ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चार स्थानीय तह पहिरोको उच्च जाखिममा


bhawani desk
भाद्र ५, २०७५ मंगलबार  २ : ३९ बजे

 

बैतडी, ५ भाद्र । बैतडीका चार स्थानीय तहमा पहिरोको उच्च जाखिममा परेका छन् ।

जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाअनुसार प्रकोपको हिसाबले जिल्लाका अन्य स्थानीय तहमा पहिरोको जोखिमी देखिए पनि डिलाशैनी गाउँपालिका, दोगडाकेदार गाउँपालिका, पुरचौडी नगरपालिका र मेलौली नगरपालिका भने उच्च जोखिममा रहेका समितिका संयोजक लालबहादुर महराले बताउनुभयो ।

जिल्लामा विभिन्न किसिमका प्रकोपको जोखिम रहेको र ती प्रकोपबाट हुने क्षति न्यूनीकरणका विषयमा सम्बन्धित स्थानीय तहसँग छलफल भएको प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैह्रेले बताउनुभयो ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ अनुसार स्थानीय तहमा विपद् व्यवस्थापन समिति गठन गर्न आग्रह गरिएको छ उहाँले भन्नुभयो, “स्थानीयस्तरमा विपद् व्यवस्थापन समिति गठन गरी कार्यान्वयनमा ल्याइएमा प्रकोपका घटनाबाट हुने क्षति न्यूनीकरण गर्न सकिन्छ ।”

विभिन्न विपद्का घटनालाई न्यूनीकरण गर्न स्थानीय तहलाई बजेट छुट्याउन आग्रह गरिएको प्रजिअ गैह्रेले बताउनुभयो । जिल्लाको डिलाशैनी गाउँपालिकाको बांगाबगर, गोकुलेश्वर, रुद्रेश्वर, दोगडाकेदार गाउँपालिकाको सित्तड र न्वाली पहिरोको उच्च जोखिममा छन् ।

यस्तै जिल्लाको पुर्चाैंडी नगरपालिकाको मल्लादेही क्षेत्र र मेलौली नगरपालिकाको विशालपुर क्षेत्र पनि पहिरोको उच्च जोखिममा रहेको विपद् संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले बताउनुभयो ।

जिल्लामा हुनसक्ने प्रकोपका घटनाबाट हुने क्षति न्यूनीकरणका लागि जिल्लास्तरमा तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय प्रवक्ता एवं प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिनुभयो ।पहिरोको उच्च जोखिममा रहेका स्थानीयबासीले स्थानीयस्तरबाट पहिरो नियन्त्रण गर्न नसकिने भएकाले प्रदेश सरकार र सङ्घीय सरकारसँग माग गरिएको जनाए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा विदेशी श्रमिक बढ्दो, नेपाली युवा विदेश पलायन तीव्र

निर्वाचन ६ दिन बाँकी: आजदेखि मादक पदार्थ बिक्रीवितरण र सेवनमा प्रतिबन्ध

सम्बन्धित

यी चार प्रदेशमा आज मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना

बीबीसीको रिपोर्ट हटाउन काउन्सिललाई निर्वाचन आयोगको पत्र

रञ्जित तामाङलाई प्रचण्डको फोन – जितेर आउनुस् मन्त्री बनाउँछु

सुर्खेतबाट पूर्ण खड्काका भाइको उद्षोष –कर्णालीमा कांग्रेस एक ढिक्का छ, भ्रम छर्ने काम नहोस्

नवलपरासी रास्वपा सभापति ठकुरी कांग्रेस प्रवेश

बीबीसीको अनुसन्धान : तत्कालीन आईजीपीको आदेशमा घातक बल प्रयोग, विद्यालय पोसाकमै किशोरको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com