ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सात लाख पर्यटकले घुमे संरक्षित क्षेत्र


एबीसी न्यूज
श्रावण २२, २०७५ मंगलबार  ३ : ३६ बजे


काठमाडौँ, २२ साउन ।   देशका राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्रमा गत आर्थिक वर्षमा छ लाख ९९ हजार ५५२ पर्यटकले भ्रमण गरेका छन् ।

भ्रमण गर्नेमध्ये सार्कका ६९ हजार ९३५ सहित विदेशी तीन लाख २५ हजार ८५६ र स्वदेशी तीन लाख तीन हजार ७६१ रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।

नेपालका ११८ पारिस्थितिकीय प्रणालीमध्ये हालसम्म ८० किसिमका संरक्षित क्षेत्रमा पर्दछ । संरक्षित क्षेत्रमा पर्यटकको भ्रमणबाट सो अवधिमा  ६४ करोड ६४ लाख ७२ हजार ९९२ राजश्व आम्दानी भएको विभागका सूचना अधिकारी नारायण रुपाखेतीले जानकारी दिनुभयो ।

विभागले संरक्षित क्षेत्रमा पर्यटक प्रवेश र वृत्तचित्र निर्माण शुल्कलगायत शीर्षकमा राजश्व सकंलन गर्छ । आव २०७३/७४ सो क्षेत्रमा छ लाख ४ हजार ९१ स्वदेशी तथा विदेशी पर्यटकले भ्रमण गरे । त्यसबाट रु ५५ करोड २७ लाख ३६ हजार ५०३ राजश्व संकलन भयो । सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जबाट रु २० करोड १५ लाख आठ हजार ६८१ राजश्व आम्दानी भयो । सबैभन्दा बढी दुई लाख पाँच हजार ७४७ पर्यटकले शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज भ्रमण गरेको देखिन्छ ।

राष्ट्रिय वनस्पति उद्यानमा आव ०७३÷७४ मा जम्मा तीन लाख ८२ हजार ४३६ आन्तरिक तथा बाह्य पर्यटकले भ्रमण गरे । त्यसबाट रु एक करोड ४१ लाख ७० हजार राजश्व आम्दानी भएको विभागले जनाएको छ ।

पारिस्थितिकीय प्रणालीअनुरुप वंशाणुस्रोत र जैविक विविधताको संरक्षणमा नेपाल अग्रणी मुलुक हो । मुलुकको कूल भूभागमध्ये २३.३९ प्रतिशत भाग संरक्षित क्षेत्र अवधारणा अनुरुप राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, शिकार आरक्ष, मध्यवर्ती क्षेत्र र संरक्षण क्षेत्रजस्ता ढाँचामा व्यवस्थापन गरिएका छन् ।

हालसम्म चितवन, बर्दिया, सगरमाथा, रारा, शे–फोक्सुण्डो, लाङटाङ, मकालु बरुण, खप्तड, शिवपुरी नागार्जुन, बाँके, शुक्लाफाँटा र पर्सा राष्ट्रिय निकुञ्ज स्थापना भएका छन् । कोशी टप्पु वन्यजन्तु आरक्ष, ढोरपाटन शिकार आरक्ष, तथा अन्नपूर्ण, मनास्लु, कञ्चनजङ्गा, अपिनाम्पा, गौरीशङ्कर र कृष्णसार संरक्षण क्षेत्र स्थापना भइसकेको सूचना अधिकारी रुपाखेतीले बताउनुभयो ।

ती पर्यटन प्रवद्र्धनका हिसाबले महत्वपूर्ण क्षेत्र हुन् । नेपाल आउने विदेशी पर्यटक मध्ये ६० प्रतिशतले ती क्षेत्रको भ्रमण गर्ने गरेको वन तथा वातावरण मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता धनञ्जय पौडेलले संरक्षित क्षेत्रमा पर्यावरणीय सन्तुलन कायम गर्दै पर्यटन प्रवद्र्धनलाई प्रोत्साहन गर्ने नीति र योजना मन्त्रालयले अघि बढाएको बताउनुभयो ।

नेपालमा करीब छ हजार खोला र नदीनाला, ६६० तालतलैया र २४२ ठूला तथा मझौला सीमसार क्षेत्र छन् । २४२ सीमसार क्षेत्रमध्ये १० रामसार सूचीमा सूचीकृत छ । प्राकृतिक सम्पदाको संरक्षण गर्ने काममा नेपालले दक्षिण एशियामा विशिष्ट स्थान हासिल गरेको छ ।

मध्यवर्ती क्षेत्रमा स्थानीय बासिन्दालाई आवश्यक पर्ने वन पैदावारको नियमित आपूर्तिलगायत संरक्षित क्षेत्रले आर्जन गरेको आम्दानीको ३० देखि ५० प्रतिशतसम्म प्राकृतिक स्रोतको संरक्षण, आयआर्जन, संरक्षण शिक्षा र सामुदायिक विकासको लागिसमेत खर्च गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डिजेल र मट्टितेलको मूल्य बढ्यो

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

सम्बन्धित

सुनको भाउ २० हजार ५ सय रुपैयाँले घटेर बुधवारकै भाउमा कारोबार

सुनको मूल्य ३ लाख ३९ हजार नाघ्यो

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

सुनको भाउले विश्व अर्थतन्त्र र नेपालमा पार्ने प्रभाव

मेलम्ची बाढीः जलवायुजन्य हानी नोक्शानी कोषका लागि मेलम्ची बाढी सशक्त आधारः विज्ञहरु

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगमभारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com