ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अब बेरोजगार होइन दक्ष जनशक्ति शिक्षाको आवश्यकता छ:शिक्षामन्त्री पोखरेल


bhawani desk
भाद्र ४, २०७५ सोमबार  ३ : ०६ बजे

 

काठमाडौं,४ भाद्र। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले त्रिभुवन विश्वविद्यालयले शिक्षाको गुणस्तरमा ध्यान दिनुपर्ने बताउनुभएको छ ।

प्रदर्शनी मार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) को ५८औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै मन्त्री पोखरेलले विश्वविद्यालयले विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिनुपर्ने बताउनुभयो ।

“उच्च शिक्षा लिएर पनि कतिपय विद्यार्थी बेरोजगार भएका छन्”, उहाँले भन्नुभयो, “अब बेरोजगार होइन दक्ष जनशक्ति उत्पादन गर्ने शिक्षाको आवश्यकता छ, त्यसतर्फ ध्यान दिनु जरुरी छ ।” उहाँले परम्परागतरुपमा विश्वविद्यालय चलेकाले अब नयाँ ढङ्गले शिक्षा दिनुपर्ने धारणा राख्नुभयो ।

शिक्षामन्त्री पोखरेलले विश्वविद्यालयलाई अनुसन्धानको थलो बनाउनुपर्नेमा जोड दिनुभयो । शिक्षा व्यापार नभई सेवा भएकाले त्यहीअनुसार काम गर्नुपर्ने उहाँको भनाइ थियो । दुई वर्षभित्र साक्षर नेपाल बनाइने मन्त्री पोखरेलले घोषणा गर्नुभयो । विद्यार्थी र शिक्षकलाई स्वयमसेवी ढङ्गले लागेर दुई वर्षभित्र साक्षर नेपाल बनाउने अभियानलाई सफल बनाउन उहाँले आग्रह गर्नुभयो ।

यस वर्ष सञ्चालन गरेको विद्यालय भर्ना अभियान नमूना भएको र भदौभित्र विद्यालय बाहिर रहेका बालबालिकालाई भर्ना गर्नुपर्नेमा मन्त्री पोखरेलले जोड दिनुभयो ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा तीर्थ खनियाँले आरआर क्याम्पसले शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्दै त्रिविको शिक्षाको गुणस्तर सुधार्न आफू लागिपरेको बताउनुभयो ।

क्याम्पस प्रमुख डा निर्मलाकुमारी सुवालले आर्थिक वर्ष २०७५-७६ को कार्ययोजना पेश गर्दै आरआरलाई नमूना बनाउने बताउनुभयो । आरआर क्याम्पसबाट स्नातक तह र स्नातकोत्तर तहमा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीलाई सो अवसरमा पुरस्कार वितरण गरिएको थियो ।

स्नातक तहतर्फ सविना देवकोटा, स्नातकोत्तरतर्फ अर्थशास्त्रका विष्णुदत्त भट्ट, अङ्ग्रेजीतर्फ अञ्जु तामाङ, नेपालीतर्फ प्रेमकुमार श्रेष्ठ र समाजशास्त्र तथा मानवशास्त्रतर्फ मनिल महर्जनले उत्कृष्ट अङ्क ल्याउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नयाँ खामेनी र इरानको उत्तराधिकार राजनीति

इरानमा विद्रोह गराउन असम्भव रहेको ट्रम्पको स्वीकारोक्ति

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com