ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मूल्य पाएपछि अदुवा उत्पादक किसान उत्साहित


एबीसी न्यूज

इलाम,३१ साउन । गएको वर्षको तुलनामा यो वर्ष राम्रो मूल्य पाएपछि इलामका अदुवा उत्पादक किसान उत्साहित भएका छन् । भारत निर्यात सहज भएपछि यो वर्ष अदुवाको मूल्य किलोको २ सयदेखि पाँचसय रुपैयाँसम्ममा विक्री हुन थालेपछि किसान खुशी भएका हुन् ।

गएको वर्ष मुस्किलले प्रतिकेजी १२ रुपैँयामा विक्री गरेको अदुवा अहिले २ सय रुपैयाँभन्दा बढीमा बिक्री भैरहेको फाकफोकथुम गाउँपालिका–१ की कृष्णमाया निरौलाले भन्नुभयो ‘विक्री नभएकै कारण यस वर्ष खेती नै मासेका थियौँ तर अदुवाको भाउले झुक्यायो, अब अर्को वर्ष फेरि खेती सुरु गर्ने सोचमा छौँ ।

भारतले निकासीमा अवरोध गरेपछि उत्पादित अदुवा निर्यात गर्न निकै समस्या थियो । व्यवसायीक किसानको सावाँ समेत नउठेपछि धेरैले यस वर्ष अदुवा खेती नै गरेका छैनन् ।
उत्पादन कम हुनु र भारत निकासीमा सहज हुनुले अदुवाको भाउ राम्रो आएको हुनसक्ने व्यापारी न्यौपानेले बताउछन ।

यस वर्ष साउनको अन्तिम सातासम्ममा डेढ करोड भन्दा बढीको अदुवा इलामबाट निर्यात भएको छ ।
प्रदेश नम्बर १ का १४ जिल्लामध्ये पाँच जिल्लामा धेरै किसान व्यवसायिक अदुवा खेती गरी जिविकोर्पाजन गरिरहेका छन् । जिन्जर प्रोफाइलका अनुसार, इलाममा ३ हजार २ सय ३३, पाँचथरमा ६ सय ६१, धनकुटामा २ सय ४९ , तेह्रथुममा २ सय १२ र झापामा ३ सय ४२ हेक्टर क्षेत्रफलमा अदुवा खेती हुँदै आएको छ ।

केन्द्रको तथ्याङ्क अनुसार अघिल्लो वर्ष ६५ लाख ८२ हजार आठ सय ९७ किलो अदुवा निकासी भएको छ । जसमा इलामबाट ४५ हजार ९ सय ९४, पाँचथरमा ८ हजार ८ सय ३९ , धनकुटामा ४ हजार ९ सय ३३, तेह्रथुममा ३ हजार दुई सय ७७ र झापामा ४ हजार ५ सय ८३ मेट्रिकटन अदुवा उत्पादन भएर निकासी भएको छ ।

मेची भन्सार कार्यालय काकरभिट्टाबाट मात्र २० हजार ५१ मेट्रिक टन अदुवा भारत निकासी भएको कार्यलयका सूचना अधिकारी रमेश खतिवडाले बताउनुभयो ।

कार्यालयका अनुसार, सन् २०१७ मा नेपालबाट १४ करोड ७७ लाख ५८ हजार ५२९ रुपैयाँको अदुवा भारत निकासी भएको छ भने सन् २०१८ मा १५ करोड पाँच लाख ५७ हजार रुपैयाँको निर्यात भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com