ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नागरिकका गुनासा सुन्न मन्त्री वर्षमान पुनले शुरु गरें हटलाइन टेलिफोन सेवा


एबीसी न्यूज
श्रावण १८, २०७५ शुक्रबार  ६ : ४५ बजे

काठमाडौँ, १८ साउन। “मन्त्रीज्यू विद्युत्भार कटौतीमुक्त भनिएको छ । तर बिजुलीको लाइन गइरहेकै हुन्छ । तलमाथि भइरहँदा विद्युतीय सामग्री बिग्रने गरेको छ । समस्या समाधानका लागि नेपाल विद्युत् प्राधिकरणको कार्यालयमा फोन ग¥यो, कहिल्यै फोन उठ्दैन । साह्रै समस्या भएको छ । फोन उठे पनि कुनै कर्मचारीले सुनुवाइ गर्दैैनन्” यो भनाइ हो वीरगञ्जका शिवनारायण महतोको ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले हरेक शुक्रबार अपराह्न १२ बजेदेखि १३ बजेसम्म नागरिकका गुनासा सम्बोधन गर्न पैसा लाग्ने र पैसा नलाग्ने दुई वटा हटलाइन टेलिफोन नम्बर सञ्चालन गर्ने खबर सुनेपछि महतोले फोन गरेर मन्त्रीलाई आफ्ना गुनासा सुनाउनुभयो ।

महतोले मन्त्री पुनसँग समस्या समाधानका लागि आग्रह गर्नुभयो । उहाँको समस्या सुनेपछि मन्त्री पुनले प्राधिकरण वीरगञ्ज वितरण केन्द्रलाई समस्या समाधानका लागि निर्देशन दिने र समस्याको समाधान हुने प्रतिबद्धता जनाउनुभयो ।

मन्त्रीको भनाइलगत्तै महतोले खुशी हुँदै भन्नुभयो “मन्त्रीज्यू यहाँलाई धन्यवाद छ । समस्या समाधान भए धेरै आभारी हुने थिए ।”

नागरिकका गुनासा सुन्ने र प्रत्यक्षरुपमा समाधान गर्ने ध्येयका साथ मन्त्री पुनले आजदेखि हरेक दिन शुक्रबार प्रत्यक्ष संवाद गर्ने कार्यक्रम तय गर्नुभएको छ ।

मन्त्रालय मातहतका निकायमा रहेका गुनासा सम्बोधन गर्न उपभोक्तासँग प्रत्यक्ष टेलिफोन संवाद शुरु गरिएको मन्त्री पुनले जानकारी दिनुभयो ।

नागरिकले पैसा नलाग्ने टेलिफोन नम्बर ११५१ र पैसा लाग्ने फोन नम्बर ०१–४२००६४१ र ४२ मा प्रत्यक्षरुपमा मन्त्री पुनसँग संवाद गर्न सक्नुहुन्छ ।

मन्त्रालय मातहतका नेपाल विद्युत् प्राधिकरण र विद्युत् विकास विभागलगायत निकायको सेवाबारे गुनासो सुनेर उपभोक्तालाई दिने सेवा तथा सुविधालाई प्रभावकारी बनाउन उहाँले प्रत्यक्ष संवाद शुरु गरिएको हो ।

मन्त्री पुनलाई तेह्रथुमबाट अर्जुन ढुंगानाले फोन गरेर तमोर जलाशयुक्त आयोजनाको मुआब्जालगायतका विषयमा जिज्ञासा राख्नुभयो । यस्तै दुबईबाट रेखा गैरेले फोन गरेर वैदेशिक रोजगारीमा रहेका युवालाई कहिलेसम्म फर्काउनुहुन्छ र भ्रष्टाचार कहिलेसम्म नियन्त्रण गर्नुहुन्छ भनेर जिज्ञासा राख्नुभयो ।

यस्तै काभ्रेपलाञ्चोकबाट नारायण घिमिरेले फोन गरेर विद्युत् प्राधिकरणका कार्यरत ज्यालादारी कर्मचारीको समस्या कहिले र कसरी समाधान गर्नुहुन्छ भनेर प्रश्न गर्नुभयो ।

मन्त्री पुनलाई टेलिफोन गर्नेमा नमोबुद्ध–४ काभ्रेपलाञ्चोकमा शिव बस्नेत पनि एक हुनुहुन्थ्यो । उहाँले नमोबुद्धमा खानेपानीको चरम अभाव रहेकाले ट्रान्सफर्मरलगायतका समस्या समाधानका लागि आग्रह गर्नुभयो ।

