ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टेलिकम डुवाउँदै कामिनी, एक वर्षमै ८ अर्ब घाटा (भिडियोसहित)


एबीसी न्यूज
श्रावण २५, २०७५ शुक्रबार  ८ : ०७ बजे

काठमाडौं, २५ साउन । नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीका कारण नेपाल टेलिकम दिन दिनै ओरोलो लाग्दै गएको   छ ।  प्रबन्ध निर्देशक भण्डारीकै कारण आव ०७४/०७५ मा करिव ८ अर्व रुपयाँ नेपाल टेलिकमले घाटा ब्यहोरेको हो ।
राजभण्डारीलाई व्यवस्थापकीय काम गर्न नसकेको र संस्था निरन्तर ओरालो लागेको भन्दै स्पष्टीकरण समेत सोधिएको थियो । राजभण्डारीले तत्कालीन सञ्चारमन्त्री राम कार्कीका पालामा नियुक्ति पाएकी थिईन। उनको पदावधि ०७६ सम्म छ ।

राजभण्डारीमाथि टेलिकमको सेवा र गुणस्तर निरन्तर खस्किँदै जाँदा तथा अन्य प्रतिस्पर्धी सेवा प्रदायकभन्दा १६ अर्ब रुपैयाँले ओह्रालो लाग्दा पनि कम्पनीको सेवा प्रवाह सुधार गर्न वर्तमान नेतृत्व असक्षम भएको आरोप लागेको छ ।

नेपाल टेलिकमको नेतृत्वमाथि युटीएल र सिजी कम्पनीबाट १० अर्ब भन्दा बढी रकम उठाउन नसकेको आरोपसमेत लागेको छ । त्यस्तै टेलिकमका कर्मचारीले असीमित सुविधा लिइरहेको र राज्यकोषमा जानुपर्ने कम्तिमा ४० करोड रुपैयाँ सेवा सुविधाका नाममा दुरुपयोग भएको आरोपसमेत टेलिकमको व्यवस्थापनमाथि लागेको छ ।
अप्टिकल फाइबर बिछ्याउने काममा कुनै प्रगति नभएको, टावर लगायत पूर्वाधारको काम हुन नसकेको लगायतका आरोप राजभण्डारीमाथि लागेको छ ।

कम्पनी आफैंले सहज रुपले सञ्चालन गर्न सक्ने भिएमएस भ्वाइस रेकर्ड मेल सेवालाई बिना टेन्डर कम्पनी व्यवस्थापनले मनपरी ढंगले आफूखुसी भेन्डर कम्पनीलाई दिनु जस्ता कुराले नेपाल टेलिकम घाटामा गएको हो ।

टेलिकममा व्यवस्थापकीय नेतृत्वको चरम लापरवाही र उदेक लाग्दो सेवाका सम्बन्धमा एबीसी न्यूजले आफ्नो बिग न्यूज कार्यक्रममा सविस्तार समाचार र सेवाग्राहीको भनाइ समावेश गरेको छ । यस एवीसी च्यानलले प्रष्ट भनेको छ—असक्षम व्यवस्थापकीय नेतृत्वका कारण टेलिकम गुणस्तरीय सेवा दिन असफल जस्तै छ, मोबाइल सेवा, इन्टरनेट सेवा, ल्यान्डलाइन सेवा गतिलो छैन । चरम लापरवाहीका कारण टेलिकमले आफ्नो विश्वास गुमाउँंदै गएको छ ।

झापा, सप्तरी, सिरहा र रौतहटका सेवाग्राहीको भनाइ राख्दै सो च्यानलले स्थलगत रिपोर्ट प्रसारण गरी पटकपटक नेटवर्क समस्या हुने गरेको दर्शाएको छ । यसरी टेलिकमको व्यवस्थापकीय नेतृत्व लिएकी प्रबन्ध निर्देशक कामिनी राज भण्डारीको असक्षमताबारे पटकपटक आवाज उठ्दा र अब स्वयं टेलिकमकै कर्मचारी संगठनले आरोप लगाउँंदा पनि सरकारबाट कुनै कारबाही नहुनु घोर आश्चर्यको विषय हो । यसरी सर्वसाधारणको दैनिक करोडौं खर्च भइरहेको सरकारी स्वामित्वको कम्पनी व्यवस्थापकीय अकर्मण्यताका कारण अर्बौं घाटामा जाँंदा पनि सबै निकाय तैंचुप मैंचुप हुनुलाई देशकै दुर्भाग्यको संज्ञा दिन सेवाग्राही बाध्य छन् ।
भिडियो

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भदौ २३ को घटना र कार्की आयोगको प्रतिवेदन: विश्लेषण

सिंहदरबार आगजनी गर्ने भेटिएनन्

सम्बन्धित

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com