ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिम्स्टेक वरिष्ठ पदाधिकारीको बैठक शुरु : घोषणापत्र र अध्ययन प्रतिवेदनमा केन्द्रित


एबीसी न्यूज
भाद्र १२, २०७५ मंगलबार  १२ : ४० बजे

काठमाडौँ, १२ भाद्र ।   बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य देशका वरिष्ठ पदाधिकारीको १९ औँ बैठक राजधानीमा शुरु भएको छ ।

सदस्य देशका परराष्ट्र/बाह्य मामिला÷विदेश मन्त्रालयका सचिवहरुको उक्त बैठकमा व्यापार तथा लगानी, यातायात र सञ्चार, प्रविधि, आतङ्कवादको प्रतिरोध र अन्तर्राष्ट्रिय अपराध, कृषि, गरिबी निवारण, जनस्वास्थ्यमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र सचिव शङ्करदास वैरागीले राससलाई जानकारी दिनुभयो ।

नेपाल बिम्स्टेकको अध्यक्ष मुलुक भएकाले उक्त बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्वसँगै अध्यक्षतासमेत गर्नुभएका सचिव वैरागीले चौथो शिखर सम्मेलनपछि जारी हुने काठमाडौँ घोषणापत्रका मस्यौदामा गहन छलफल गर्ने बताउनुभयो । मन्त्रिस्तरीय बैठक र बिम्स्टेकका अन्य संयन्त्रले प्रस्तुत गरेका प्रतिवेदनमा गम्भीर विचारविमर्श हुने उहाँले जानकारी दिनुभयो ।

वरिष्ठ पदाधिकारीको बैठकमा बिम्स्टेकले पहिचान गरेका व्यापार, लगानी, यातायात तथा सञ्चार, ऊर्जा, पर्यटन, कृषि, प्रतिआतंकवाद, गरिबी निवारण, जनस्वास्थ्य, वातावरण तथा प्राकृतिक विपत्ति र जलवायु परिवर्तनजस्ता १४ क्षेत्रमा हालसम्म भएका प्रगतिको समीक्षा भइरहेको छ ।

चौथो शिखर सम्मेलनको तयारी, काठमाडौँ घोषणापत्रको अन्तर्वस्तु तथा त्यसको मस्यौदालाई अन्तिम रूप दिने र शिखर सम्मेलनलाई सफल तुल्याउने विषयमा नै केन्द्रित भएर सघन छलफल भइरहेको सचिव वैरागीले राससलाई बताउनुभयो ।

साउन २६ गते काठमाडौँमा सम्पन्न सदस्य मुलुकका वरिष्ठ पदाधिकारीको विशेष बैठकको समीक्षाका साथै १५ औँ मन्त्रिस्तरीय बैठक यता भएका बिम्स्टेकका अन्य बैठकका प्रतिवेदनको विवेचना हुनेछ । भन्सार सहायतासम्बन्धी कार्यदलको प्रतिवेदन, गत वर्ष बैङ्ककमा भएको बिम्स्टेक यातायात सम्पर्क कार्यदलको दोस्रो बैठकको प्रतिवेदन, बिम्स्टेक तटीय पानीजहाज सम्झौतासम्बन्धी नयाँदिल्लीमा सम्पन्न पहिलो बैठकको प्रतिवेदन र बिम्स्टेक सवारीसाधन सम्झौतासम्बन्धी कार्यदलको पहिलो बैठकको प्रतिवेदन पेश हुनेछ ।

बैठकको कार्यसूची विवरणअनुसार गत मार्चमा बंगलादेशको ढाकामा भएको राष्ट्रिय सुरक्षा प्रमुखहरुको दोस्रो बैठक, यसै महिना सोही स्थानमा भएको बिम्स्टेक संयुक्त कार्यदलको प्रतिआतङ्कवाद र अन्तर्राष्ट्रिय अपराधसम्बन्धी आठौँ बैठकको प्रतिवेदन, बिम्स्टेक प्रविधि हस्तान्तरण सुविधासम्बन्धी विज्ञ समूहको चौथो प्रतिवेदनबारे व्यापक छलफल हुनेछ ।

त्यसैगरी कृषि सहायतासम्बन्धी विज्ञ समूहको थाइल्याण्डको च्याङराईमा भएको पहिलो बैठकको प्रतिवेदन, गतवर्ष काठमाडौँमा भएको गरिबी निवारणसम्बन्धी पहिलो बैठक र सोही विषयमा गत डिसेम्बरमा सदस्य देशका परराष्ट्रमन्त्री र वरिष्ठ पदाधिकारीको कोलम्बोमा भएको तेस्रो बैठकको प्रतिवेदन बैठकमा पेश हुनेछ ।

परम्परागत औषधिसम्बन्धी कार्यदल, ढाकामा बिम्स्टेकको स्थायी सचिवालय स्थापना गर्नेसम्बन्धी संयुक्त कार्यदलको विशेष बैठकको प्रतिवेदन, बिम्स्टेक सचिवालयको बजेट, सचिवालयका निम्ति सवारीसाधन खरीद प्रक्रिया र चौथो बिम्स्टेक शिखर सम्मेलनको तयारीबारे पनि बैठकमा छलफल हुनेछ । बैठकमा बङ्गलादेशका विदेश सचिव मोहम्मद शहिदुल, भारतका विदेश सचिव विजयकेशव गोख्ले, म्यान्माको विदेश मन्त्रालयका नायब महानिर्देशक विन जेयार तुन, श्रीलङ्काका अतिरिक्त सचिव रविनाथा पी आर्यसिन्हा र थाइल्याण्डको परराष्ट्र मन्त्रालयका स्थायी सचिव बुसाया माथेलिन नेतृत्वको प्रतिनिधिमण्डलले भाग लिएको छ ।

उद्घाटन मन्तव्य व्यक्त गर्दै सचिव वैरागीले बिम्स्टेक क्षेत्रका जनताको हित, आर्थिक वृद्धि र समृद्धि बिम्स्टेक कार्यसूचीको प्रमुख विषय भएको बताउँदै व्यापार र एकीकरणका व्यवधान पन्छाउँदै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । बिम्स्टेकका महासचिव शाहिदुलले बिम्स्टेकलाई प्रभावकारी सङ्गठनका रूपमा विकास गर्न व्यापार, लगानी, पर्यटन, विद्युत् प्रसारण लाइन तथा भौतिक सम्पर्क र सम्बन्ध कायम गर्नु अपरिहार्य भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

गणनास्थलमा मतपेटिका प्रहरीले नै ढुवानी गर्छ : गृहमन्त्री अर्याल

तल्लो तहलाई प्रचण्डको “सेक्रेट” परिपत्र: मतगणना नहुन्जेल मतपेटिका नछोड्नू

सम्बन्धित

कांग्रेसले सरकार बनाए सबैभन्दा पहिला देउवाको सम्पत्ति छानबिन हुन्छ : गगन थापा

चुनावलाई निष्पक्ष बनाउन सरकार गम्भीर देखिएनः अध्यक्ष ओली

झापामा बालेन शाहको तस्बिर अंकित २ सय ६२ थान टि-सर्ट प्रहरीको नियन्त्रणमा

आज रातिबाट काठमाडौँमा मदिराको बिक्री वितरण बन्द

यी चार प्रदेशमा आज मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना

बीबीसीको रिपोर्ट हटाउन काउन्सिललाई निर्वाचन आयोगको पत्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com