ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्यार्थी टहरामै ,विद्यालय पुनःनिर्माणमा कठिनाइ


bhawani desk

भक्तपुर, १४ भाद्र ।  भक्तपुर दरबार क्षेत्रको पद्म माध्यमिक विद्यालयको भवन भूकम्पले भत्काएको तीन वर्ष बितिसक्यो । विद्यार्थीको जीवनमा भूकम्पको त्रास अझै गएको छैन । नयाँ भवन बन्न नसक्दा सहज र सुविधाजनक रुपमा पढ्ने विद्यार्थीको धोको पनि पुरा हुन सकेको छैन ।

विसं १९८१ मा स्थापित राणाकालीन सो भवन क्षतिग्रस्त भएपछि नयाँ बन्ने हो कि होइन भन्ने अन्योल कायमै छ । विद्यालय पुनःनिर्माण टुङ्गो नलागेको बताउँदै प्रधानाध्यापक राम हाडा भन्नुहुन्छ, “भक्तपुर नगरपालिकाले भनेजस्तै अर्को नक्शा बनाएका छौँ तर जवाफ आएको छैन, नगरपालिकाले स्वीकृत देला र अब बन्ला भन्ने आशा छ ।

” देशकै नमूना विद्यालय बनाउने गरी सरकारको छनोटमा परेको सो विद्यालय पुनःनिर्माण गर्न रु १६ करोड छुट्याएको थियो तर विद्यालय भवन बन्न शुरु नहुँदा बजेट फिर्ता होला कि भन्ने चिन्ता बढेको छ ।

विश्व सम्पदामा सूचीकृत भक्तपुर दरबार परिसरभित्र परेको भन्दै नगरपालिकाले पुरानै राणाकालीन स्वरुपमा भवन बनाउन रोक लगायो ।

त्यसले पुनःनिर्माणमा कठिनाइ भएको जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षा (डिएलपीआइयू) को भनाइ छ । ठेक्कामार्फत निर्माण हुनुपर्ने जिल्लाकै एक मात्र नमूना विद्यालय स्थानीय तहबाट नक्शा पास नहुँदा बन्न नसक्ने अवस्थामा पुगेको डिएलपीआइयू भक्तपुरका प्रमुख देवकुमार बरालले बताउनुभयो ।

दातृ निकायले अत्याधुनिक प्रविधि जडान गरेर आवासीय नमूना विद्यालय बनाइदिने सम्झौता गरेका दुई वर्ष भयो । छनोट भएका विद्यालयको भौतिक संरचना, कक्षा कोठा, व्यवस्थापन शिक्षण सिकाइ गर्न तालीम हल, अडिटोरियम हल, सङ्गीत प्रशिक्षण कक्ष, विज्ञान प्रयोगशाला, पुस्तकालय, सूचना तथा सञ्चार प्रयोशाला, चमेना गृह, प्राथमिक उपचार कक्ष र छात्र तथा छात्रा शौचालय, भित्र र बाहिर खेलमैदान निर्माण हुनेछन् ।

विद्यालयमा सुविधा सम्पन्न पुस्तकालय, इ–लाइब्रेरी, इन्टरनेटसहित कम्प्युटर, फोटोकपी मेशिन, विषयगत र अन्तर विषय पुस्तक, जर्नल, पत्रपत्रिकाको व्यवस्था गर्ने गरिनेछ तर विद्यार्थीका लागि यो कुरा सपनाजस्तै होला भन्ने डर छ । दातृ निकायले पढ्न मिल्ने बनाइदिएको अस्थायी टहरामै विद्यार्थी पढिरहेका छन् ।

भूकम्पले क्षति पु¥याएको दरबार क्षेत्रकै अर्को विद्यार्थी निकेतन माविको अवस्था पनि उस्तै छ । रातो स्टिकर टाँसेको भवनमा विद्यालय प्रशासन, लेखा, कम्प्युटर ल्याब सञ्चालनमा छ । विद्यार्थी अस्थायी टहरामा पढ्दै आएका छन् ।

