ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पेस्तोल देखाउँदैमा डराउने मान्छे होइन : सांसद निरु पाल


bhawani desk
श्रावण १७, २०७५ बिहीबार  २ : ०७ बजे

 

काठमाडौं,१७ साउन । सांसद निरु पालले आफूमाथि सांघातिक आक्रमण भएकोबारेमा संसदमा पनि जानकारी गराएकी छन् ।

बुधबार संसदीय सुुनुवाइ समितिको बैठकमा घटनाबारे जानकारी गराएकी उनले बिहीबार संसदको विशेष समयमा बोल्दै उनले आफूमाथि आक्रमण भएको जानकारी गराएकी हुन् ।

सा‌ंसद पालले ‘आफुमाथि यसतो घट्यो , तर दुर्घटना भएन । यो कुरा म सम्माननीय सभामुखमार्फत सरकार र जनतासमक्ष भन्न चाहन्छु भन्दै घटनाबारे जानकारी गराएकी थिइन् ।

म आफैमाथि भएको घटनाको विस्तृत जानकारी गराउन चाहन्छु । साउन १५ गते साँझ ८ बजेर १५ मिनेटमा म घरबाट दूध लिन पसलमा गएको थिएँ । मेरो घरबाट बाहिर निस्कदा साँघुरो अध्यारो गल्ली छ ।

त्यहाँ एक जना रेनकोट लागेको मान्छे उभिरहेको थियो । मलाई देखेपछि उसले म पट्टी मुख फर्काएर माथि दिवालतिर हेर्‍यो । त्यहाँ २र३ जनामा मान्छे थिए । बाहिर ३र४ वटा मोटरसाइकल थिए ।

मैले त्यहाँको पसलमा दूध नपाएपछि माथि अर्को पसलबाट दूध लिएर आएँ । उसले मलाई खुट्टाले छेकेर घाँटीमा पेस्तोल लगायो । मलाई अहिले पनि दुखिरहेको छ । अहिले पनि निलो डाम छ । पेस्तोल देखाएर मलाइ तर्साउन खोजिएको होला ।

मैले यो घटनलाई पृथक ढंगले लिएको छु । म कसैलाई दोष दिन चाहन्न । निरु पाललाई घाँटीमा पेस्तोल राखेर सरकार डगमगाउँछ भन्ने लागेको भए त्यो दिवास्वप्न मात्र हुनेछ ।

मलाई भोलिको बैठकमा गइस् भने (सम्माननीय प्रधानमन्त्रीको नाम घटिया तरिकाले लिएर उहाँले पनि तेरो लास भेट्न सक्दैन भनियो ।

म सरकारलाई विशेष धन्यवाद दिन चाहन्छु । घटनापछि मैले राज्य प्रमुखलाई खबर गरेको थिएँ । सुरक्षामा सजग गराउनुभएको छ । सरकारले निरु पाललाई मात्र होइन आम नेपाली चेलीलाई सुरक्षित गराओस् ।

मेरो मोवाइल खोसेर हल्ला गरिस् भने यहीँ ढाल्दिन्छु भन्यो । म पेस्तोल देखाउँदैमा डराउने मान्छे होइन ।

यो घटनामार्फत संसदीय सुनुवाइ समितिको बैठकमा अन्यथा गर्न खोजेको भन्ने पनि मलाइ लाग्दैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

किशोरी साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको अन्तरिम आदेश, सांसदको विषयमा शुक्रबार निर्णय हुने

इराकले तेल टर्मिनल बन्द गर्‍यो, विश्वव्यापी आपूर्तिमा ठूलो अवरोध

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com