ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आठ बुँदे घोषणापत्र जारी गर्दै विश्व नेपाली साहित्य सम्मेलन सम्पन्न


एबीसी न्यूज
श्रावण ३१, २०७५ बिहीबार  ७ : ५९ बजे
काठमाडौं,३१ साउन । २०१८ का दिन युकेको क्यान्टवरी युनिभर्सिटी हलमा आठ बुँदे घोषणापत्र जारी गर्दै दोस्रो विश्व नेपाली साहित्य सम्मेलन सम्पन्न भयो ।
विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समिति तथा २० मुलुकका २७ शाखाको आयोजन र युकेको सबैभन्दा जेठो संस्था नेपाली साहित्य विकास परिषदको सहआयोजनामा सम्मेलन सम्पन्न भएको हो ।
युकेका लागि नेपालका राजदुत महामहिम डा. दुर्गा बहादुर सुवेदी, वरिष्ठ कवि तुलसी दिवस, बरिष्ठ समालोचक प्राडा. गोविन्दराज भट्टराई केन्द्रीय अध्यक्ष विश्वास दीप तिगेलाले सयुक्त रुपमा दीप प्रज्वलन गरि समुदघाटन गर्नुभएको थियो ।
ब्यवस्थापन संयोजक तथा केन्द्रीय सचिव केदार सुनुवार संकेतले सम्मेलनमा सहभागी सबैलाई स्वागत गर्नुभयो । नेपाल सरकारका प्रतिनीधि राजदुत सुवेदीले युकेमा अहिले सम्म भएका २० राजदुतहरु मध्ये साहित्य कर्मगर्ने आफू दोस्रो राजदुत भएको खुलासा गर्दै सम्मेलनको सफलताको कामना गर्नुभयो । त्यस्तै अर्का प्रमुख अतिथि कवि दिवसले नेपाल भित्र बोलिने सम्पूर्ण भाषाहरुको साहित्य नेपाली साहित्य हो भन्नुभयो ।
विभिन्न ५ शिर्षकमा कार्यपत्रहरु प्रस्तुत गरिएका थिए । जर्मन प्रोफेसर बि सेन्लरले पल्पसा क्याफे उपन्यास र बुद्धत्व सम्बन्धमा एक कार्यपत्र प्रस्तुत गर्नुभयो । प्राडा. भट्टराईले विश्व साहित्यमा नेपाली साहित्यको स्थान सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नुहुदै नेपाली साहित्यका कृतिहरु पुगेका लाईब्रेरी संख्याको तथ्याङ पस्कनुभयो । नेपाली गीत लेखनको बारेमा गीतकार भावेश भुमरी, बेल्पाली नेपाली साहित्यकार र युद्ध साहित्य बारे विजय हितान, नेपाली साहित्यको चिन्तन, परिभाषा र लेखनमा सुधारको अपरिहार्यता बारेमा अध्यक्ष तिगेलाले कार्यपत्र प्रस्तुत गर्नुभयो भने नेपाली साहित्यको विकृति तथा प्रवासी साहित्यकारहरुको बारेमा वरिष्ठ साहित्यकार खगेन्द्र संग्रौला र संमग्र नेपाली साहित्यको बारेमा प्राडा. नोवल किसोर राईले बोल्नुभयो । त्यस्तैगरि आमन्त्रित अष्ट्रियाबाट सहभागी हुन भएकी सेला स्टेनरले साहित्यकार झमक घिमिरेको बारे बनेको फिल्मको ट्रेलर सहित जानकारी गराउनु भएको थियो भने भारतको भाक्सुबाट मित्रसेन प्रतिष्ठानकी संरक्षक वयोवृद्धा प्रतिमा दोधराजको पनि उपथिती रहेको थियो ।