रातो स्टिकर टाँसेको भवनमा कम्प्युटर प्रयोशाला भएको र अर्को भवन नहुँदा विद्यार्थीले सो प्रयोशालाको सदुपयोग गर्न पाएका छैनन् । भवन अभावले अतिरिक्त क्रियाकलाप गराउन कठिन भएको विद्यालयका प्रधानाध्यापक सर्जनी जोशी बताउनुहुन्छ । प्रधानाध्यापक जोशी २००४ सालमा बनेको सो विद्यालय पुनःनिर्माण अनिश्चित जस्तै भएको बताउनुहुन्छ ।

पुनःनिर्माण गर्न पेस गरेको नक्सा नगरपालिकाले स्वीकृत गरेको छैन ।नगरपालिकाले भनेबमोजिम दोस्रो पटक गरेको नक्सा नगरपालिकाले अध्ययन गर्दैछौँ भनेर राखेको छ ।

फेरि पनि नक्शा भएन भनेर नगरपालिकाले भन्ला भन्ने डर छ विद्यालयलाई । प्रधानाध्यापक जोशी “पटक पटक नक्साको ढाँचा परिवर्तन गर्ने बजेट हामीसँग छैन, अहिले गरेकै नक्शालाई स्वीकृत नगरे विद्यालय पुनःनिर्माण हुन कठिन होला भन्ने डर छ ।”

दरबार क्षेत्रकै अर्को विद्यालय हो शारदा मावि । भूकम्पले भत्काएको यो विद्यालयको अवस्था पनि पद्म र विद्यार्थी निकेतन जस्तै छ । भूकम्पले गर्दा २००९ सालमा स्थापित यो विद्यालयको तीनतले भवन भत्कियो । त्यसपछि माथिको दुई तला भूकम्पले भत्काएको रातो स्टिकर टाँसेको भवनमा प्रशासन, पुस्तकालय, कम्प्युटर प्रयोशाला, लेखा र प्रशासन छ ।

भवन अभावले नर्सरी कक्षासमेत रातो स्टिकर टाँसेकै भवनमा सञ्चालन गर्नुपरेको विद्यालयका प्रधानाध्यापक रोशनराज तुइतुइले बताउनुभयो । दाताको सहयोगमा निर्माण भएको अस्थायी टहरामा अध्यापन गराउनु परेको बताउँदै उहाँ भन्नुहुन्छ, “विद्यालय बनाइदिन दाता आएका थिए ।

नगरपालिकालाई नक्शा दियौ तर पास गरिदिएन । भवन बनाउन आएका दाता फर्किए, नक्शापास प्रक्रिया शुरु गरे मात्रै भवन बन्ने भएकोले हामीले त्यसको लागि ताकेता गरिरहेका छौँ ।”

नगरपालिकाले समयमै नक्शापास नगर्दा दरबार क्षेत्रका तीन विद्यालयको पुनःनिर्माणमा अन्योल भएको छ । चालू आव २०७५÷०७६ का लागि पुनः प्रस्ताव गरे पनि बजेट आउने नआउँने निश्चित नभएको डिएलपीआइयू भक्तपुरका प्रमुख बराल बताउनुहुन्छ ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विश्व सम्पदा सूचीमा सूचीकृत दरबार क्षेत्रभित्र संरचना निर्माण गर्दा अन्य क्षेत्रमा जस्तो सहज नहुने बताउनुभयो । भक्तपुरको ऐतिहासिक ९९ सय चोकभित्र अध्ययन, अनुसन्धान र उत्खनन गर्नु आवश्यक रहेकाले नयाँ संरचना निर्माण गर्दा त्यसलाई ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

नगर प्रमुख प्रजापति भन्नुहुन्छ, “नगरपालिकाले सम्पदा संरक्षण र ९९ चोकको उत्खनन तथा अनुसन्धान गर्ने योजना ल्याएको छ, यस्तो अवस्थामा सो चोकभित्र पर्ने विद्यालयको पुनःनिर्माण गर्दा सम्पदालाई असर नपर्ने गरी नक्शा ल्याउन विद्यालयलाई भनेका हौँ ।”

नगर प्रमुख प्रजापति विदेशीले जथाभावी रुपमा सम्पदाको अवमूल्यन हुने गरी बनाउन खोज्दा नगरपालिकाको मापदण्डअनुसार नक्शा ल्याउन भनेको बताउँदै आएको नक्शाको अध्ययन सकेर मापदण्डअनुरुप नक्सा आए पुनःनिर्माणलाई नरोक्ने बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com