ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंको चाबहिल–साँखु सडकखण्ड यात्रुलाई सास्ती , पानी पर्दा सडक खोलामा परिणत


एबीसी न्यूज
भाद्र २२, २०७५ शुक्रबार  ३ : १२ बजे

काठमाडौँ । बाह्र्रैमास काठमाडौँको सडकबाट दिक्क हुने स्थिति आउन थालेको छ। चाबहिल–साँखु सडकखण्डको अवस्थाबाट सवारीसाधनका चालक र यात्रु दिक्क छन् । वर्षामा हिलो र खाल्डाखुल्डी तथा हिउँदमा धुलोबाट आजित हुनुपरेको छ ।

चाबहिल–साँखु सडकखण्डमा जताजतै खाल्डाखुल्डी मात्रै छन् । पानी जमेको छ । सडक हिलाम्मे भएपछि सर्वसाधारणले सहजै सडक वारपार गर्न सक्ने स्थिति छैन । सडकमा गिट्टी छरपष्ट छ । दिनहुँ मोटरसाइकल चिप्लिएर पल्टिन्छन् । तीन वर्षयता सडकको अवस्थामा कुनै सुधार हुन सकेको छैन । धुलोका कारण यहाँका बासिन्दाले सास्ती खेप्नु परेको छ ।

“धुलो आँखामा पस्दा सडक पार गर्न सकिन्न । वर्षामा सधैँ हिलोको डर रहन्छ,” नारायणटारका देवनारायण चौलागाईँले पीडा सुनाए ।

विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ स्तुप यही सडकखण्डमा पर्छ । यहाँ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले सडकका कारण सास्ती खेप्दै आएका छन् । पर्यटक घण्टौँ जाममा पर्दा दिक्क मान्छन् । खाल्डाखुल्डीले विद्यार्थी सबैभन्दा बढी प्रभावित छन् । ठूलो पानी पर्दा सडक खोलामा परिणत हुन्छ ।

सो सडकखण्डमा दिनहुँ यात्रा गर्दै आएका जयराम खतिवडा भन्छन्, “मान्छे, मोटरसाइकल र स्कुटर हिलोमा नपछारिएको दिनै हुँदैन ।” मोटरसाइकल, साइकल र स्कुटरमा यात्रा गर्नेलाई बढी समस्या छ ।

“घरबाट आउँदा लगाएको जुत्ता र कपडाको अवस्था फर्किदा हेरिनसक्नु हुन्छ,” जोरपाटीका उदय श्रेष्ठले भन्नुभयो । सडक मर्मत सम्भार गर्न उहाँले आग्रह गर्नुभयो ।

विसं २०७२ मा सरकारले चाबहिलबाट साँखुसम्मको सडक चार लेनको बनाउने योजना ल्याएको हो । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले २०७२ जेठमा सो सडक निर्माणका लागि बोलपत्र आह्वान गरेको थियो । असोजमा निर्माण व्यवसायीलाई ठेक्का दिएको थियो । पाँच कम्पनीले एघार किलोमिटर लामो सो सडकखण्ड विस्तार गरिरहेका छन् । आव २०७४(७५ भित्र सो काम सक्नुपर्ने छ ।

कम्पनीले सर्वोच्च अदालतको अन्तरिम आदेश, मुआब्जा प्रक्रिया, विद्युत् र टेलिफोनको पोल तथा तार, खानेपानी तथा ढलका कारण काम समयमै गर्न नसकेको जनाउँदै आएका छन् ।

काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाका सूचना अधिकारी विश्वविजयलाल श्रेष्ठका अनुसार सडक निर्माणको ठेक्का पाएको युनाइटेड विल्डर्स एण्ड इञ्जिनीयर्स प्रालिले १५ प्रतिशत, बज्रगुरु(च्याङमिला(खानी जेभीले ४०, बज्रगुरु(विरुवा(खानी जेभीले ४०, बिटी(सुनकोशी(वल्डवाइड जेभीले ३५ तथा लामा÷समानान्तर जेभीले २५ प्रतिशत काम सम्पन्न गरेको छ ।

सर्वोच्च अदालतले सडकमा जग्गा परेका परिवारलाई मुअब्जा दिन हालै आदेश दिएको थियो । मुआब्जाको प्रक्रियामा जाँदा अझै दुई वर्षसम्म सडक निर्माण रोकिने श्रेष्ठ बताउँछन् । बजेट विनियोजन, जग्गाको सर्वे, मुआब्जा दाबी तथा वितरण गर्न समय लाग्ने देखिन्छ ।

उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीले स्थानीयवासीको अवरोधले सडक स्तरोन्नतिको काम हुन नसकेको बताउनुभयो । “सरकारले मुआब्जाका लागि रकम छुट्याएको छैन, सडक निर्माणमा अझै ढिलाइ हुन्छ ।” मुआब्जा वितरण र सडक निर्माण सँगसँगै गर्नुपर्ने छ । बिजुलीको पोल हटाउने तथा तार व्यवस्थापनको काम बाँकी नै छ । बौद्ध–जोरपाटी सडकखण्ड निर्माणका लागि एक वर्ष समय थप गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेनको सचिवालय टिम गठन :प्रमुख सल्लाहकारमा बेन, राजनीतिक सल्लाहकारमा असिम शाह अरु को को ?

अन्तर्राष्ट्रिय समुदायको तत्काल चासो : बालेन सरकारसँग काम गर्न उत्सुक छन् शक्ति राष्ट्रहरू !

सम्बन्धित

पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १५ रुपैयाँले बढ्यो

चीनले कार्ल मार्क्सलाई कसरी बिर्सियो ?

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

सुनको मूल्य एकैदिन १२ हजार ५०० ले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

पेट्रोलमा १५ र डिजेलरमट्टीतेलमा १० रुपैयाँ भाउ बढ्यो

“समस्या क्षमता होइन, संकल्पको अभाव हो” — उपेन्द्र महतो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com