काठमााडौं, २० साउन । जाजरकोटको सदरमुकाम खलंगा नजिक पहिरो जाँदा २ घर पुरिएका छन्। पहिरोमा परि ३ बालवालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतकको नाम भने खुल्न सकेको छैन। अबिरल वर्षाका कारण गएराति ठाँटीबजार नजिकै पहिरो गएको हो। घटनास्थलमा उद्दारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतको टोली खटिइएको छ। घटनाको थप विवरण आउन वाँकी छ ।
प्रतिक्रिया दिनुहोस्