ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पेस्तोल देखाउँदैमा डराउने मान्छे होइन : सांसद निरु पाल


bhawani desk

 

काठमाडौं,१७ साउन । सांसद निरु पालले आफूमाथि सांघातिक आक्रमण भएकोबारेमा संसदमा पनि जानकारी गराएकी छन् ।

बुधबार संसदीय सुुनुवाइ समितिको बैठकमा घटनाबारे जानकारी गराएकी उनले बिहीबार संसदको विशेष समयमा बोल्दै उनले आफूमाथि आक्रमण भएको जानकारी गराएकी हुन् ।

सा‌ंसद पालले ‘आफुमाथि यसतो घट्यो , तर दुर्घटना भएन । यो कुरा म सम्माननीय सभामुखमार्फत सरकार र जनतासमक्ष भन्न चाहन्छु भन्दै घटनाबारे जानकारी गराएकी थिइन् ।

म आफैमाथि भएको घटनाको विस्तृत जानकारी गराउन चाहन्छु । साउन १५ गते साँझ ८ बजेर १५ मिनेटमा म घरबाट दूध लिन पसलमा गएको थिएँ । मेरो घरबाट बाहिर निस्कदा साँघुरो अध्यारो गल्ली छ ।

त्यहाँ एक जना रेनकोट लागेको मान्छे उभिरहेको थियो । मलाई देखेपछि उसले म पट्टी मुख फर्काएर माथि दिवालतिर हेर्‍यो । त्यहाँ २र३ जनामा मान्छे थिए । बाहिर ३र४ वटा मोटरसाइकल थिए ।

मैले त्यहाँको पसलमा दूध नपाएपछि माथि अर्को पसलबाट दूध लिएर आएँ । उसले मलाई खुट्टाले छेकेर घाँटीमा पेस्तोल लगायो । मलाई अहिले पनि दुखिरहेको छ । अहिले पनि निलो डाम छ । पेस्तोल देखाएर मलाइ तर्साउन खोजिएको होला ।

मैले यो घटनलाई पृथक ढंगले लिएको छु । म कसैलाई दोष दिन चाहन्न । निरु पाललाई घाँटीमा पेस्तोल राखेर सरकार डगमगाउँछ भन्ने लागेको भए त्यो दिवास्वप्न मात्र हुनेछ ।

मलाई भोलिको बैठकमा गइस् भने (सम्माननीय प्रधानमन्त्रीको नाम घटिया तरिकाले लिएर उहाँले पनि तेरो लास भेट्न सक्दैन भनियो ।

म सरकारलाई विशेष धन्यवाद दिन चाहन्छु । घटनापछि मैले राज्य प्रमुखलाई खबर गरेको थिएँ । सुरक्षामा सजग गराउनुभएको छ । सरकारले निरु पाललाई मात्र होइन आम नेपाली चेलीलाई सुरक्षित गराओस् ।

मेरो मोवाइल खोसेर हल्ला गरिस् भने यहीँ ढाल्दिन्छु भन्यो । म पेस्तोल देखाउँदैमा डराउने मान्छे होइन ।

यो घटनामार्फत संसदीय सुनुवाइ समितिको बैठकमा अन्यथा गर्न खोजेको भन्ने पनि मलाइ लाग्दैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com