ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फेवातालमा अब माछापुच्छ्रे संगै नेपाली झन्डाको पनि छायाँ


एबीसी न्यूज
श्रावण १७, २०७५ बिहीबार  २ : ०२ बजे

पोखरा, १७ साउन। ‘फेवातालको आँगनमा लैलै माछापुच्छ्रे छायाँ’ प्रकाश श्रेष्ठको यो चर्चित गीत हो । माछापुच्छ्रेको छायाँ र त्यसको बिम्बबारे केही चर्चा भए पनि यो अझै पर्यटकीय गन्तब्य बन्न सकिरहेको छैन ।

तर पोखरा महानगरपालिकासँगको समन्वयमा प्रदेश सरकारले यसलाई अझै विशेषता थपेर ब्रान्डिङ गर्दै पर्यटकीय आकर्षणको रुपमा विकास गर्ने भएको छ ।

फेवाको माछापुच्छ्रे छायाँमा नेपाली झन्डा राखेर पर्यटकीय आकर्षण बढाउने योजना अगाडि सारेको हो । फेवातालमा माछापुच्छ्रे छायाँमाथि अब नेपाली झन्डा पनि देखिने छ ।

गण्डकी सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए अनुसार अब सरकारले ड्यामसाइड पार्कलाई झन्डा पार्कको रुपमा विकास गर्ने योजना बनाएको छ । अहिलेसम्म फेवातालमा परेको माछापुच्छ्रे छायाँसँगै फोटो खिचेर जान सकिन्थ्यो भने अब फेवाको माछापुच्छ्रे छायाँमात्रै होइन नेपालको झन्डा पनि फोटोमा कैद हुनेछ । ‘पोखरा नेपाल’ लेखिएको नेपाली झन्डा पनि माछापुच्छ्रे छायाँसँगै देखाइने छ ।

झन्डा पार्कको रुपमा विकास गर्न एक सय मिटर अग्लो झन्डा त्यहाँ राखिने छ । र त्यो झन्डाको छायाँ माछापुच्छ्रेको शिरमा हुनेछ । उक्त योजनाका लागि पोखरा महानगरपालिका र प्रदेश सरकारले आधा(आधा खर्च व्यहोर्ने गरी एक करोड रुपैयाँ छुट्याइएको छ ।

प्रवक्ता बस्नेतले भने पर्यटक आकर्षण मात्र होइन यो राष्ट्रप्रतिको भक्ति पनि हो यसले नेपालको स्वभिमानलाई विश्व सामु उच्च राख्ने छ ।
झण्डा पार्कको निर्माण तथा झण्डा नै राख्दा पनि पर्यावरणलाई नबिग्रिने तरिकाले काम गरिने पोखरा महानगरपालिकाले जनाएको छ । पोखरा महानगरपालिकाले यसको टेन्डर आहृवानको तयारीसमेत गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कोहीसँग तालमेल, गठबन्धन हुँदैन: प्रचण्ड

कांग्रेस र एमाले हिजोका सहयात्री हुन्, देश जलाउनेविरुद्ध सहकार्यका लागि संवाद गर्छौँः प्रचण्ड

सम्बन्धित

रञ्जित तामाङलाई प्रचण्डको फोन – जितेर आउनुस् मन्त्री बनाउँछु

सुर्खेतबाट पूर्ण खड्काका भाइको उद्षोष –कर्णालीमा कांग्रेस एक ढिक्का छ, भ्रम छर्ने काम नहोस्

नवलपरासी रास्वपा सभापति ठकुरी कांग्रेस प्रवेश

बीबीसीको अनुसन्धान : तत्कालीन आईजीपीको आदेशमा घातक बल प्रयोग, विद्यालय पोसाकमै किशोरको मृत्यु

सिक्किम–नेपाल सीमा नजिक ४.६ म्याग्निच्युडको भूकम्प

निर्वाचनको मुखमा देउवा सुटुक्क सिंगापुर प्रस्थान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com