ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विप्लवप्रति सरकार आक्रामक भएको छैनः अध्यक्ष प्रचण्ड


एबीसी न्यूज
श्रावण २६, २०७५ शनिबार  १२ : ०२ बजे


चितवन, २६ साउन । नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विप्लव नेतृत्वको नेकपाले राजनीतिकभन्दा पनि आतंक मच्चाउने हिसाबले गतिविधि गरेको बताए ।
‘सरकार वार्ताका लागि तयार भएको हुदाँ विप्लव नेतृत्वको पार्टीप्रति सरकार आक्रामक भएको आरोप निराधार भएको अध्यक्ष प्रचण्डले बताए ।

वामपन्थीहरुकै सरकार भएकाले विप्लव समूहसँग सम्वाद, सहमति र एकता साथ जान सकिने बताउँदै उनले भने, ‘तर वितण्डातिर लाग्नु भएन, वितण्डा मच्चाएर केही हुन्छ कि भनेर सोच्नु अज्ञानता हो ।’

गृह जिल्ला चितवन पुगेका अध्यक्ष प्रचण्डले जनताका गुनासा, चिन्ता र चासोका विषयमा सरकार जानकार रहेको भन्दै केही कमि कम्जोरी भए पार्टी र सरकार त्यसको समीक्षा गर्न तयार रहेको बताए ।

‘पछिल्लो समयमा भएका कतिपय घटनाक्रममा सरकार मुकदर्शक बन्यो वा चुप लागेर बस्यो भन्ने कुरा साँचो होइन,’ प्रचण्डले भने, ‘यी सबै घटनाक्रमहरु नियन्त्रणमा छन् । सरकार दृढताका साथ अघि बढेको छ ।

विकास र समृद्धिको एजेण्डा र सुशासनका निम्ति प्रयास भइरहेको छ ।’ यसैबीच अध्यक्ष प्रचण्डले अर्थमन्त्री परिवर्तन गर्ने विषयमा चलेको चर्चामा सत्यता नभएको प्रष्ट पारे । करका कारण जनताको छाएको चिन्तामा सरकार गम्भीर रहेको भन्दै उनले त्यसमा समीक्षा हुने  बताए ।
करका कारणले संघीयता धरापमा पर्यो भनेर प्रचण्डले बोल्यो भनी गरिएको प्रचारमा सत्यता नभएको पनि उनले प्रष्ट पारे । कतिपय ऐन कानुन नबन्दा प्रदेश सरकारले राम्रोसँग काम गर्न नसकेको अध्यक्ष प्रचण्डको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भदौ २३ को घटना र कार्की आयोगको प्रतिवेदन: विश्लेषण

सिंहदरबार आगजनी गर्ने भेटिएनन्

सम्बन्धित

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com