ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय परिचय पत्र वितरण अन्तिम चरणमा


bhawani desk
भाद्र ५, २०७५ मंगलबार  ५ : ०४ बजे

काठमाडौं,५ भाद्र । राष्ट्रिय परिचय पत्र तयार गरी वितरण गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्रले हाल परिचय पत्रको परीक्षण गरिरहेको छ ।

केन्द्रका सूचना अधिकारी शिवराज जोशीका अनुसार कात्तिक १५ देखि छाप्ने काम शुरु गर्ने र त्यसलगतै वितरण गर्ने तयारी रहेको बताउनुभयो । ‘‘अहिले परिचय पत्र परीक्षण गर्ने काम भइरहेको छ, कम्पनीले परीक्षण सकेर हामीलाई कात्तिकको दोस्रो हप्ताभित्र हस्तान्तरण गरेपछि हामी छपाइको काम गर्दछौ ।

’’उहाँले परीक्षण सकेर कम्पनीले हस्तान्तरण गरेपछि वितरण गरिने बताउनुभयो । ‘आइडिमिया आइडिण्टीटी एण्ड सेक्युरिटी’ कम्पनीले राष्ट्रिय परिचय पत्र प्रणाली विकास गरी परीक्षण गरिरहेको छ ।

कम्पनीले भदौ १५ गतेभित्र परीक्षणको काम सकाएर हस्तान्तरण गर्ने भने तापनि प्राविधिक कारणले एक महिना ढिलो हस्तान्तरण गर्ने भएको छ । केन्द्रका कम्प्युटर इञ्जिनीयर ज्ञानेश्वर बोहराले परिचय पत्रको परीक्षणक्रममा देखिएका प्राविधिक समस्यालाई अहिले समाधान गरिरहेको बताउनुभयो ।

‘‘परिचय पत्रमा पछि समस्या नआओस् भन्नका लागि परीक्षण गरेका थियौ, तर केही समस्या आएको हुनाले त्यसलाई अहिले हटाउने काम भइरहेको छ, ’’ उहाँले भन्नुभयो । २०७४ असार ८ गतेको मन्त्रिपरिषद् बैठकले परिचय पत्रको ढाँचा र २०७४ पुस ८ गते सुरक्षित चिन्ह स्वीकृत गरेको थियो ।

सरकारले पहिलो चरणमा पाँचथरका एक लाख १० हजार नागरिक र सिंहदरबारका सरकारी कार्यालयका सात हजार कर्मचारीलाई राष्ट्रिय परिचय पत्र वितरण गर्ने छ ।
परिचय पत्रको काम अन्तिमचरणमा भएकोले वितरण गर्ने जिल्ला पाँचथर र सिंहदरबारमा अहिले नागरिकको विवरण संकलन केन्द्रले गरिरहेको छ ।

निर्देशक जोशीले असार ५ गतेबाट पाँचथरमा विभिन्न समूह बनाइ विवरण संकलनको काम भइरहेको छ भन्नुभयो । उहाँका अनुसार अहिलेसम्म पाँचथरमा २२ हजार र सिंहदरबारमा तीन हजार नामावली सङ्कलन गरिएको छ । पाँचथरमा पाँच स्थानीय तहका नामावली सङ्कलन काम बाँकी छ ।

पाँचथरमा तीन समूह गाउँपालिका र नगरपालिकामा तथा जिल्ला प्रशासन कार्यालयमा एक समूहले विवरण सङ्कलन गरिरहेको छ । कम्प्युटर इञ्जिनीयर बोहराका अनुसार १० डिजिटल नम्बर रहेको परिचय पत्रमा नागरिकताको सबै विवरण साथै नागरिकतामा नभएको हजुरबुबाको नाम, आमाको नाम, पति-पप्नीको नाम, आंैठा छाप, शैक्षिक योग्यता, पेशा, अस्थायी र स्थायी ठेगानासमेत उल्लेख गरिने छ । सरकारले नागरिकताको सट्टा राष्ट्रिय परिचयपत्र ल्याउन थालेको हो ।

सूचना अधिकारी जोशीले परिचयपत्र विवरण गर्न अहिले एक लाख १७ हजार परिचयपत्र आइसकेको बताउनुभयो । केन्द्रले नागरिकको लगत सङ्कलन गरेर ल्याएपछि ती विवरणको आधारमा परिचय पत्रमा छापिएर बाँडिने छ ।

केन्द्रमा नै ती परिचयपत्र छापेर जिल्ला लगेर वितरण गरिने छ । सरकारले विसं २०६७ मा केन्द्र स्थापना गरेपनि २०७३ सालदेखि परिचय पत्रको काम शुरु भएको हो ।
यसवर्ष थप १५ जिल्लामा पनि वितरण गरिने

यसैगरी सरकारले थप १५ जिल्लामा राष्ट्रिय परिचय पत्र लागू गर्ने भएको छ । गृहमन्त्रालयमा मन्त्रिस्तरीय निर्णय गर्दै थप १५ जिल्लामा यसवर्ष राष्ट्रिय परिचय पत्र लागू गर्ने निर्णय गरिएको केन्द्रका निर्देशक जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रदेश नं १ झापा र सङ्खुवासभा, प्रदेश नं २ को महोत्तरी र सप्तरी, प्रदेश नंं ३ को रसुवा, ललितपुर र चितवन, गण्डकी प्रदेशको तनहुँ र स्याङ्जा, प्रदेश नंं ५ को गुल्मी र कपिलवस्तु, कर्णाली प्रदेशको सल्यान र जुम्ला तथा प्रदेश नं ७ को अछाम र कञ्चनपुरमा लागू हुनेछ । छनोटमा परेका ती जिल्लामा जाने योजना र बजेट व्यवस्थापन भईरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा विदेशी श्रमिक बढ्दो, नेपाली युवा विदेश पलायन तीव्र

निर्वाचन ६ दिन बाँकी: आजदेखि मादक पदार्थ बिक्रीवितरण र सेवनमा प्रतिबन्ध

सम्बन्धित

यी चार प्रदेशमा आज मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना

बीबीसीको रिपोर्ट हटाउन काउन्सिललाई निर्वाचन आयोगको पत्र

रञ्जित तामाङलाई प्रचण्डको फोन – जितेर आउनुस् मन्त्री बनाउँछु

सुर्खेतबाट पूर्ण खड्काका भाइको उद्षोष –कर्णालीमा कांग्रेस एक ढिक्का छ, भ्रम छर्ने काम नहोस्

नवलपरासी रास्वपा सभापति ठकुरी कांग्रेस प्रवेश

बीबीसीको अनुसन्धान : तत्कालीन आईजीपीको आदेशमा घातक बल प्रयोग, विद्यालय पोसाकमै किशोरको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com