काठमाडौं, २५ साउन । नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीका कारण नेपाल टेलिकम दिन दिनै ओरोलो लाग्दै गएको छ । प्रबन्ध निर्देशक भण्डारीकै कारण आव ०७४/०७५ मा करिव ८ अर्व रुपयाँ नेपाल टेलिकमले घाटा ब्यहोरेको हो ।
राजभण्डारीलाई व्यवस्थापकीय काम गर्न नसकेको र संस्था निरन्तर ओरालो लागेको भन्दै स्पष्टीकरण समेत सोधिएको थियो । राजभण्डारीले तत्कालीन सञ्चारमन्त्री राम कार्कीका पालामा नियुक्ति पाएकी थिईन। उनको पदावधि ०७६ सम्म छ ।
राजभण्डारीमाथि टेलिकमको सेवा र गुणस्तर निरन्तर खस्किँदै जाँदा तथा अन्य प्रतिस्पर्धी सेवा प्रदायकभन्दा १६ अर्ब रुपैयाँले ओह्रालो लाग्दा पनि कम्पनीको सेवा प्रवाह सुधार गर्न वर्तमान नेतृत्व असक्षम भएको आरोप लागेको छ ।
नेपाल टेलिकमको नेतृत्वमाथि युटीएल र सिजी कम्पनीबाट १० अर्ब भन्दा बढी रकम उठाउन नसकेको आरोपसमेत लागेको छ । त्यस्तै टेलिकमका कर्मचारीले असीमित सुविधा लिइरहेको र राज्यकोषमा जानुपर्ने कम्तिमा ४० करोड रुपैयाँ सेवा सुविधाका नाममा दुरुपयोग भएको आरोपसमेत टेलिकमको व्यवस्थापनमाथि लागेको छ ।
अप्टिकल फाइबर बिछ्याउने काममा कुनै प्रगति नभएको, टावर लगायत पूर्वाधारको काम हुन नसकेको लगायतका आरोप राजभण्डारीमाथि लागेको छ ।
कम्पनी आफैंले सहज रुपले सञ्चालन गर्न सक्ने भिएमएस भ्वाइस रेकर्ड मेल सेवालाई बिना टेन्डर कम्पनी व्यवस्थापनले मनपरी ढंगले आफूखुसी भेन्डर कम्पनीलाई दिनु जस्ता कुराले नेपाल टेलिकम घाटामा गएको हो ।
टेलिकममा व्यवस्थापकीय नेतृत्वको चरम लापरवाही र उदेक लाग्दो सेवाका सम्बन्धमा एबीसी न्यूजले आफ्नो बिग न्यूज कार्यक्रममा सविस्तार समाचार र सेवाग्राहीको भनाइ समावेश गरेको छ । यस एवीसी च्यानलले प्रष्ट भनेको छ—असक्षम व्यवस्थापकीय नेतृत्वका कारण टेलिकम गुणस्तरीय सेवा दिन असफल जस्तै छ, मोबाइल सेवा, इन्टरनेट सेवा, ल्यान्डलाइन सेवा गतिलो छैन । चरम लापरवाहीका कारण टेलिकमले आफ्नो विश्वास गुमाउँंदै गएको छ ।
झापा, सप्तरी, सिरहा र रौतहटका सेवाग्राहीको भनाइ राख्दै सो च्यानलले स्थलगत रिपोर्ट प्रसारण गरी पटकपटक नेटवर्क समस्या हुने गरेको दर्शाएको छ । यसरी टेलिकमको व्यवस्थापकीय नेतृत्व लिएकी प्रबन्ध निर्देशक कामिनी राज भण्डारीको असक्षमताबारे पटकपटक आवाज उठ्दा र अब स्वयं टेलिकमकै कर्मचारी संगठनले आरोप लगाउँंदा पनि सरकारबाट कुनै कारबाही नहुनु घोर आश्चर्यको विषय हो । यसरी सर्वसाधारणको दैनिक करोडौं खर्च भइरहेको सरकारी स्वामित्वको कम्पनी व्यवस्थापकीय अकर्मण्यताका कारण अर्बौं घाटामा जाँंदा पनि सबै निकाय तैंचुप मैंचुप हुनुलाई देशकै दुर्भाग्यको संज्ञा दिन सेवाग्राही बाध्य छन् ।
भिडियो







प्रतिक्रिया दिनुहोस्