ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

थारु कल्याणकारिणी सभा रौतहटमा विवाद


एबीसी न्यूज
भाद्र १६, २०७५ शनिबार  ५ : ४९ बजे

रौतहट, १६ भाद्र । थारु कल्याणकारिणी सभामा निर्वाचन अधिकृत र केन्द्रिय सदस्यले मनोमानी गर्न थालेपछि विवाद उत्पन्न भएको छ ।
भाद्र १४ र १५ गतेको कार्यक्रम अन्तरगतको बन्द सत्रमा शुक्रबार साँझ अबेर सम्म पनि अध्यक्ष पदको लागि सहमति जुट्न नसक्दा निर्वाचन प्रकृयामा नगएर थारु कल्याणकारिणी सभाका केन्द्रिय सदस्य कृष्ण चौधरी र निर्वाचन अधिकृत हृदय नारायण चौधरीले आफ्नो मानोमानी तरिकाले पुरानै कार्य समितिलाई पुनः सम्पूर्ण जिम्मेवारी निर्णय गर्दा विवाद उत्पन्न भएको हो ।

उक्त एक लौटी गरिएको गलत निर्णयको विरोध गर्दै भेलामा जम्मा भएका सम्पूर्णले सदस्यले माइन्यूट च्यातिदिएका थिए ।
केन्द्रिय सदस्य कृष्ण चौधरी र निवार्चन अधिकृत हृदय नारायण चौधरीको गलत निर्णयको बिरोध गर्दै उक्त माइनेटिङ्ग च्यातिएको अध्यक्ष पदका दावेदार राम बाबु चौधरीले बताए । उनले थारु समुदायको हक हितका लागि गठित संस्था थाकसलाई जिल्ला समितिका अध्यक्ष राम अश्रय चौधरीले निजीकरण गरेको आरोप समेत लगाए ।

थाकस कसैको पेवा होइन यो विशुद्ध सामाजिक संस्था हो र राम अश्रय चौधरी ४ कार्यकाल सम्म अध्यक्ष पदमा रहेर लाखौ रुपैया आर्थिक अनिमियतता गरेको र थारु समुदायको हितमा कुनै काम नगरेर आरोप लगाउदै उल्टै गुट बन्दि गरि जिल्लाका थारुहरूलाई २ गुटमा विभाजन गरेको अध्यक्ष पदका उम्मेदवार कृप चौधरीले बताए । थाकसको नाममा राजनीति नगर्न र यथा सिघ्र सहमति जुटाउन बिघटित कार्य समितिका उपाध्यक्ष भूमध्य चौधरी, थारु अगुवाहरूले माग गरेका छन यसलाई वेवास्ता गरे समानन्तर समिति गठन गरेर अगाडी बढ्ने उपाध्यक्ष भूमध्य चौधरीले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

गणनास्थलमा मतपेटिका प्रहरीले नै ढुवानी गर्छ : गृहमन्त्री अर्याल

तल्लो तहलाई प्रचण्डको “सेक्रेट” परिपत्र: मतगणना नहुन्जेल मतपेटिका नछोड्नू

सम्बन्धित

कांग्रेसले सरकार बनाए सबैभन्दा पहिला देउवाको सम्पत्ति छानबिन हुन्छ : गगन थापा

चुनावलाई निष्पक्ष बनाउन सरकार गम्भीर देखिएनः अध्यक्ष ओली

झापामा बालेन शाहको तस्बिर अंकित २ सय ६२ थान टि-सर्ट प्रहरीको नियन्त्रणमा

आज रातिबाट काठमाडौँमा मदिराको बिक्री वितरण बन्द

यी चार प्रदेशमा आज मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना

बीबीसीको रिपोर्ट हटाउन काउन्सिललाई निर्वाचन आयोगको पत्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com