ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रस्तावित प्रधानन्यायाधीश जोशीको सुनुवाइ आज, महाअभियोग की मार्ग प्रशस्त


एबीसी न्यूज
श्रावण १८, २०७५ शुक्रबार  ६ : ३४ बजे

काठमाडौं, १८ साउन । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको सुनुवाइ आज शुक्रबार हुदैंछ । संसदीय सुनुवाई समितीले जोशीका बारेमा आज निर्णय गर्ने आज शुक्रवार सुनुवाई समितिको बैठक बस्ने भएको हो ।
गत विहीवारदेखि संसदीय सुनुवाइ प्रकृया थालिए पनि अहिलेसम्म प्रस्तावित प्रधानन्यायाधीश जोशीको नाम अनुमोदन गर्ने या नगर्ने भन्ने विषय अन्योलमै छ ।

कांग्रेस र राजपा जोशीका पक्षमा सकरात्मक देखिएका छन् भने सत्ता पक्ष नेकपा शैक्षिक प्रमाणपत्र विवादमा परेको भन्दै अनुमोदन गर्न आनाकानी गरेका छन् । यता, संसदीय सुनुवाईका क्रममा निर्णय भईनसक्दै सरकारविरुद्ध प्रेसवक्तव्य जारी गर्दै ‘न्यायपालिकामाथि हस्तक्षेप’ भनेकोमा प्रधानमन्त्री ओली जोशीसँग क्रुद्ध छन् । नेकपामा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि उनलाई बोकेर हिँड्ने अवस्था नरहेको बताइसकेका छन् । जोशी अहिले नेपाली कांग्रेसका केही नेता, नेपाल बार एशोसीएशनका पदाधिकारीलाई लिएर संसदीय सुनुवाई समितिविरुद्ध सक्रिय छन् ।

सर्वसम्मतीमा जोशीलाई अयोग्य ठहर गर्नका लागि नेकपामा सांसदहरूले कांग्रेसलाई गरेको आग्रहका आधारमा नै निर्णयको मिति सरिरहेको छ । तर, नेपाली कांग्रेसले छानविनका लागि उपसमितिको माग राखी अड्को थापेको नेकपाको बुझाई छ । उपसमिति गठनको साटो सुनुवाईको प्रक्रिया लम्बिएको खण्डमा महाअभियोग दर्ता गरी दुई तिहाई बहुमतले जोशीलाई हटाउने रणनीतिमा नेकपा पुगेको  स्रोतले जानकारी दिएको छ । ।
‘उहाँले सहजीकरण गर्नु भएन भने त्यसै हिसाबको निर्णय हुन्छ’, स्रोतले भन्यो,‘उहाँका विषयमा आएका विवादास्पद विषय जान्दाजान्दै न्यायपालीकामा अयोग्य व्यक्तिलाई प्रमुखको जिम्मा दिन सकिँदैन ।’

यसअघि जोशीले राजनीतिक कुरोकानी मिलाउने सन्दर्भमा राजनीतिक भेटलाई तिव्रता पनि दिए । औपचारिक र अनौपचारिक हिसाबले उनको दौडधुप जारी रहे पनि सत्तारुढ दलको राजीनामा दिनू भन्ने दबाबमा जोशी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आयोगको ठहर : सामाजिक सञ्जाल बन्दको विरोधबाट सुरु भएको आन्दोलन डिस्कर्डमा हिंसा योजना बन्दै उग्र भयो

जेनजी आन्दोलन : आयोगको ठहर – सुरक्षा संयन्त्रको समन्वय अभाव र ढिलासुस्तीले ठूलो क्षति भयो (प्रतिवेदन पूर्णपाठ)

सम्बन्धित

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com