ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशभर मौसम सक्रिय, बाढीको खतरा


एबीसी न्यूज
श्रावण २८, २०७५ सोमबार  ११ : १३ बजे

काठमाडौं, २८ साउन ।  देशका विभिन्न नदी तथा खोला–खहरेमा वाढी आएको छ । लगातारको वर्षाले राप्ती, कमला, बागमती, कन्काई, रातु, बबई लगायत देशैभरीका नदी र खोलामा बाढी आएको हो । राप्ती नदीमा वाढीले खतराको सतह पार गर्न लागेपछि गए रातीदेखि नै साइरन बजाइएको छ ।

अहिले पनि देशका धेरै ठाउँमा पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालले जानकारी दिए ।

‘विगत दुई दिनदेखि देशभरी पानी परिरहेको छ,’ रिमालले भने, ‘अझै थप दुई दिन लगातार बर्षा हुने संभावना छ ।’ कतै मध्यम र कतै भारी वर्षाको संभावना रहेको उनले बताए ।

भारी वर्षापछि सिन्धुलीको कमला नदीको बहाब खतराको तहसम्म पुगेको छ । रानीबास क्षेत्रमा कमला नदीको बहाब खतराको तहसम्म पुग्दा स्थानीय त्रसित बनेका छन् ।

कमला नदीको वाढीले धनुषा र सिरहामा पनि खतरा वढेको छ । वाढी पूर्वानुमान महाशाखाले पनि देशका सबैजसो खोला र नदीमा वाढी आएकाले सतर्कता अपनाउँन आग्रह गरेको छ।

महाशाखाले आज र भोली चुरेका सवैजसो खोलानाला र तराइको होचा स्थानमा बाढी–डुवानको जोखिम रहेको जनाएको छ । सप्तकोसीमा आज साँझपछि बहाब सतर्कता तह माथि जान सक्ने महाशाखाको अनुमान छ ।

त्यस्तै कमला, कन्काइ, बागमती लगायतमा वाढीले सतर्कता तह पार गर्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

चुरे क्षेत्रमा भारी वर्षा भएकाले वाढी पहिरोको खतरा वढेको हो । अहिलेपनि देशका धेरै ठाउँमा पानी परिरहेको छ । आज दिउँसो र रातीसम्म देशैभरी हल्का र मध्यम खालको बर्षा हुने अनुमान महाशाखाले गरेको छ । वर्षा र वाढी–पहिरोको कारण देशका धेरै ठाउँमा यातायात अबरुद्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

शपथअघि सांसदहरूको प्रतिबद्धता: “जिम्मेवारी बढेको महसुस”

प्रतिवेदनमाथि प्रदीप ज्ञवालीको प्रश्न: गोलीप्रहारमा विस्तृत, विध्वंसमा मौनता किन?

सम्बन्धित

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com