
काठमाडौं, २८ साउन । सरकारले नेपाल टेलिकमकी प्रवन्ध निर्देशक कामिनीराज भण्डारीलाई सरकारले टेलिकमको खस्कदो अर्थिक अवस्थालाई आधार बनाएर दोस्रो पटक स्पष्टिकरण सोधेको छ । यसअघि गत वैशाखमा पनि स्पष्टीकरण सोधेको सरकारले दोस्रोपटक शुक्रबार ७२ घण्टे स्पष्टिकरण सोधेको हो । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रबन्ध निर्देशक राजभण्डारीको कार्यसम्पादन सन्तोषजनक नभएपछि स्पष्टीकरण सोधेको हो । अब ढिलोमा सोमबारसम्म चित्त बुझ्दो जवाफ नदिए कामिनी मन्त्रिपरिषद् निर्णयबाट बर्खास्त हुने पक्का छ । पहिलो पटक टेलिकमले काठमाडौ र पोखराबाहेक अनेत्र फोरजी सेवा विस्तार गर्न नसकेको, ग्रामीण दूरसञ्चार कोषको रकमबाट मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने काममा ढिलाई गरेको विषयमा स्पष्टीकरण सोधिएको थियो । प्रबन्ध निर्देशक राजभण्डारीको गैरजिम्मेवार नेतृत्वकै कारण टेलिकमको यात्रा उल्टो गतिमा जान थालेपछि प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले चासो व्यक्त गरेका थिए त्यतिबेला ।
प्रधानमन्त्री ओलीले राजभण्डारीलाई गाडीको टायर मात्र होइन ड्राइभर नै फेर्ने संकेत दिएर राम्रो काम गर्न चेतावनी दिएका थिए । पहिलो स्पष्टिकरणपछि समेत प्रबन्ध निर्देशकले राम्रो काम गर्न सकिनन् । टेलिकम झन पछि झन धरासायी बन्ने अवस्था आएपछि दोस्रो स्पष्टिकरण सोध्न बाध्य भएको संचारमन्त्रालय स्रोतले बताएको छ । शुक्रबार कार्यसम्पादनमा समेत राम्रो काम गर्न नसकेको भन्दै ७२ घण्टे स्पष्टिकरण सोधीएको हो ।
कामिनीराज भण्डारी नेपाल टेलिकमको प्रबन्ध निर्देशक बनेपछि टेलिकमको अवस्था निरन्तर
खस्किंदै गएको तथ्य हामीले अपरेशन विग न्यूज मार्फत दुई महिना पहिले नै देखाएका थियौं । हाम्रो तथ्य सत्यमा आधारित थियो । अहिले त्यही पुष्टि भएको छ । नेतृत्वले नै संस्थालाई दोहन गर्ने, कार्यसम्पादन समेत राम्रोसंग नगर्ने भैसकेपछि संस्थालाई अन्य सरकारी संस्थानहरु जस्तै डुबाउनुबाहेक अन्य केही हुंदैनथ्यो । राष्ट्रले गौरब मान्दै आएको राज्यलाई अत्याधिक कर तिर्ने सरकारी संस्थानको अवस्था दिनप्रतिदिन खस्किन थालेपछि नेतृत्व परिवर्तन आवश्यक थियो । सरकारले दोस्रो स्पष्टिकरण सोधेर कामिनी हटाउने प्रक्रिया सुरु गरेको छ ।
संस्थानहरुलाई घाटाको बाहना बनाएर अर्बौको राष्ट्रिय सम्पत्ती समेत डुवाउने खेल पछिल्लो समय झन मौलाएको छ नेपाल टेलिकममा ।
यसका केही तथ्यहरुलाई स्मरण गर्न जरुरी छ । नेपाल टेलिकम लाखौंबाट अर्बौ कमाउने संस्था बनेको हो । अर्बौको खुद नाफा कमाउने कम्पनी बनाउन धेरै मेहनत गर्नुपरेको छ टेलिकमले । तर, जब कामिनी राजभण्डारी नेतृत्वमा आईन, सोही वर्षदेखि टेलिकमको आम्दानी घट्न पुग्यो । प्रबन्ध निर्देशक राजभण्डारी नेतृत्वमा आएपछिको पहिलो आर्थिक वर्ष २०७३÷७४ मा टेलिकमको खुद मुनाफा ३८ करोड घटेको टेलिकमकै वासलातले देखाएको छ ।
