ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री देउवाले भ्रमणको दुई दिन पुजा गरेर बिताउने


admin
भाद्र ७, २०७४ बुधबार  ८ : ४१ बजे

काठमाडौं, ७ भदौ । हाम्रो देशमा हरेक वर्ष जस्तै नयाँ सरकार बन्छ । र, हरेक नयाँ सरकारका प्रधानमन्त्री भारत भ्रमणमा जान्छन् । प्रधानमन्त्री भएपछि भारत भ्रमणमा जानु अकाट्य परम्परा जस्तै बनिसकेको छ । त्यस्तै परम्परालाई निरन्तरता दिदै प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा छन् । प्रधानमन्त्री देउवाको भारत भ्रमणमा उल्लेख्य अजेण्डा त छैन । तर, प्रधानमन्त्री देउवाका लागि पाँच दिने भारत भ्रमणको स्क्याजुएल निक्कै टाइट छ ।

पाँच दिन भारत रहँदा प्रधनमन्त्री देउवाले उच्च स्तरीय राजनीतिक भेट सहित पूजाआरधना समेत गर्नेछन् । धर्ममा धेरै नै विश्वास राख्ने प्रधानमन्त्री देउवाले भारत भ्रमणको अन्तिम दिन महावोधी मन्दिरमा पूजाअर्चना गरेर नेपाल पर्कने छन् । प्रधानमन्त्री देउवा पाँच दिन भारतमा व्यस्त रहनेछन् । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित भएको तीन महिना पनि पुगेको छैन । चौथो पटक प्रधानमन्त्री निर्वाचित भएको तीन महिना नपुग्दै प्रधनमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा निस्केका छन् ।

भ्रमणको पहिलो दिन सरप्राइज
पाँच दिने भारत भ्रमणको क्रममा प्रधानमन्त्री देउवा बुधबार बिहान नेपाल वायुसेवा निगमको नियमित उडानबाट नयाँदिल्ली प्रस्थान गरेका थिए । भारती समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री देउवा ४८ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल सहित बिहिबार दिउँसै नयाँदिल्ली ओर्लीए । प्रधानमन्त्री देउवालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गरेका थिए ।

त्यसपछि प्रधानमन्त्री देउवा भारतीय राष्ट्रपति भवनमा केहीबेर विश्राम लिन पुगेका थिए । बुधबार नै नेपाली दूतावासले नयाँदिल्लीमा आयोजना गरेको छलफलमा प्रधानमन्त्री देउवा सहभागी भए । त्यसलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री देउवालाई सरप्राइज भेट दिएका छन् । प्रधानमन्त्री देउवा बिहिबार नै भारतका उद्योगी–व्यवसायीहरूको साझा संस्था एशोशिएटेड चेम्बर्स अफ कमर्श एण्ड इण्डस्ट्री अफ इन्डियाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गरेका छन् । पाँच दिने भ्रमणको क्रममा प्रधानमन्त्री देउवाले पहिलो दिन सामान्य सम्बोधनमै बिताए ।

भ्रमणको दोस्रो दिन विशेष
भारत भ्रमणको दोस्रो दिन प्रधानमन्त्री देउवालाई राष्ट्रपति भवनमा भारती समकक्षी नरेन्द्र मोदीले औपचारिक समारोहबीच स्वागत गर्ने कार्यक्रम रहेको छ । त्यसपछि महात्मा गान्धीको समाधिस्थलमा पुगेर प्रधानमन्त्री देउवाले पुष्पहार अर्पण गरी अहिंसाका पुजारी गान्धीप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम तय भएको छ । बिहीबार नै प्रधानमन्त्री देउवासँग भारतका विदेशमन्त्री सुस्मा स्वराजले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । त्यस लगत्तै, हैदरवाद हाउसमा दुवै देशका प्रधानमन्त्रीबीच सहयोगी रहित एक्लाएक्लै भेटवार्ता हुनेछ । दुई देशका प्रधानमन्त्रीबीचको भेटवार्तापछि हैदरावाद हाउसमा नै प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ ।

वार्तापछि प्रधानमन्त्रीद्वयको उपस्थितिमा सम्बन्धित अधिकारीले द्विपक्षीय समझदारी र सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । हस्ताक्षर लगत्तै, नेपाल–भारत प्रसारण लाइनको दूरनियन्त्रित यन्त्रबाट दुबै प्रधानमन्त्रीले शुभारम्भ गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि, दुवै देशका प्रधानमन्त्रीले सञ्चारकर्मीलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सम्बोधनपछि समकक्षी मोदीले हैदरावाद हाउसमा आयोजना गर्ने दिवाभोज कार्यक्रममा प्रधानमन्त्री देउवा सहभागी हुनेछन् । भ्रमणको दोस्रो दिन बिहिबार नै प्रधानमन्त्री देउवाले अपराह्न राष्ट्रपति भवनमा भारतका राष्ट्रपति रामनाथ कोबिन्द र उपराष्ट्रपति बेंकैया नैडूसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी, प्रधानमन्त्री देउवासँग गृहमन्त्री राजनाथ सिंह, अर्थमन्त्री अरुण जेट्ली, भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष तथा सांसद सोनिया गान्धी र पूर्वप्रधानमन्त्री मनमोहन सिंहले छुट्टाछुट्टै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

