
जनकपुर, २ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका नदीमा छिटै पानी जहाज चल्ने र भारतको कोलकाता जाने पानी जहाज प्रदेश २ बाट चल्ने बताएका छन् ।
आज प्रदेश नंं २ को प्रदेश सभालाई सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले नेपालको तीन नदीबाट पानी जहाज चाडै सुरु हुने बताएका हुन् ।
यसैगरी सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले आफू तराईको विकासको लागि प्रतिवद्ध भएको दोहोर्याएका छन्। उनले हरेक प्रदेशको आ–आफ्नै विशेषता भएको बताउँदै तराई पनि उर्बरभूमी भएको उल्लेख गरे।
यसका लागि आफू सिँचाइको लागि चाँडै भन्दा चाँडै काम गरिरहेको बताए। उनले तराइको विकासको लागि सहरी विकास मन्त्रालयले ७० प्रतिशत बजेट छुट्ट्याएको दाबी गरे।
यसैगरी जनता आवास कार्यक्रम अनुसार प्रदेश २ को हरेक जिल्लामा १ बजार घर बनाउने योजना रहेको बताए। जनता आवास कार्यक्रमलाई प्रभावकारी बनाउने उनको दाबी छ।
उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफ्नो मित्रता राम्रो भएको बताउँदै दुई छिमेकीबीचको सम्बन्ध थप मजबुत बनाउने जनाए। उनले सरकारको उद्देश्य समृद्ध नेपाल सुखी नेपाल भएको र यो दुई छिमेकी ले पनि यही चाहेको बताए।
।







प्रतिक्रिया दिनुहोस्