ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समाजसेवामा अग्रसर हुँदै डोल्पाली महिला


bhawani desk
श्रावण २८, २०७५ सोमबार  ११ : ४४ बजे


डोल्पा,२८ साउन । पछिल्लो समयमा डोल्पाली महिलाहरु पनि समाजसेवा तर्फ अग्रसर हुन थालेका छन् । चेतनाको विकाससँगै उनीहरुपनि सामाजिक कार्यमा अग्रसर हुनथालेका हुन् । त्यसैको गतिलो उदाहारण बनेका छन्।

उनीहरुले पछिल्लो तीन बर्ष यतामात्रै देउसी भैलो खेलेरैमात्र सार्वजानिक शौचालय,धारो,घोरेटो बाटो निर्माण लगायत थुप्रै उदाहारणीय काम गरिसकेका छन् ।

पुरुष प्रदान समाजमा महिलाले देउसी भैलो खेल्नु हुदैन महिला अग्रसर भएको राम्रो हुदैन धेरैले भने, तर हामी कोही कसैको भनाईलाई वास्ता नगरेरै त्रिपुराकोटका एकघरका एक महिला मिलेरै देउसी भैलो खेल्न सुरुवात गरेको स्थानीय महिला गोमा उपाध्यायले बताईन ।

चुलो चौकोमै सिमित हुुनुपर्छ भन्ने पुरुषबादी मानसिकतालाई कुल्चदै गाँउ छोडेर टाढा टाढा गाँउमा पुगेर देउसी खेलेको पैसाले शौचालय बनायौ,बाटाघाटा खन्यौ,धारा बनायौ“ उनले भनिन् ।

भर्खरमात्रै देउसी खेलेर उठेको रकम सहित नगरपालिकाको सहयोगबाट ६५ हजारको एक लाख बत्ती बाल्न मिल्ने आरती किनेका छौ“ । यसलाई लिएर प्रशिद्ध शक्तिपिठ त्रिपुरा सुन्दरीमा चढाउने योजना भएको उनले बताईन ।

देउसीको तीस हजार नगरपालिको ३५ हजार सहयोगमा आरत किनिएको त्रिपुराकोटका महिलाले बताए । देउसी भैलोबाटै प्रत्येक बर्ष एक नयाँ सामाजिक काम गर्दै आएका छौ“ स्थानीय महिलाहरुले भने ।

त्रिपुराकोटका महिलाले जिल्लामै नमुना ढङ्गले काम गर्नुका साथै समाज रुपान्तरणमा समेत ठुलो सघाउ पु¥याएको सरोकारवालाले बताएको छ ।

पहिला– पहिला अविबाहित महिलाले देउसीभैलो खेल्ने गरेपनि विवाहित महिलाले खेल्नु हुँदैन भन्ने समाजको बुझाई थियो । त्यो गलत धारणालाई चिर्दै त्रिपुराकोटका महिलालेनै देउसी खेल्नेकार्य सुरुवात गरेको महिला अगुवाहरुले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पूर्वीनेपालमा भूकम्पको धक्का

भदौ २४ गते आगजनी र लुटपाट गर्नेहरूलाई कारबाही गर्नुपर्छ– प्रचण्ड

सम्बन्धित

बीबीसीको रिपोर्ट हटाउन काउन्सिललाई निर्वाचन आयोगको पत्र

रञ्जित तामाङलाई प्रचण्डको फोन – जितेर आउनुस् मन्त्री बनाउँछु

सुर्खेतबाट पूर्ण खड्काका भाइको उद्षोष –कर्णालीमा कांग्रेस एक ढिक्का छ, भ्रम छर्ने काम नहोस्

नवलपरासी रास्वपा सभापति ठकुरी कांग्रेस प्रवेश

बीबीसीको अनुसन्धान : तत्कालीन आईजीपीको आदेशमा घातक बल प्रयोग, विद्यालय पोसाकमै किशोरको मृत्यु

सिक्किम–नेपाल सीमा नजिक ४.६ म्याग्निच्युडको भूकम्प

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com