्रमा समेत सुधार ल्याउने क्याम्पस प्रमुख शर्माले बताए ।

‘सोलुखुम्बु बहुमुखी क्याम्पस विश्वको शिक्षाको केन्द्रको रुपमा विकास गरी पर्यटन क्षेत्रमा समेत थप सुधार ल्याई विदेशी मुद्राको आर्जनबाट देशलाई थोरै भएपनि आर्थिक टेवा पुुग्नेछ’ प्रमुख शर्माले भने । क्याम्पसले राखेका शैक्षिक योजनाहरु पूरा गर्नका लागि करिब एक अर्ब रुपैयाँ रकम आवश्यक पर्ने र उक्त रकम चन्दादाताबाटै संकलन गरेर पुर्याइएने लक्ष्य लिएको छ ।

उक्त कार्यक्रममा क्याम्पस संचालक समितिका अधक्ष्य आङरिता शेर्पा, सदस्य प्रभुराम बस्नेत, सदस्य आङ गेलु शेर्पा तथा अन्य सदस्यहरुको उपस्थिति रहेको थियो।

उक्त ५ बर्षे शैक्षिक योजनाको लागि सम्पूर्ण नेपाली जनसमुदाय देखि बिदेशी नागरिक, दात्रि सस्था, समजासेवी, शिक्षक, बिद्यार्थी लगायत सबैलाई सहयोग गरि आबश्यक सल्लाह सुझाब गरिदिन क्याम्पस प्रमुख उद्धवकुमार शर्माले अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com