ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भरतपुर महानगरपालिकाले अन्तर्राष्ट्रिय स्तरको सिटी हल बनाउने


एबीसी न्यूज
भाद्र २८, २०७५ बिहीबार  १० : ५० बजे

चितवन,२८ भाद्र । भरतपुर महानगरपालिकाले नगर भित्र सिटी हल बनाउने भएको छ ।  जिल्ला प्रहरी कार्यालय अगाडि रहेको गेष्ट हाउस चौरमा सिटी हल निमार्ण गरिने भएको हो ।
महानगरपालिकाको आग्रहमा सबै राजीतिक दलहरुबीच गेष्ट हाउस चौरमा अत्याधुनिक अन्तर्राष्ट्रिय स्तरको सिटी बनाउने सहमति भएको महानगर प्रमुख रेनु दाहालले जानकारी दिईन । भरतपुर महानगरपालिका ,नेकपा, नेपाली कांग्रेस, जिल्ला समन्वय समितिमा भएको छलफलले महानगरको सिटी हल गेष्ट हाउस चौरमै बनाउने सहमति भएको हो ।

यसअघि क्यान्सर अस्पतालमा सिटी हल बनाउने निर्णय महानगरपालिकाले विभिन्न राजनीतिक दलहरुको विरोधका कारण स्थगित गरेको थियो । ‘पाँचहजार क्षमताको अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक सिटी हल बनाउने गरी महानगरपालिकाले प्रक्रिया अघि बढाउँछ’ महानगर प्रमुख रेनु दाहालले भनिन् , ‘सिटी हलको लागि ५० करोडको बजेट समेत निकासा भइसकेको छ ।’
महानगरले बनाउन लागेको सिटी हल देशकै नमुना बन्ने महानगर प्रमुख दाहालको भनाइ थियो । झन्डै ५ बिघामा सिटी हल बन्ने भएको छ ।

गेष्ट हाउस चौरको जग्गा जिल्ला समन्वय समितिको मातहतमा रहेको छ । ‘गेष्ट हाउस चौर जिल्ला समन्वय समितिको मातहतमा छ, हामी सिटी हल बनाउन उपलव्ध गराउँछौँ’ जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले भने। उनका अनुसार सिटी हलको लागि जग्गा अपुग हुँदैन । साढे ४ विघा जग्गा भएकोले पनि अत्याधुनिक अन्तर्राष्ट्रिय स्तरको सिटी हल बनाउन पुग्ने डल्लाकोटीले   बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राष्ट्रिय जेनजी–नागरिक अभियानले भन्याे-सरकार जनतामाथि क्रुर बन्याे

एमाले सचिवालय बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?

सम्बन्धित

केही सिमित समूहले पुँजी बजारमा हेरफेर, इन्साइडर ट्रेडिङ गर्दै जनताको १५–१६ अर्ब रुपैयाँ दुरुपयोग गरेः अर्थमन्त्री वाग्ले

७ प्रतिशत आर्थिक वृद्धि : लक्ष्य ठूलो, चुनौती अझ ठूलो

आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो

११ खर्ब ५३ अर्ब रुपैयाँ बजेट खर्च, विकस बजेट खर्च कमजाेर

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मन्त्रीको महललाई ‘नक्सा’ नचाहिने, गरिबको झुपडीलाई ‘डोजर’ चाहिने: सरकार, यो कस्तो ‘अटेरी’ न्याय?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com