मन्त्री पुनले न्यौपानेको समस्या समाधानका लागि प्राधिकरणको बनेपा वितरण केन्द्रलाई तत्काल निर्देशन दिने र समस्या समाधान हुने विश्वास दिलाउनुभयो ।

संखुवासभाबाट जानीकुमार राईले मन्त्री पुनलाई टेलिफोन गरी भारतीय लगानीमा निर्माण भइरहेको अरुण तेस्रो जलविद्युत् आयोजनामा स्थानीयले रोजगारी पाउने वातावरण निर्माणका लागि आग्रह गर्नुभयो ।

गुल्मी रेसुङ्गाका धनेश्वर भट्टराईको गुनासो भने प्राधिकरणको पोल सार्नुपर्नेमा केन्द्रित थियो । उहाँले पोल सार्न र प्रसारण लाइन विस्तारमा ध्यान दिन मन्त्री पुनसँग अनुरोध गर्नुभयो ।

गोरखा पालुङटारबाट लक्ष्मण पन्तले २५ केभीए क्षमताको ट्रान्सफर्मर हटाएर ५० केभीको जडान गरिदिए समस्या समाधान हुने भन्दै मन्त्री पुनसँग आग्रह गर्नुभयो ।

धुलिखेल नगरपालिका–७ का शशि तिमिल्सिनाले रुख काट्दा रुख ढलेर प्राधिकरणको पोल ढलेका कारण विद्युत् आपूर्ति हुन नसकेको गुनासो गर्नुभयो ।

कागेश्वरी नगरपालिका–८ का कुमार खातीले ‘हाइटेन्सन लाइन’ का कारण समस्या परेको भन्दै हटाइदिन आग्रह गर्नुभयो । चन्द्रागिरी नगरपालिकाका बासिन्दा माधव ढुंगानाले विगत दुई वर्षदेखि प्राधिकरणले पोल गाँडेपनि तार उपलब्ध नभएका कारण १५ परिवार समस्यामा परेको भन्दै मन्त्री पुनसँग समस्या समाधानका लागि आग्रह गर्नुभयो ।

यस्तै सशस्त्र जनयुद्धको समयमा विद्युत्को महसुल नतिर्न भनेको तर बक्यौता बाँकी रहेको भन्दै प्राधिकरणले ताकेता गरिरहेकोमा त्यो समस्या किन समाधान नभएको भन्ने प्रश्न गर्नुभयो ।

मन्त्री पुनले प्रत्यक्ष रुपमा सम्वाद गर्ने कार्यक्रम सुरु गरेको जानकारी पाएपछि आज सुरुकै दिनमा देशका विभिन्न स्थानबाट १५ जनाले टेलिफोन गरी समस्या समाधान गरिदिन आग्रह गरेका थिए ।

अधिकाशं समस्या प्राधिकरणसँग सम्बन्धित आएका थिए भने केही विषयमा भने नीगित रुपमा नै निर्णय गर्नुपर्ने समस्या टेलिफोन गर्नेले मन्त्री पुनसँग राखेका थिए ।

पहिलो दिन नै नागरिकको तहबाट आफूलाई उत्साहित बनाएको र जनताको समस्या बुझ्ने अवसर समेत प्राप्त भएको मन्त्री पुनको भनाइ छ ।

नागरिकले उठाएका समस्या समाधानका लागि आफूले सम्बन्धित निकायलाई तत्काल निर्देशन दिने जानकारी दिदै मन्त्री पुनले भन्नुभयो, ‘नागरिकका तहबाट उठेका समस्या समाधानका लागि पहल गरिएको र त्यसले मलाई थप जिम्मेबार बनाउँछ ।’

तत्कालीन ऊर्जा मन्त्री महेन्द्रबहादुर शाहीले पनि नागरिकको गुनासो सम्बोधन गर्न पैसा नलाग्ने ११५१ नम्बर जडान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डिजेल र मट्टितेलको मूल्य बढ्यो

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

सम्बन्धित

सुनको भाउ २० हजार ५ सय रुपैयाँले घटेर बुधवारकै भाउमा कारोबार

सुनको मूल्य ३ लाख ३९ हजार नाघ्यो

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

सुनको भाउले विश्व अर्थतन्त्र र नेपालमा पार्ने प्रभाव

मेलम्ची बाढीः जलवायुजन्य हानी नोक्शानी कोषका लागि मेलम्ची बाढी सशक्त आधारः विज्ञहरु

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगमभारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com