बिहिबार साझ इण्डिया फाउण्डेशनले नेपाल–भारत सम्बन्धबारे आयोजना गर्ने अन्तक्र्रियामा सहभागी भएर प्रधानमन्त्री देउवा आफ्नो सम्मानमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले आयोजना गर्ने रात्रिभोजमा सरिक हुने कार्यक्रम तय भएको छ ।

भ्रमणका तेस्रो दिन हैदरावार्द यात्रा
भ्रमणको दोस्रो दिन बिहिबार व्यस्त हुने प्रधानन्त्री देउवा तेस्रो दिन शुक्रबार भने फुर्सदमै रहनेछन् । शुक्रबार अपराह्न प्रधानमन्त्री देउवा विशेष विमानबाट हैदरावार्द प्रस्थान गर्नेछन् । हैदरवादमा तेलांगना र आन्ध्रप्रदेशका राज्यपाल इएसएल नरसिंहनसँगको भेटवार्ता तय भएको छ । त्यसपछि आफ्नो सम्मानमा राज्यपाल नरसिंहनले आयोजना गर्ने रात्रिभोजमा सरिक हुने कार्यक्रम छ ।

चौथो र पाँचै दिन पूजाअर्चना
धर्मकर्ममा विनक्कै विश्वास राख्ने प्रधानमन्त्री देउवाले भ्रमणको दुई दिन चाहिँ मन्दीरको दर्शन गरेरै बिताउने छन् । भ्रमणको चौथो दिन शनिबार बिहान प्रधानन्त्री देउवा विशेष विमानबाट तिरुपतितर्फ प्रस्थान गर्नेछन् । अपराह्न तिरुपति बालाजीको दर्शन गरेर वोधगयातर्फ प्रस्थान गर्नेछन् । भ्रमणको पाँचौ दिन आइतबार बिहान महावोधी मन्दिरमा पूजाअर्चना सकेर प्रधानन्त्री देउवा विशेष विमानबाटै नयाादिल्ली फर्कनेछन् । र, सोही दिन अपराह्न नेपाल एयरलाइन्सको नियमित उडानबाट प्रधानमन्त्री देउवा आफ्नो ५ दिने राजकीय भारत भ्रमण सकेर स्वदेश फर्कने छन् । प्रधानमन्त्री देउवाको पाँच दिने भ्रमण मध्ये दोस्रो दिन राजनीतिक रुपमा महत्वपूर्ण रहेता पनि अन्य चार दिन भनेर पाजाअर्चनामै बित्ने देखिन्छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा औपचारिक रुपमा त्यस्ता ठूला सन्धी र सम्झौता केही हुने छैन । सामान्य भ्रमण सकेरै प्रधानमन्त्री स्वदेश फर्कने छन् । आवरणमा प्रधानमन्त्री देउवाको भ्रमण सामान्य नै देखिन्छ । तर, यो सामरिक महत्वको समय हो । चीन र भूटान बीचको दोक्लाम सिमा समस्यालाई लिएर चीन–भारतबीच विवाद उत्कर्षमा छ । चीन र भारत दुबै देशले नेपालबाट पक्ष चाहेका छन् । यस्तो अवस्थामा प्रधानमन्त्री देउवाको भारत भ्रणमा महत्वपूर्ण मान्छि । तर, प्रधानमन्त्री भ्रमणको औपचारिक स्क्याजुएलमा कुनै सन्धी सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम नरहेकाले आशंका गरिएझै दोक्लाम विवादबारे नेपालले कुनै निर्णय गर्नसक्ने छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज महाशिवरात्रि: पशुपतिनाथका चार वटै ढोका खुला, दर्शनार्थी र साधुसन्तको घुइँचो

निर्वाचन २०८२ : ट्रेन्डिङ र हट सिटहरू – कहाँ छ सबैको नजर ?

सम्बन्धित

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

रुस–युक्रेन वार्तालाई लिएर ट्रम्प उत्साहित, भने– ‘केही हुनसक्छ’

विश्रान्तिकालमा पनि पदीय मोह राखेर ७० वर्ष नाघिसकेका वृद्धवृद्धा चुनावी मैदानमा

महिला विश्वकप ग्लोबल छनोटमा नेपाल फेरि पराजित, सुपर सिक्स सम्भावना न्यून

रुसी सुरक्षा निकायद्वारा उफामा आतंकवादी हमलाको प्रयास विफल

काठमान्डौ ५ बाट कल्पना शर्माको उम्मेदवारी दर्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com