ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 निर्मला हत्या प्रकरण :मुख्य अभियुक्त विष्ट र रोशनी  बम सादा तारेख रिहा ,बबिता बम धरौटीमा


bhawani desk

काठमाडौं,२६ भाद्र । कञ्चनपुरकी १३ वर्षिय बालिका निर्मला हत्या प्रकरणमा तत्कालीन प्रहरी नेतृत्वले मुख्य अभियुक्त भनी सार्वजनिक गरेका दिलिपसिंह विष्टलाई सादा तारेखमा रिहा गरिएको छ ।

घटनामा शंकास्पद रहेर पक्राउ गरिएका बम दिदीबहिनीमध्ये वबिता बमलाई ३० हजार रुपैयाँ धरौटी र रोशनीलाई सादा तारेखमा रिहा गरिएको बताइएको छ ।

घटनामा संलग्नताबारे आवश्यक प्रमाण नपुगेको भनेर सरकारी वकिल कार्यालय कञ्चनपुरबाट विष्टलाई रिहा गरिएको हो ।

नक्कली प्रमाण बनाएर विष्टलाई फसाउन खोजिएको भन्दै भएको आन्दोलनमा शनि खुनाको मृत्यु भएको र केही प्रदर्शनकारी घाइते भएका थिए । अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीले विष्टलाई फसाउन घरबाट सर्टको खल्तीको टुक्रा ल्याएर घटनास्थलमा फाली मृतक निर्मलाका बुवालाई देखाएका थिए ।

एसपी डिल्लीराज विष्ट नेतृत्वको प्रहरीले अनुसन्धानमा गम्भीर त्रुटि गरेको भनेर राष्ट्रिय मानवअधिकार आयोग र उच्चस्तरीय छानबिन समितिले सार्वजनिक गरिसकेका छन् । एसपी विष्टलाई सरकारले निलम्बन समेत गरेको छ ।

विष्ट धरौटीमा रिहा हुने भएपछि वास्तविक हत्यारा पत्ता लगाउन प्रहरी नेतृत्वमाथि दबाब बढ्ने देखिएको छ ।

उच्चस्तरीय छानबिन समितिको म्याद थपिएपछि वास्तविक हत्याराले उन्मुक्ति पाउने खतरा रहेको भन्दै समितिका सदस्य उपसचिव विरेन्द्र केसीले सोमवार समितिबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com