ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सौराहा निकुञ्ज घुम्ने पर्यटकको रोजाइमा


bhawani desk
श्रावण २३, २०७५ बुधबार  ११ : ५५ बजे

रत्ननगर, २३ साउन ।  जंगल सफारीका लागि चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकमध्ये ८० प्रतिशत बढीले सौराहा प्रवेशद्वारको प्रयोग गर्ने गरेका छन् ।

निकुञ्ज जाने नौ प्रवेशद्वारमध्ये पूर्वी क्षेत्रका रूपमा परिचित सौराहा प्रवेशद्वार पर्यटकको रोजाइमा पर्ने गरेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले बताउनुभयो ।

गएको एक वर्षमा निकुञ्ज घुम्ने कूल पर्यटकमध्ये ८३ दशमलव ३७ प्रतिशत पर्यटकले सौराहा नाका प्रयोग गरे ।

विगतका वर्षमा ८० देखि ९० प्रतिशत पर्यटकले सौराहाकै प्रवेशद्वार प्रयोग गर्दै आएका निकुञ्जको भनाइ छ ।

निकुञ्जका अनुसार आर्थिक वर्ष ०७४\७५ मा निकुञ्ज घुम्ने कूल एक लाख ५२ हजार ६७१ पर्यटकमध्ये एक लाख २७ हजार २९५ पर्यटक सौराहा हुँदै निकुञ्ज घुमेका छन् । यो कूल पर्यटकमध्ये ८३ दशमलव ३७ प्रतिशत हो ।

अन्य आठ नाका प्रयोग गरेर २५ हजार ३७३ पर्यटकले निकुञ्ज घुमेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्याल बताउनुहुन्छ ।

निकुञ्ज प्रवेश गर्न सौराहसहित पश्चिम चितवनको घटगाई, निकुञ्जको मुख्य कार्यालय कसरा, देवनगर, माडीस्थित वनकट्ठा, पश्चिम मेघौलीको भिम्ले, नवलपरासीको अमलटारी, लौखानी र कुवौली प्रवेशद्वार छ ।

गएको एक वर्षमा सौराहा नाकाबाट एक लाख २७ हजार २९५, घटगाई प्रवेशद्वारबाट २१२, कसरा र देवनगर प्रवेशद्वारबाट ११ हजार ९११, वनकट्ठा प्रवेशद्वारबाट एक हजार ३४, भिम्ले पोष्टबाट आठ हजार २६५, लौखानीबाट ५००, अमलटारीबाट दुई हजार ८६४ र कुबौली प्रवेशद्वारबाट १२१ पर्यटकले निकुञ्ज घुमे ।

निकुञ्ज घुम्नेमा सबैभन्दा बढी तेस्रो मुलुकका ९८ हजार ९२५ पर्यटक छन् । सार्क मुलुकबाट आएका १९ हजार ६९६ र ३४ हजार ६५० नेपाली पर्यटकले निकुञ्ज घुमे । जसमा ७० हजार ८८१ महिला र ८१ हजार ७९० पुरुष पर्यटक छन् । पर्यटकबाट रु २४ करोड ८३ लाख राजश्व संकलन भएको छ ।

दुर्लभ एकसिङ्गे गैँडाको प्राकृतिक बासस्थानका हिसाबले विश्वमै दोस्रो महत्वपूर्ण संरक्षित क्षेत्र चितवन राष्ट्रिय निकुञ्ज हो । निकुञ्ज घुम्न आएका अधिकांश पर्यटक सौराहा टेकेर जानुमा मुख्यत यहाँको आरामदायी होटलसहितका व्यवस्थित पर्यटकीय गन्तव्य र गतिविधि नै हो ।

सौराहा आकर्षक पर्यटकीयस्थलका रूपमा परिचित भएको र विविध सुविधा भएकाले पर्यटक सौराहा हुँदै निकुञ्ज घुम्ने गरेको क्षेत्रीय होटल संघ सौराहा चितवनका महासचिव राममणि खनाल बताउनुहुन्छ । उहाँका अनुसार सौराहामा हात्ती, जीप, डुंगा सफारीको व्यवस्था छ ।

पथ प्रदर्शकले पर्यटकलाई जंगलमा पैदल हिँडाएर बाघ, गैँडा देखाउन निकुञ्जमा लैजान्छन् ।

मनोरम दृश्यावलोकन तथा सौराहादेखि कसरा हुँदै निकुञ्ज पश्चिम टाइगरटप्ससम्म पर्यटक जीप सफारीमा रमाउन पाउने भएकाले पर्यटकको पहिलो रोजाइ सौराहा हुने गरेको पर्यटन व्यवसायी तथा चराविज्ञ टीका गिरी बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भदौ २४ गते आगजनी र लुटपाट गर्नेहरूलाई कारबाही गर्नुपर्छ– प्रचण्ड

कोहीसँग तालमेल, गठबन्धन हुँदैन: प्रचण्ड

सम्बन्धित

बीबीसीको रिपोर्ट हटाउन काउन्सिललाई निर्वाचन आयोगको पत्र

रञ्जित तामाङलाई प्रचण्डको फोन – जितेर आउनुस् मन्त्री बनाउँछु

सुर्खेतबाट पूर्ण खड्काका भाइको उद्षोष –कर्णालीमा कांग्रेस एक ढिक्का छ, भ्रम छर्ने काम नहोस्

नवलपरासी रास्वपा सभापति ठकुरी कांग्रेस प्रवेश

बीबीसीको अनुसन्धान : तत्कालीन आईजीपीको आदेशमा घातक बल प्रयोग, विद्यालय पोसाकमै किशोरको मृत्यु

सिक्किम–नेपाल सीमा नजिक ४.६ म्याग्निच्युडको भूकम्प

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com