ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर वृद्धिको बिरोधमा अनसन सुरु


bhawani desk
श्रावण २७, २०७५ आईतबार  २ : २३ बजे

चितवन ,२७ साउन । चितवनको रत्ननगर नगरपालिकामा भएकोे कर वृद्धिको विरोधमा रिले अनसन सुरु भएको छ । नेपाली काँग्रेंस लगायत रत्ननगर नगरपालिकामा क्रियाशिल विभिन्न सात राजनितिक दलले संयुक्त रुपमा विरोध स्वरुप रिले अनसन बसेका हुन् ।

नगरपालिकाले गरेको कर वृद्धि लगायतको ११ विषयमा संयुक्त संघर्ष समिती आन्दोलित हुँदै आएको थियो । चरणबद्ध आन्दोलनको अन्य विभिन्न कार्यक्रम गर्दा समेत नगरपालिका नेतृत्वले आफुहरुको माग सुनुवाई नगरेको भन्दै रिले अनसनमा बस्नु परेको नेपाली कांग्रेस रत्ननगर नगर समितीका सभापति रुपनराज घिमिरेले बताए ।

रत्ननगर नगरपलिकाले १ हजार प्रतिशतसम्म कर वृद्धि गरेको भन्दै विभिन्न राजनितिक दलले विरोध गर्दै आएका छन् । उनीहरुले अनसनसँगै राजश्व शाखा समेत बन्द गराएका छन् ।

अघिल्लो बर्ष ३ सय १५ रुपैयाँ कर तिरेको तर यसबर्ष कर बृद्धि भएर ६ हजार २ सय ४० रुपैयाँँ तिरेको रत्ननगर नगरपालिका वडा नम्बर ९ का स्थानिय गोपाल शर्माले बताए । अत्याधिक रुपमा बढाइएको करले जनता मर्कामा परेको उनले गुनासो गरे ।

रत्ननगर नगरपालिकाले भने करको दरमा वृद्धि नभएको तर जग्गाको मुल्याकंन बढेकोले करको रकम बढेको बताउदै आएको छ । अघिल्लो बर्ष १५ लाख ६१ हजार रुपैयाँ मुल्याकंन भएको जग्गाको अहिले मुल्याकंन बढेर ८६ लाख ९७ हजार पुगेकोले करको रकम बढेको नगरपालिकाको दावी रहेको छ ।

मालपोत कार्यालयको मुल्याकंन अनुसार जग्गाको मुल्याकंन गरेको नगरपालिकाले जनाएको छ । स्थानियले भने जग्गा बिक्रीवितरण गर्दा एक पटक तिर्ने करको मुल्याकंन र प्रत्येक बर्ष तिर्ने करको लागि मुल्याकंन एकै बनाउनु व्यवहारिक नहुने बताएका छन् । आन्दोलमा उत्रिएका दलहरुले बृद्धि भएको कर तत्काल फिर्ता हुनुपर्ने माग राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डिजेल र मट्टितेलको मूल्य बढ्यो

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

सम्बन्धित

सुनको भाउ २० हजार ५ सय रुपैयाँले घटेर बुधवारकै भाउमा कारोबार

सुनको मूल्य ३ लाख ३९ हजार नाघ्यो

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

सुनको भाउले विश्व अर्थतन्त्र र नेपालमा पार्ने प्रभाव

मेलम्ची बाढीः जलवायुजन्य हानी नोक्शानी कोषका लागि मेलम्ची बाढी सशक्त आधारः विज्ञहरु

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगमभारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com