ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपत्यकामा पुन भुत काण्ड दोहोरीयो


एबीसी न्यूज

काठमाडौं,१८ साउन । आजको २१औं सताब्दीमा भुतको काहानी अपत्यार र हासोको विषय बन्न सक्छ । त्यसोत उपत्यकामा भुतबंगलाका घटनाहरु भाइरल नभाएको होइनन । तर एउटा भुत घटना फेरि दोहोरीएको छ नक्सालको सगरमाथा इन्स्योरेन्सको बिल्डिङमा ।

रात जति छिप्पिँदै जान्छ, बिल्डिङको लिफ्ट आफैँ चल्न सुरु हुन्छ अनि विस्तारै तलमाथि गर्न थाल्छ। तर लिफ्टबाट न कोही भित्र पसेको देखिन्छ न कोही बाहिर निस्कन्छ।

यहि घटना हरेक रात दोहोरिन थालेपछि सुरक्षा गार्डहरु तर्सिन थाल्छन्। लिफ्ट खोलेर हेर्दा भित्र कोही पनि हुँदैन। डराउँदै उनीहरु बिजुलीको स्विच अफ गरिदिन्छन् तर पनि लिफ्ट तलमाथि ओहोरदोहोर गरिरहन्छ।

अब उनीहरु ठहर गर्छन्, पक्कै पनि भूतले लिफ्ट चलाएर सबैलाई तर्साइरहेको छ। भूत नभगाएसम्म काम गर्न सकिँदैन भनेर गार्डहरुले ब्यवस्थापनसँग गुनासो गर्छन्।

गार्डहरुको बारम्बारको गुनासोपछि सगरमाथा इन्स्योरेन्स कम्पनीले शुक्रबार यही समस्या पार लगाउन रुद्री पूजा लगाएको छ।

कम्पनीले कार्यालयका कर्मचारीवाहेक वरपरका छिमेकी कम्पनीहरुलाई पनि प्रसाद ग्रहणका लागि बोलाएको छ। कम्पनीका केही कर्मचारीहरुले भूत भगाउनका लागि ज्योतिषको सल्लाहमा पूजा लगाइएको बताए।

ुभूत हुँदैन भन्ने सबैलाई थाहा छ। तैपनि गार्डहरुमा फैलिएको त्रासका कारण उनीहरुको मन राख्न पूजा लगाइएको होु ती कर्मचारीले भने, ुपूजा गर्दा त्यसले शान्ति पनि दिन्छ। त्यही भएर साउनको महिना पारेर रुद्री लगाइएको हो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत चङ्की क्षेत्रीले भने भूतका लागि नभइ स्वस्तिशान्तीका लागि पूजा लगाएको बताए। ुपूजाआज नगरेको पनि धेरै भएको थियो। त्यही भएर स्वस्तिशान्ति पनि हुन्छ भनेर रुद्री पुजा लगाएको होु प्रमुख कार्यकारी अधिकृत चङ्की क्षेत्रीले सुनाए, ुअगाडि नै लगाउने योजना थियो, तर मेरो व्यक्तिगत कारणले कार्यक्रम सरिरहेको थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

सम्बन्धित

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com