
जनकपुर, २ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रदेश नंं २ लाई आर्थिक रुपमा सवल र सक्षम बनाईने बताएका छन् ।
आज शनिवार प्रदेश सभालाई सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले प्रदेश २ मा थुप्रै सम्भावन बोकेको प्रदेश भएकोले यसलाई आर्थिकरुपमा निकै छिटो अगाडी बढने बताएका हुन ।
यसैगरी प्रधानमन्त्री ओलीले प्रदेश २ मा मल कारखाना खोलिने बताए। उनले उखु कृषकको सवालमा विशेष प्याकेज ल्याउने आश्वासन दिए। उनले किसानलाई अनुदान दिने पनि बताएका छन्।
धार्मिकस्थलको संरक्षण र प्रवर्द्धनका लागि सरकार प्रतिबद्ध रहेको ओलीले बताएका छन्। उनले भने, पर्यटकिय , औद्योगिक ग्राम निर्माण गर्ने, राजर्षी जनक विश्व विद्यालयको भौतिक अवस्थ सुधार, राजविराजमा मेडिकल कलेज स्थापना गर्छौं।
उनले रामराजाप्रसाद सिंहको नाममा मेडिकल कलेज स्थापना गर्ने तयारी भइरहेको जानकारी दिए।
जनकपुर फोहरमुक्त बनाउन सरकारले आवश्यक पहल गर्ने सम्बोधनको क्रममा ओलीले बताएका छन्। ल्याण्ड फिल्ड साइट निर्माण हुन नसक्दा फोहर व्यवस्थापनमा समस्या भएकोले जमीन खोज्न पहल सरकारले गर्ने उनको भनाइ थियो। सीप विकास तालिम दिएर स्वरोजगार तथा दक्ष जनशक्ति उत्पादनगरिने पनि ओलीको भनाइ छ।







प्रतिक्रिया दिनुहोस्