ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्रिपरिषद्को बैठकले सचिवहरुको सरुवा बढुवा सहित विभिन्न १३ वटा निर्णय ग¥र्यो


एबीसी न्यूज
श्रावण २४, २०७५ बिहीबार  ९ : २० बजे

काठमाडौं, २४ साउन । बुधबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सचिवहरुको सरुवा बढुवा सहित विभिन्न १३ वटा निर्णय गरेको छ।

२ सहसचिवलाई सचिवमा बढुवा गरिएको छ भने अन्य २ जनालाई कामु सचिवको जिम्मेवारी दिइएको छ। त्यस्तै ४ वटा बिधेयक पास भएका छन्।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाका अनुसार यस्ता छन् मन्त्रिपरिषद्का निर्णय–

१.जातीय भेदभाव तथा छुवाछुत(कसुर र सजाय)ऐन २०६८ लाई संशोधन गर्न बनेको संघीय संसदमा पेश गर्ने

२.आवासको अधिकार सम्बन्धमा व्यवस्थापन गर्न बनेको बिधेयक संघीय संसदमा पेश गर्ने

३.सामाजिक सुरक्षा सम्बन्धि बिधेयक संघीय संसदमा पेश गर्ने

४.अपराधबाट पीडितको संरक्षण सम्बन्धि व्यवस्था गर्न बनेको बिधेयक संघीय संसदमा पेश गर्ने

५ प्रदेश नम्बर ५ कायममुकायम प्रमुख सचिव तिर्थराज ढकाल र प्रधानमन्त्री कार्यालयका सहसचिव आनन्दराज ढकाललाई सचिव पदमा बढुवा गर्ने

६.गृह मन्त्रालका सहसचिव केदार न्यौपानेलाई कायममुकायम सचिवको जिम्मेवारी दिने

७.बढुवा भएका तिर्थराज ढकाललाई ५ नम्बर प्रदेशको प्रमुख सचिवमा र आनन्दराज ढकाललाई प्रदेश नम्बर ३ को प्रमुख सचिवमा पदस्थापन

८.कामु सचिवको जिम्मेवारी दिइएका केदार न्यौपानेलाई प्रदेश नम्बर १ को प्रमुख सचिवमा पदस्थापन

९.प्रदेश नम्बर ३ प्रमुख सचिव रश्मीराज पाण्डेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा

१०.नेपाल लेखा परिक्षण सेवाको बिशिष्ट श्रेणीको पदमा राममाया कुँवरको बढुवा

११.पोखरा लेखनाथ महानगरपालिकाको नाम परिवर्तन गरी पोखरा महानगरपालिका राख्ने

१२.आर्थिक वर्ष २०७५/७६ का लागि मोटा धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टर २ हजार ३ सय ३१ रुपैयाँ २२ पैसा र मध्यम धानको प्रति क्विन्टर २ हजार ४ सय ६० रुपैयाँ ५७ पैसा तोक्ने

१३.साबिकको राष्ट्रिय दलित आयोगको सचिवालयबाट हुँदै आएको जातीय प्रमाणपत्र वितरण र जातीय सिफारिसको कार्य अब सम्बन्धित व्यक्तिको वडा कार्यालयबाट उपलब्ध गराउन

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भदौ २३ को घटना र कार्की आयोगको प्रतिवेदन: विश्लेषण

सिंहदरबार आगजनी गर्ने भेटिएनन्

सम्बन्धित

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com