ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार १, २०८३ सोमबार
```
के बालेन र रवि फुटदैछन  ? आरके ढुंगाना, नेता, रास्वपा ▶
के बालेन र रवि फुटदैछन ? आरके ढुंगाना, नेता, रास्वपा
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

“मेरो बाबु को हो ?”


एबीसी न्यूज
श्रावण १७, २०७५ बिहीबार   ७ : ३२   बजे

मेलबोर्न, अस्ट्रेलिया, १७ साउन।   पिटर पिकक एउटा रजिष्टर गरिएको चिठी पाएसँगै दङ्ग परेका थिए । उनले सोचेका थिए त्यो चिठी अनलाइनमा गरेको अनुरोध बमोजिम हुलाक कार्यालयमा ठूलो ज्याकेट आएको होला । पूर्व प्रहरी समेत रहेका यी अस्ट्रेलियाली हजूरबुबा चिठी खोलेर आश्चर्यचकित भए ।

“श्रीमान् पिकक,” चिठीमा लेखिएको थियो । “भिक्टोरियन एसिस्टेड रिप्रोडक्टीभ ट्रिटमेन्ट अथोरिटी (भार्ता) ले तपाइँसँग सम्बन्धित जानकारी लिन चाहेको छ । प्रिन्स ह्यारी इन्स्टिच्यूटमा तपाइँले सहयोग गर्नुभएको घटनासँग यो चिठी सम्बन्धित छ ।”

प्रिन्स ह्यारी ? मेलबोर्नको यस क्लिनिकमा झण्डै ४० वर्षअघि उनले वीर्यदान गरेका थिए ।

यो पत्रको एउटा मात्र कारण यही हुनु पर्दछ, उनले सोचे । उनको वीर्यदानबाट सायद कसैले पृथ्वीमा जन्म लिएको हुनु पर्दछ ।

उनको दिमागमा छटपटी भयो । सबैलाई यो कुरा कसरी सुनाउनु ? आफ्ना दुई नातिनातिनालाई यो कुरा कसरी भन्नु ? ऊ को हो भनेर कसरी चिन्नु ? उनले आफूले गरेको वीर्यदान अज्ञात रहने बाचा गरेका थिए ।

दशौं वर्षपछि पछिल्लो नयाँ कानुन आउनुअघि नै अस्ट्रेलियाले वीर्य र डिम्ब दाताहरुको परिचय मेटेको थियो । तर उनीहरुका वीर्य र डिम्बबाट जन्मेका बच्चाहरुले आफू को हो भन्ने कानुनी अधिकार पाउने भएका छन् ।
त्यो चिठी पाएको एक सातापछि पिककले एकजना जिप्सी डायमन्ड नाम गरेकी महिलाको तस्वीर पाए । उनका काला आँखा आफ्नै आँखाजस्ता पाए । “हे भगवान, यो त मेरैजस्तो अनुहार छ, ती महिला मेरी छोरी होइनन् भनेर कसरी भन्नु,” उनी भन्छन् । “हो, उनी मेरै छोरी हुन् ।”

लामो विवादपछि भिक्टोरिया राज्यले जारी गरेको नयाँ कानुन अनुसार भार्ताले वीर्य र डिम्बदाताहरुको नाम सार्वजनिक गर्नुपर्ने भएको छ । भार्ताले दाताहरु, जन्मिने बच्चा र उनीहरुका आमाबाबुको नामनामेसी राख्ने तथा परामर्श सेवा उपलब्ध गराइआएको छ । कतिपय बालबालिकाले आफ्नो पहिचानको खोजी गर्ने इच्छापूर्तिका लागि “मेरो बाबु को हो ?” भन्ने अभियान चलाएका थिए ।

यस क्लिनिकमा २००० भन्दा बढी व्यक्तिले आफ्नो पहिचान नखोल्ने शर्तमा वीर्यदान गरेका थिए । पुरानो कानुन अनुसार, दाताहरुले आफ्नो वीर्यदानबाट जन्मेका बालबच्चासँग सम्पर्क गर्नु पर्दैन । यो नियमको उल्लङ्घन गर्नेमाथि ७,९०० अस्ट्रेलियाली डलर जरिवाना गर्ने प्रावधान समेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

लुम्बिनीले ल्यायो ३७ अर्ब ३८ करोडको बजेट, यस्ता छन् प्राथमिकता (पूर्णपाठ)

गण्डकी सरकारले एक अर्ब बढाएर ल्यायो बजेट (पूर्णपाठ)

सम्बन्धित

विश्वकप २०२६ : स्विडेन र जर्मनी चम्किंदा इक्वेडर स्तव्ध, नाटकीय पुनरागमन र अन्तिम क्षणका नायकहरू

तियानजिन फेसन विकमा मानवसदृश रोबोटद्वारा रचनात्मक उद्घाटन नृत्य प्रदर्शन

युद्धको घाउ र भग्नावशेषबीच ब्युझिँदै लेबनानको ऐतिहासिक शहर टायर

मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि

साढे तीन महिनापछि अमेरिका–इरानबीच शान्ति सहमति, तेल मूल्यमा गिरावट

अमेरिका र इरानबीच युद्धविराम सम्झौता, शुक्रबार जेनेभामा औपचारिक हस्ताक्षर हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group