यस्तै, आर्थिकवर्ष २०७४/७५ मा त यो मुनाफा घटेर ८९ करोड पुग्यो । अर्थात आर्थिक वर्ष २०७४÷७५ मा आम्दानी बढाएर ६९ दशमलब ३२ प्रतिशत पु¥याउनुपर्ने भए पनि टेलिकमको आम्दानी १८ दशमलव ५ प्रतिशतले घट्यो । अर्बौको नाफामा रहेको कम्पनीको यसरी लगातार दुई वर्ष मुनाफा घट्नु चानचुने विषय थिए । यो त टेलिकमको भोलिको भविष्यका लागि गम्भीर खतराको संकेत थियो ।
कामिनी राजभण्डारी प्रबन्ध निर्देशकमा चयन हुनुअघि उनले केही प्रतिवद्धता गरेकी थिइन । उनको आफ्नै प्रतिवद्धताका आधारमा त्यतिबेला मन्त्रिपरिषद्ले आर्थिकवर्ष २०७३÷७४ मा टेलिकमको टार्गेट २० प्रतिशतले बढ्नुपर्ने शर्त गरेको थियो । यसका आधारमा उनलाई दिएको टार्गेट सो आर्थिक वर्षमा ६२ दशमलव ५२ प्रतिशत रहेको थियो । तर उनले ५७ दशमलव ७७ प्रतिशत मात्र पुर्याउन सकिन । यसको मतलब, उनको कार्यक्षमता टेलिकमको आम्दानी बढाउन ५० प्रतिशत पनि पुग्न सकेन । यस्तै, आर्थिक वर्ष २०७४÷७५ मा ६९ दशमलव ३२ प्रतिशत हुनुपर्नेमा झरेर १ दशमलव ५ प्रतिशतले घट्यो । अर्थात, प्रबन्ध निर्देशक कामिनी राजभण्डारीको कार्यक्षमता २० प्रतिशत पनि पुग्न सकेन ।
मन्त्रिपरिषद्ले प्रबन्ध निर्देशक राजभण्डारीलाई विना आधार दोस्रो स्पष्टिकरण सोधेको छैन । आर्थिक वर्ष २०७३÷७४मा नेपाल टेलिकमले राज्यलाई १३ अर्ब कर तिरेको थियो । प्रतिस्पर्धी निजी कम्पनी एनसेलले १४ अर्ब कर तिरको थियो । तर यो वर्ष टेलिकमले सरकारलाई मात्र १० अर्ब कर तिरेको छ । भने, एनसेलको १४ अर्बकै हाराहारी छ । यसबाट के देखिन्छ भने टेलिकम एक वर्षमै झण्डै ३ अर्ब राजस्व तिर्न नसक्ने गरी अधोगतितिर झरिरहेको छ । टेलिकमलाई ध्वस्त बनाएर छिटो धनी बन्ने लोभमा निजी कम्पनीबाट भित्रभित्रै रकम हसुल्ने प्रवृत्ति घातक छ । यसको अर्को उदाहरण अन्तराष्ट्रिय आगमन कलमा पनि देखिन्छ । नेपाल टेलिकमको अन्तराष्ट्रिय कलबाट हुने आम्दानी ११ अर्ब ९७ करोड रहेको थियो । यो घटेर अहिले ७ अर्ब ८५ करोडमा झरेको छ । अन्तराष्ट्रिय भ्वाईस कलमा अन्य प्रविधि भित्रिएको भनेर तर्क गर्न गरिए पनि यति छोटो अवधीमा झण्डै ५ अर्बको घाटा हुनैसक्दैन । यसको प्रत्यक्ष फाइदा भने प्रतिस्पर्धी निजी कम्पनीलाई भएको छ ।