साहित्य महासङ्घले प्रदान गर्ने नेपाली साहित्यको दुत (सगरमाथा) २०१८ कवि दिवसलाई प्रदान गरियो भने नेपाली साहित्य दुत (धौलागीरी) २०१८ श्रीमति लक्ष्मी राई थापा (लारा) लाई ताम्रपत्र सहितको सम्मान प्रदान गरियो । सो अवसरमा प्रमुख अतिथि, बिशेष अतिथि र अतिथिहरुको बाहुलीबाट पालैपालो सात वटा पुस्तकहरु लोकापर्ण भयो । जसमध्ये विश्व नेपाली महासङ्घमा आबद्ध स्रष्टाहरुको संकलित रचनाहरुको संगालो संगालो ‘बिनेसाम दर्पण“, मस्को निवासी कृष्ण प्रसाद श्रेष्ठद्वारा रसियनबाट नेपालीमा अनुवादित कविताकृति ‘रुसी पल्लव“, प्रा डा. गोविन्दराज भट्टराईको ‘मेरो पहिलो बेलायत यात्रा“, विश्व नेपाली साहित्य महासङ्घ केन्द्रीय सहसचिब सुनिता राई कन्दङवाको ‘एक जुवा घाम“ नामक कविता कृति, बेल्पाली कवि जानु काम्बाङको ‘नउघ्रेको जून“ र अर्का बेल्पाली साहित्यकार केदार संकेतको ‘बुद्दल्याण्ड टु मदरल्याण्ड“को लोकार्पण गरियो ।
कार्यक्रमको बीचबीचमा बासुरी समुहका तर्फबाट सुरेन्द्र ईगनाम, सेमन्त राई, भरत लोहरुङ र सांरगी ग्रुपबाट डम्बर सिंबाट मीठा संगीतहरु पस्किएका थिए । त्यस्तै मलियना, विना र नेहाले नृत्य प्रस्तुत गरेका थिए भने गायक थीर थापाले सुमधुर गीत पस्केका थिए ।
सम्मेलनको अन्तमा सम्मेलन संयोजक तथा सचिव केदार सुनुवार ‘संकेत“ले ८ बुंदे घोषणापत्र जारी गर्नुभयो । सम्मेलनका सहभागिहरुलाई ब्याकपाइप बजाएर सबैलाई स्वागत र विदाई गरिएको थियो भने खानाब्रेक तथा कार्यक्रमको शुरुवात पनि पाइप बजाएरै जनाउ दिईएको थियो । कार्यक्रमलाई विनेसाम साउथ वेष्ट स्वीन्डन शाखाकी महासचिव जानु काम्बाङ र केन्द्रीय सचिव संकेतले संचालन गर्नुभएको थियो ।
सम्मेलनको विर्षजन लगतै सहआयोजक साहित्य विकास परिषदद्धारा क्यान्टवरीको चमचम रेष्टुरेष्टमा स्वागत तथा रात्रीभोजको कार्यक्रम सम्पन्न भयो । सम्मेलनको दोस्रो दिन पूर्वयोजना मुताविक साहित्यिक भ्रमण अन्तर्गत १८ औ शताब्दिका चर्चित साहित्यकार डिकिन्सको घर ब्रोडस्टेयर्सको यात्रा भयो भने साँझपंख सम्मेलनको निम्ति नेपालबाट आमन्त्रित तथा सहभागी पाहुनाहरुको निम्ति नेपाली राजदुतावासद्धारा स्वागत रात्रीभोजको आयोजना सुसम्पन्न भयो । पहिलो सम्मेलन सन् २०१३ अक्टोबर २५ का दिन काठमाडौमा सम्पन्न गरि ११ बुंदे घोषणापत्र जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पूर्वीनेपालमा भूकम्पको धक्का

भदौ २४ गते आगजनी र लुटपाट गर्नेहरूलाई कारबाही गर्नुपर्छ– प्रचण्ड

सम्बन्धित

बीबीसीको रिपोर्ट हटाउन काउन्सिललाई निर्वाचन आयोगको पत्र

रञ्जित तामाङलाई प्रचण्डको फोन – जितेर आउनुस् मन्त्री बनाउँछु

सुर्खेतबाट पूर्ण खड्काका भाइको उद्षोष –कर्णालीमा कांग्रेस एक ढिक्का छ, भ्रम छर्ने काम नहोस्

नवलपरासी रास्वपा सभापति ठकुरी कांग्रेस प्रवेश

बीबीसीको अनुसन्धान : तत्कालीन आईजीपीको आदेशमा घातक बल प्रयोग, विद्यालय पोसाकमै किशोरको मृत्यु

सिक्किम–नेपाल सीमा नजिक ४.६ म्याग्निच्युडको भूकम्प

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com