
काठमाडौं, २७ साउन । नेपाल टेलिकमकी प्रवन्ध निर्देशक (एमडी) कामिनीराज भण्डारीलाई पुन फेरि स्पष्टीकरण सोधिएको छ ।
मन्त्रिपरिषदको बैठकले यसअघि एकपटक मौका दिने गरी कामिनीसँग राखिएका कार्यसम्पादन शर्तहरुमा प्रगति नभएको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । कामिनलाई शुक्रबार नै स्पष्टीकरण पत्र थमाइएको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले जानकारी दिएको छ । चित्त बुझ्दो स्पष्टीकरण नआए अब कामिनीलाई मन्त्रिपरिषदको निर्णयबाट बर्खास्त गरिनेछ ।
गत वैशाखमा पनि कामिनीलाई स्पष्टीकरण सोधिएको थियो । त्यतिबेला मन्त्रिपरिषद बैठकले राजभण्डारीलाई कार्यसम्पादन शर्तहरु राखेर सचेत मात्र गर्न निर्णय गरेको थियो । उनीसँग शर्तनामा बमोजिम टेलिकमको सेवा नसुध्रिएको र कम्पनी थप ओरालो लागिरहेको निश्कर्ष सरकारले निकालेको छ ।
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीका कारण नेपाल टेलिकम दिन दिनै ओरोलो लाग्दै गएको सरकारले निकर्ष निकालेको छ ।
प्रबन्ध निर्देशक भण्डारीकै कारण आव ०७४/०७५ मा करिव ८ अर्व रुपयाँ नेपाल टेलिकमले घाटा ब्यहोरेको र राजभण्डारीलाई व्यवस्थापकीय काम गर्न नसकेको र संस्था निरन्तर ओरालो लागेको भन्दै पुन अब कुनै मौका नदिने गरी कामिनीलाई सरकारले स्पष्टीकरण सोधेको स्रोतले जानकारी दिएको छ । राजभण्डारीले तत्कालीन सञ्चारमन्त्री राम कार्कीका पालामा नियुक्ति पाएकी थिईन। उनको पदावधि ०७६ सम्म छ । राजभण्डारीमाथि टेलिकमको सेवा र गुणस्तर निरन्तर खस्किँदै जाँदा तथा अन्य प्रतिस्पर्धी सेवा प्रदायकभन्दा १६ अर्ब रुपैयाँले ओह्रालो लाग्दा पनि कम्पनीको सेवा प्रवाह सुधार गर्न वर्तमान नेतृत्व असक्षम भएको आरोप लागेको छ ।
नेपाल टेलिकमको नेतृत्वमाथि युटीएल र सिजी कम्पनीबाट १० अर्ब भन्दा बढी रकम उठाउन नसकेको आरोपसमेत लागेको छ । त्यस्तै टेलिकमका कर्मचारीले असीमित सुविधा लिइरहेको र राज्यकोषमा जानुपर्ने कम्तिमा ४० करोड रुपैयाँ सेवा सुविधाका नाममा दुरुपयोग भएको आरोपसमेत टेलिकमको व्यवस्थापनमाथि लागेको छ ।
अप्टिकल फाइबर बिछ्याउने काममा कुनै प्रगति नभएको, टावर लगायत पूर्वाधारको काम हुन नसकेको लगायतका आरोप राजभण्डारीमाथि लागेको छ ।
कम्पनी आफैंले सहज रुपले सञ्चालन गर्न सक्ने भिएमएस भ्वाइस रेकर्ड मेल सेवालाई बिना टेन्डर कम्पनी व्यवस्थापनले मनपरी ढंगले आफूखुसी भेन्डर कम्पनीलाई दिनु जस्ता कुराले नेपाल टेलिकम घाटामा गएको हो ।







प्रतिक्रिया दिनुहोस्