टेलिकमले सेवा बेचेर नाफा कमाउने हो । सेवा वेच्नको लागि जहां बढी भन्दा बढी बजार छ त्यहां आक्रमक बजार रणनीति बनाउनुपर्ने हो । तर, टेलिकमले यो रणनीति नअपनाउंदा सबैभन्दा ‘भाइब्रेन्ट’ रहेको तराईको बजारबाट टेलिकम सेवा भुत्ते बन्दै गएको छ । कामिनी राजभण्डारी प्रबन्ध निर्देशक बन्नु अघिसम्म ५५ प्रतिशत बजार हिस्सा रहेको टेलिकम अहिले ३० प्रतिशतमा खुम्चिन बाध्य भएको छ । यहां पनि प्रतिस्पर्धी कम्पनीलाई नै मैदान खालि गरिएको छ । एनसेलले आफनो बिस्तारलाई खरायो गतिमा दौडाएको छ ।
नेतृत्वको कार्यकुशलता नभएको मात्र होइन, आफ्नो संस्थाप्रतिको जिम्मेवारी बोध नभएकैकारण टेलिकमको अवस्था दिनप्रतिदिन खस्किंदै गएका प्रमाणहरु एकपछि अर्को फेला पर्न थालेपछि सरकार बाध्य भएको छ नेपाल टेलिकमको प्रबन्ध निर्देशकलाई गम्भीर स्पष्टिकरण सोध्न । दोस्रो पटक सोधिएको स्पष्टिकरणले सरकार अब प्रधानमन्त्री ओलीले भनेजस्तै गाडीको टायर मात्र होइन, ड्राइभर नै फेर्ने अन्तिम निस्कर्षमा पुगेको बुझ्न सकिन्छ
गत वर्ष नेपाल टेलिकम देशको सबैभन्दा बढी नाफा गर्ने र कर तिर्ने सरकारी कम्पनी थियो तर अहिले यस्तो रहेन । टेलिकमको सेवा सुबिधामा ध्यान नदिदा निजी क्षेत्रमा दुरसञ्चार कम्पनी मालामाल भएका छन । ९१ दशमलब ५ प्रतिशत सरकारी स्वामित्व रहेको छ भने करिब ८ दशमलब ५ प्रतिशत कर्मचारी र सर्वसाधारण जनताको रहेको छ । तर राष्ट्रको सञ्चार नेपाल टेलिकम यति बेला वित्तीय सूचकांकको अवस्था दयनीय बन्दै गएको छ । कार्य सञ्चालन आय घटिरहेको छ । खुद मुनाफामा, सम्पत्तिको प्रतिफल, शेयर, ग्राहक संख्या समेत पछिल्लो समय घटिरहेको छ । टेलिकम भित्रका ठुलो भ्रष्टाचारकै कारण वित्तीय अवस्था धरासायी बन्दै गएको देखिन्छ । राजधानीमा मुख्य स्थानमा भद्रकाली, पुल्चोक, जाउलाखेल, बबरमहल, सुन्धारा लगायतको स्थानमा विशाल भवन बनाइएका छन् । आवश्यक कामका लागि नै बनाइएको होला ती विशालकाय भवनहरु । तर, ती भवनभित्र संस्थागत शुसाशनको दृश्य कमै देख्न पाइन्छ । काम भन्दा गफ गर्नेको संख्या धेरै छ । कर्मचारीहरुका लागि आकर्षक तलव भत्ता र सेयर पाकिरहेको छ । अनावश्यक दुःख किन गर्ने प्रवृत्ति मूल नेतृत्वदेखि तल्लोस्तरसम्मका कर्मचारीमा पलाएको छ । मूल संग्लो भए मात्र पानी संल्लो हुने हो । मूल नेतृत्व नै कमिशनको चक्करमा लाग्दा सिंगो संस्थाको सुशासन भुत्ते भएको छ । अनुत्पादक खर्चमा रमाउने प्रवृत्तिकै कारण टेलिकम सेवाको क्षेत्रमा खस्किंदै गएको छ । त्यसो त, दूरसंचार व्यवसायमा नेपाल टेलिकमसहित ६ वटा दूरसंचार सेवा प्रदायक टेलिकम कम्पनी र दर्जनौंको संख्यामा इन्टरनेट सेवा प्रदायकहरु आइएसपी बजारमा छन् । अहिलेको अवस्थामा नेपाल टेलिकममा पुरानो योजना सम्पन्न गर्न नसकेको र नया“ योजना ल्याउन नसक्दा कम्पनीको बजार हिस्सा र आम्दानी दुवै गुमिरहेको छ । विगत २ वर्षदेखि संचालन आय आय घट्ने काम सुरु भएको हो । आर्थिक वर्ष २०६९/७० मा ३४ अर्व १४ करोड रुपैया“, २०७०/७१ मा ३५ अर्व ५९ करोड रुपैया“, २०७१/७२ मा ३९ अर्व २९ करोड रुपैया“, २०७२/७३ मा ४० अर्व ७२ करोड रुपैया“ आम्दानी भएकोमा आर्थिक वर्ष २०७४/७५ मा ३९ अर्व ४५ करोड रुपैया“ हुने देखिएको छ । यो अघिल्लो वर्षको तुलनामा ८९ करोड घटी हो ।
