ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसलाई यसरी झुक्याए गच्छदारले


एबीसी न्यूज

काठमाडौं, २२ साउन। नेपाली कांग्रेससँग पार्टी एकता गरेपछि तीनकुनेस्थित तत्कालीन नेपाल लोकतान्त्रिक फोरमको कार्यालय एकाएक बन्द भएको छ ।
पार्टी एकता पछि उक्त कार्यालय बन्द भएको हो, तर कार्यालयमा रहेको सोफा, फर्निचर, कुर्सीहरु रातारात गायब भए ।
नेताहरुले खोजी गर्ने क्रममा थाहा भयोे, यो त तत्कालीन अध्यक्ष विजयकुमार गच्छदारले मध्यरातमा व्यक्तिगत सम्पत्ति जसरी आफ्नो घरमा लगेका रहेछन्।
कार्यालयमा रहेको २५ लाख भन्दा बढीको फर्निचरलाई गच्छदारले निजी सम्पत्ति बनाएको कांग्रेसका एक केन्द्रीय सदस्यले जानकारी दिए ।

पार्टी एकता भएका बेला फोरमको चलअचल सम्पत्ति काँग्रेसकै हुने सहमति भएको थियो । फोरमबाट आएका नेताहरूले आफ्नो भूमिका खोजिरहेका बेला कांग्रेस नेताहरूले एकता गर्नुअघिको सम्पत्ति खोजविन गरेका हुन् ।

तर, लोकतान्त्रिक फोरमको नाममा सञ्चालित बैंकमा रहेको नगदको हिसाब पनि गच्छदारले कांग्रेसलाई दिएका छैनन् । १६ सांसद रहेको फोरमका प्रत्येक सांसदले पार्टीलाई रु. २० हजार मासिक लेबी बुझाउँथे ।

पार्टीको ल्यापटप, कम्प्युटर, दराज, सोफा, टेबल लगायतका सामग्री थियो । तर, गच्छदारले आफ्नो छोराको नाममा सञ्चालन गर्न लागेको वित्तीय संस्थामा लगेर राखेका छन् । पूर्व उपप्रधानमन्त्री समेत रहेका गच्छदारको निर्देशनमा उनी निकट फोरम नेता भारतेन्द्र मल्लिकले पार्टी कार्यालयका फर्निचर लगेका हुन।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com