यस्तै, कम्पनीको अर्वौ आम्दानी हुने क्षेत्र हो, अन्तराष्ट्रिय आगमन कल । टेलिकमको (कुल आम्दानीको करिव २५ प्रतिशत हिस्सा यही अन्तराष्ट्रिय कलले ओगट्छ । तर, अन्तराष्ट्रिय आगमन कल तर्फको राजस्वमा पनि विगत दुई बर्षदेखि अबँैंको दरले घटिरहेको छ ।
आर्थिक वर्ष २०६९/७० मा दश अर्व ९३ करोड आम्दानी भएको थियो । २०७०÷७१ मा १० अर्व ६१ करोड, २०७१÷७२ मा ११ अर्व ६७ करोड, २०७२/७३ मा ११ अर्व ४४ करोड आम्दानी भएकोमा आ. व. २०७३/७४ मा रु ९ अर्व ३ करोड (अघिल्लो बर्षको तुलनामा २ अर्व ४१ करोड घटि भयो । आर्थिक वर्ष २०७४÷७५ मा ८ अर्व २४ करोड अघिल्लो बर्षको तुलनामा ७९ करोड घटी हुने देखिएको छ ।
आर्थिक वर्ष २०७२÷७३ मा ८ सय ६ जना कर्मचारीलाई स्वेच्छिक अवकासमा पठाउ“दा कम्पनीले ४ अर्व ३६ करोड रकम खर्च घटाएर पनि रु. १३ अर्व ६८ करोड मुनाफा गरेको थियो । स्वेच्छिक अवकाशका कारणले कर्मचारी खर्चमा आर्थिक वर्ष ०७३÷७४ मा करिव ६७ दशमलव ५० करोड र ०७४/७५ मा करिव ५४ करोड कमी आउ“दा समेत कम्पनीको नाफा बढ्न सकेको छैन ।
राज्यको अर्थव्यवस्थालाई दीर्घकालीन रुपमै बलियो टेवा दिन सक्षम नेपाल टेलिकमलाई धराशायी बनाउनका लागि धेरैले लागि परेका छन । नेपाल टेलिकमको प्रथम महिला प्रबन्ध निर्देशक बनेकी कामनीराज भण्डारी म्याडमको भने संस्थालाई अघि बढाउनुको साटो यथास्थितिमा राख्ने र पछि फर्काउने देखिएको छ । म्याडम राजभण्डारीको टेलिकमलाई अगाडी बढाउनका लागि स्पष्ट भिजन नभएकै कारण टेलिकम ओरोलो लागेको तथ्यहरुले पुष्टि गरेका छन् । टेलिकमको अहिलेको आम्दानीको मुख्य स्रोत भनेको बैंक मौज्दातमा बढेको ब्याज दरबाट आउने रकम मात्र रहेकोछ । नेपाल टेलिकममा रहेको रकमलाई बैकमा ँष्हभम म्ष्उयकष्त, ऋबिि म्भउयकष्त गरि प्राप्त भएको ब्याज हरेक बर्ष बढिरहेको छ । आर्थिक वर्ष २०७३/७४ मा ४ अर्व ८४ करोड आम्दानी भएको थियो भने यस आर्थिक वर्ष २०७४÷७५ मा ५ अर्व ५० करोड ब्याज आम्दानी (गैर कार्य संचालन आय) पुग्ने अनुमान छ । त्यस्तै बिदेशी मुद्रा विनिमय दरमा भएको बृद्धिबाट (बिदेशी मुद्रा विनिमय लाभ) हुन आएको आधारमा कम्पनीको यथार्थ नाफा बढेको कुरा कत्ति पनि तर्कसंगत हुनै सक्दैन ।
आम्दानी घट्नुको मुख्य कारणको रुपमा पहाडी र हिमाली भेगमा टेलिकम नेटवर्कको समस्या, धेरै जनसंख्या भएको स्थान तराइका जिल्लामा समेत भरपर्दाे सेवा नदिन नसक्नु हो ।







प्रतिक्रिया दिनुहोस्